त्रिभुवन विमानस्थलबाट सुनसहित सात जना पक्राउ



हाम्रो इकोनोमि

 

त्रिभुवन विमानस्थलबाट आज (बिहीबार) प्रहरीले सुनसहित सात जनालाई पक्राउ गरेको छ ।

 

 

७ सय १६ ग्राम सुनसहित सिन्धुपाल्चोक हेल्मबु गाउँपालिका–५का २९ वर्षीय मनोजकुमार तामाङसहित ७ जनालाई बुधबार त्रिभुवन विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो ।

 

नेपाल एयरलाइन्सको विमानमा बैंककबाट काठमाडौँ आएका उनीहरुको साथबाट उक्त सुन बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ ।

 

प्रहरीले उनीमाथि शंकाका आधारमा विमानस्थलको अन्तर्राष्ट्रिय पार्किङ एरिया जाँच गर्दा ६ सय १६ ग्राम सुन फेला पारेको हो । सुनसहित पक्राउ परेका सातै जनामाथि आवश्यक अनुसनधान अगाडि बढाइएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...