जोशीपुरका व्यापारी हत्या आरोपमा ३ पक्राउ



हाम्रो इकोनोमि

प्रहरीले कैलालीको जोशीपुर गाउँपालिका-१ का व्यापारीको हत्यामा संलग्न ३ जनालाई पक्राउ गरेको छ। उनीहरुलाई बिहीबार प्रहरीले सार्वजनिक गरेको छ। तीनैजनालाई छुट्टाछुट्टै ठाउँबाट पक्राउ गरिएको हो। भदौ २८ गते ३२ वर्षीय रामप्रसाद ओझा (जैशी) को घरमै हत्या भएको थियो।

कैलालीको जोशीपुर गाउँपालिका-१ बस्ने ४१ वर्षीय गंगाराम चौधरी र सोही ठाउँ बस्ने ३८ वर्षीय राजकुमार डगौरा चौधरीलाई प्रत्यक्ष संलग्नमा पक्राउ गरी सार्वजनिक गरेको हो। घट्नाको मुख्य योजनाकार नै गंगाराम रहेको प्रहरीले जनाएको छ।

यस्तै घट्नामा संलग्न व्यक्तिलाई सहयोग गरेकोमा टिकापुर नगरपालिका- ३ घर भएका हाल कैलालीको गोदावरी नगरपालिका-८ बस्ने ३५ वर्षीय डम्बर चौधरीलाई पक्राउ परेको छ। मृतक रामप्रसादले प्रयोग गरेका सामानसहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक हरिबहादुर वलीले बताए।

पूर्व योजनाअनुसार ओझाको पसलमै गएर प्लाष्टिकको कभर भएको तारले घाँटी कसेर हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। आर्थिक कारणले नै ओझाको हत्या गरेको खुल्न आएको प्रहरी नायव उपरीक्षक वलीले बताए।

उक्राउ परेका उनीहरुको साथबाट मोबाइल, नगद र एनसीएल रिचार्ज कार्डसमेत बरामद गरेको उनले जानकारी दिए। भदौ २८ गते हरितालिका तीज मनाउन श्रीमती माइत गएको समयमा उनको हत्या भएको थियो। उनी जोशीपुर बजारमा किराना पसल चलाउँदै आएका थिए।

जैशीको हत्या भएको भन्दै जोशीपुर बजारका व्यापारीले विरोध समेत गरेका थिए। उनको साथबाट नगद समेत लुटपाट भएकाले त्यो खुल्न सकेको छैन्। प्रहरी समयममै घटनास्थल नआएपछि आलोचना समेत भएको थियो।

नगद समेत लुटपाट भएकाले उनीहरुमाथि थप सजाए हुने प्रहरी नायव उपरीक्षक वलीले जानकारी दिए। मुलुकीय फौजादारी संहिता ऐन कसुर अपाराध १७८ मा बमोजिम हत्या भएको प्रमाणित भए जन्मकैदको व्यवस्था रहेको छ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...