दशैंका लागि टिकट बुकिङ स्थगित हुँदा यात्रु मर्कामा, यातायात व्यवसायी भन्छन्– हामीलाई मतलब छैन



हाम्रो इकोनोमि

 

 

शुक्रबार विहान दशैंको लागि टिकट काँट्न बसपार्क गएका सर्वसाधरण टिकट काउन्टर नखुलेपछि निरास हुँदै फर्किएका छन् ।

दशैंका लागि लामो दुरीको टिकट लिनका लागि बसपार्क पुगेका यात्रुहरु व्यवसायीले अग्रिम टिकट बुकिङ स्थगित गरेको थाहा नपाएको बताएका छन् ।

यता, यातायात व्यवसायीहरुले आफ्ना कारण भन्दापनि सरकारका कारणले टिकट बुकिङ खोल्न नसकिएको बताएका छन् ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले व्यवसायीहरुको रोक्का गरिएको खाता नखोलिदिएसम्म बुकिङ खोल्न नसक्ने चेतावनी दिए । उनले भने, ‘हामी रोक्का भएको खाता नखुल्दासम्म बुकिङ खोल्दैनौं । किनभने, खोल्नु मात्रै महत्त्वपूर्ण होइन । यात्रुहरुको सुरक्षित यात्राको ग्यारेन्टी दिलाउन सक्नुपर्छ । यसबाहेकको कुरा सरकारलाई सोध्नुस् । सरकारलाई सहयोग गर्ने हाम्रो कुरा नसुन्ने मिडियालाई सोध्नुस् । हामीलाई मतलबको कुरा होइन ।’

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...