फेरी डुब्दा ८६ को मृत्यु, २०० भन्दा बढी बेपत्ता



हाम्रो इकोनोमि

 

 

अफ्रिकी देश तान्जानियामा बिहीबार भएको फेरी दुर्घटनामा ८६ जनाको मृत्यु भएको छ भने २०० भन्दा धेरै बेपत्ता भएको आशंका गरिएको छ ।

तान्जानियाको लेक भिक्टोरियामा सयौं यात्रु बोकेको फेरी डुबेको थियो । क्षमताभन्दा धेरै यात्रु बोकेको कारण फेरी दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

स्थानीय मिडियाहरुका अनुसार १०० जना यात्रु क्षमताको फेरीमा ४०० भन्दा धेरै यात्रुले कोचाकोच यात्रा गर्दै थिए ।

बिहीबार ४४ जनाको शव फेला परेको थियो भने शुक्रबार थप ४२ जनाको शव फेला परेपछि अहिलेसम्म ८६ जनाको मृत्यु भएको म्वान्जाका क्षेत्रीय कमिस्नर जोन मोङ्गोलाले पुष्टि गरेका छन् ।

अँध्यारोको कारण उद्दार कार्यमा कठिनाइ भएपछि स्थगित गरिएको उद्दार कार्य शुक्रबार बिहानबाट पुनः संचालन भएको स्थानीय प्रशासनले जनाएको छ ।

प्रहरीका अनुसार ३७ जनाको जिवितै उद्धार गरिएको छ र उनीहरुको अवस्था गम्भीर रहेको छ । डुंगामा यति नै संख्यामा यात्रु थिए भन्ने यकिन नभएको पनि अझै दुई सय भन्दा धेरै बेपत्ता भएको अनुमान गरिएको छ ।

तान्जानियामा यसअघि पनि धेरै पटक ठूला डुंगा दुर्घटना भएका छन् । धेरै जसो दुर्घटनामा क्षमता भन्दा धेरै यात्रु बोक्नु नै प्रमुख कारण रहेको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...