फेरी डुब्दा ८६ को मृत्यु, २०० भन्दा बढी बेपत्ता



हाम्रो इकोनोमि

 

 

अफ्रिकी देश तान्जानियामा बिहीबार भएको फेरी दुर्घटनामा ८६ जनाको मृत्यु भएको छ भने २०० भन्दा धेरै बेपत्ता भएको आशंका गरिएको छ ।

तान्जानियाको लेक भिक्टोरियामा सयौं यात्रु बोकेको फेरी डुबेको थियो । क्षमताभन्दा धेरै यात्रु बोकेको कारण फेरी दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

स्थानीय मिडियाहरुका अनुसार १०० जना यात्रु क्षमताको फेरीमा ४०० भन्दा धेरै यात्रुले कोचाकोच यात्रा गर्दै थिए ।

बिहीबार ४४ जनाको शव फेला परेको थियो भने शुक्रबार थप ४२ जनाको शव फेला परेपछि अहिलेसम्म ८६ जनाको मृत्यु भएको म्वान्जाका क्षेत्रीय कमिस्नर जोन मोङ्गोलाले पुष्टि गरेका छन् ।

अँध्यारोको कारण उद्दार कार्यमा कठिनाइ भएपछि स्थगित गरिएको उद्दार कार्य शुक्रबार बिहानबाट पुनः संचालन भएको स्थानीय प्रशासनले जनाएको छ ।

प्रहरीका अनुसार ३७ जनाको जिवितै उद्धार गरिएको छ र उनीहरुको अवस्था गम्भीर रहेको छ । डुंगामा यति नै संख्यामा यात्रु थिए भन्ने यकिन नभएको पनि अझै दुई सय भन्दा धेरै बेपत्ता भएको अनुमान गरिएको छ ।

तान्जानियामा यसअघि पनि धेरै पटक ठूला डुंगा दुर्घटना भएका छन् । धेरै जसो दुर्घटनामा क्षमता भन्दा धेरै यात्रु बोक्नु नै प्रमुख कारण रहेको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...