त्रिभुवन विमानस्थलबाट सुनसहित सात जना पक्राउ



हाम्रो इकोनोमि

 

त्रिभुवन विमानस्थलबाट आज (बिहीबार) प्रहरीले सुनसहित सात जनालाई पक्राउ गरेको छ ।

 

 

७ सय १६ ग्राम सुनसहित सिन्धुपाल्चोक हेल्मबु गाउँपालिका–५का २९ वर्षीय मनोजकुमार तामाङसहित ७ जनालाई बुधबार त्रिभुवन विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो ।

 

नेपाल एयरलाइन्सको विमानमा बैंककबाट काठमाडौँ आएका उनीहरुको साथबाट उक्त सुन बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ ।

 

प्रहरीले उनीमाथि शंकाका आधारमा विमानस्थलको अन्तर्राष्ट्रिय पार्किङ एरिया जाँच गर्दा ६ सय १६ ग्राम सुन फेला पारेको हो । सुनसहित पक्राउ परेका सातै जनामाथि आवश्यक अनुसनधान अगाडि बढाइएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...