‘प्रकाण्ड’ पक्राउ पर्नाले विप्लवसँग वार्ता हुन सकेन



हाम्रो इकोनोमि

 

सरकारद्धारा गठित उच्चस्तरीय वार्ता समितिकाका संयोजक सोम प्रसाद पाण्डेले नेकपा विप्लवका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को पक्राउ र रिहाईको प्रक्रियाले वार्तामा असहजता सिर्जना भएको बताएका छन् ।

शुक्रबार रिपोर्टर्स क्बल नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै संयोजक पाण्डेले राजनीतिक र गैर–राजनीतिक क्रियाकलापका आधारमा द्वन्द्वरत समूहहरुलाई वार्तामा बोलाएर शान्ति कायम गर्न सरकार लचिलो हुनुपर्ने बताए ।

‘समाचारमा आएका कुराहरुलाई मात्रै आधार मानेर हुँदैन, हामीले प्रकाण्डबारे अदालत र सरकारसँग कुराकानी गरेका थियौं, अदालतले दोषी नरहेको भन्दै रिहाई गर्न भन्ने र गृहले अदालतको परिसरबाटै पक्राउ गर्ने प्रक्रियाले अनेक प्रश्न खडा भएका छन्,’ उनले भने ।

उनले प्रकाण्डलाई बारम्बार पक्राउ गर्नुको भित्रि कारण उजुरी र जाहेरीको आधार रहेको सुनाए । उनले भने,‘त्यही उजुरी र जाहेरीका आधारमा प्रहरीले प्रकाण्डलाई पक्राउ गर्ने र अदालतले दोषी नभेटेपछि रिहाई गर्ने आदेश दिएको रहेछ, नेकपा विप्लव राजनीतिक मोर्चा हो, उसले उठाएका मागहरु राजनीतिक छन्, त्यसैले सरकार यस्ता मोर्चा र अन्य अराजनीतिक समुहको बारेमा जानकार छ ।’

उनले थपे,‘सरकार मुलुकमा शान्ति, अमनचयन चाहन्छ, विकास र समृद्धिको परिकल्पनालाई साकार पार्न चाहन्छ, सबै किसिमका असन्तुष्टिहरु मेटेर मुलुकलाई शान्ति, स्थायित्व कायम राख्ने दिनका रुपमा असोज ३ गतेलाई संविधान दिवस मनाईसकेका छौैं ।’

संविधान गतिशिल दस्तावेज भएका कारण आफ्ना मागहरु राख्न पाउने र मुलकको हितमा रहेर त्यसलाई संशोधन गर्न पाउने अधिकार रहेको बताउँदै उनले भने,‘भदौ ८ गते गठन गरिएको वार्ता टोलीले गृहमन्त्रालयमा कार्यालय खडा गरेर कामथालनी गरेको थियो, भदौ २५ गते नै सम्पूर्ण असन्तुष्ट पक्ष र समुहलाई वार्तामा आउन खुल्ला आह्वान गरेको थियो, त्यसयता १२ वटा समुहहरु वार्तामा आएका छन्, सातवटा समुहलाई वार्तामा आउन हामीले नै आग्रह गरेका छौं ।’

अदालतले रिहाई गर्न आदेश दिएका नेकपाका प्रवक्ता प्रकाण्डलाई अदालतकै परिसरबाटै पक्राउ गर्ने र मधेशलाई नेपालनै होईन भनेर आमसभा गर्ने सिके राउतलाई सरकारले केही नगर्ने भएपछि कसरी शान्तिकायम हुन्छ नि ? भनेर पत्रकारले सोधेको प्रश्नको जवाफमा उनले भने,‘जाहेरी र पक्राउ पुर्जीको आधारमा प्रकाण्डलाई पक्राउ गरिएको भन्ने कुुरा हामीले जानकारी पाएका छौं, अर्को कुरा हाम्रो वार्ता टोलीलाई भएजतिको अधिकार छ त्योभन्दा बाहिर गएर गर्न मिल्ने काम भनेको देशलाई सामाजिक, जातीय र धार्मिक विखण्डन जस्ता कार्यहरु कसैले गर्छ भने त्यस्ता समुहका बारेमा सरकारले तत्काल सोच्नुपर्छ भनेर भन्न सक्छौं, सरकारले पनि सोचिरहेको होला ।’

राजनीतिक आस्था र जनताको हितमा गठित समुहहरुको बारेमा सरकार गम्भिर हुनुपर्नेमा जोड दिँदै पाण्डेले आफ्ना मागहरु ल्याएर वार्तामा आउन सम्पूर्ण द्वन्द्वरत समुहलाई आग्रह समेत गरे।

प्रतिक्रिया दिनुहोस
६३ उद्योगमा बिजुली र पानीको लाइन काटियो

    औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले एकैदिन ६३ उद्योगको पानी र बिजुलीको लाइन...

८० औँ जन्मोत्सव मनाउँदै पूर्वराजा ज्ञानेन्द्र शाह

    पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ८० औं जन्मोत्सव आउँदो असार २३ गते...

युद्धपछि इरान झन् शक्तिशाली

    अमेरिका-इरान सम्झौताको चर्चा चलिरहँदा अमेरिकी गुप्तचर एजेन्सीहरूले नयाँ चेतावनी दिएका छन्...

खुकुरी देखाई युवतीलाई कुटपिट गर्ने रमेश ठाडा पक्राउ

    सामाजिक सञ्जालमा खुकुरी देखाई धम्काएर कुटपिट गरेको भिडियो पोस्ट गर्ने व्यक्ति...