दिपकराज जोशी बिरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता, आजै दुई तिहाईले हटाउने तयारी



हाम्रो इकोनोमि

 

 

संसदीय सुनुवाई समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत न्यायाधीश दीपकराज जोशीलाई हटाउन संसदमा महाअभियोग प्रस्ताव सत्तारुढ नेकपाले दर्ता गरेको छ ।

 

प्रधानन्यायाधीशमा अस्वीकृत भइसकेपछिपनि न्यायाधीशको रुपमा सर्वोच्च अदालतमा उपस्थित भएको भन्दै उनीविरुद्ध महाअभियोग दर्ता गरेको नेकपाले बतायो । संसदीय समितिको निर्णय अवज्ञा गरेर संसदको मानहानी गरेको नेकपाको आरोप छ ।

 

नेकपा संसदीय दलको कार्यालयमा जोशीविरुद्ध महाअभियोग लगाउनेबारे बिहान छलफल भएको थियो । ‘संसदीय समितिको निणय अवज्ञा गरेकोले जोशीविरुद्ध महाअभियोगको तयारी भइरहेको छ’ नेकपाका एक सांसदले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘मैले पनि हस्ताक्षर गरिसके ।’

 

संसदीय सुनुवाई समितिले प्रधानन्यायाधीशमा जोशीको नाम अस्वीकृत गरेपछि उनी घर विदामा थिए । ओमप्रकाश मिश्र सर्वोच्चको प्रधानन्यायाधीश भएर आएपछि जोशी अदालतमा उपस्थित भएका थिए ।

 

संविधानको धारा १०१ मा महाअभियोग सम्बन्धी व्यबस्था गरिएको छ । संविधान र कानूनको गंभीर उल्लंघन गरेको, कार्यक्षमताको अभाव वा खराब आचरण भएको वा इमानदारीपूर्वक आफ्नो पदीय कर्तव्यको पालन नगरेको वा आचार संहिताको गम्भीर उल्लंघन गरेमा न्यायाधीशविरुद्ध महाअभियोग लगाउन सक्ने व्यबस्था छ ।

 

संसदको दुईतिहाइ बहुमतले न्यायाधीशलाई महाअभियोग लगाएर हटाउन सक्ने संवैधानिक व्यबस्था छ ।

 

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...