दशैंमा १४ स्थानमा यात्रु सहायता कक्ष, घर जानेले पाउने छन् यस्ता सुविधा



हाम्रो इकोनोमि

 

 

दशैं नजिकिएपछि विभिन्न पेसा व्यवसायका कारण काठमाडौंमा रहेकाहरुलाई घर फर्किने हुटहुटी बढ्न थालेको छ ।

घर फर्किनका लागि साथीभाइसँग सल्लाह गर्न जुटिसकेका राजधानी बाहिरकाहरु दशैंको गाडी बुकिङ्गको पर्खाइमा छन् । यता दशैं नजिकिएसँग नाडा अटोमावाईल्स डिलर एशोसिएसन (नाडा) ले काठमाडौं उपत्यकामा १४ वटा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याउने भएको छ ।

गत बर्ष १२ वटा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको नाडाले यस बर्ष २ वटा थप गर्दै १४ वटा सञ्चालनमा ल्याउन लागेको हो । यातायात व्यबस्था विभाग, ट्राफिक प्रहरी, उपभोक्ता समितिलगायतका निकायसँगको सहकार्यमा उपत्यकाका १४ स्थानमा यात्रु सहायता कक्ष निर्माण गर्ने भएको हो ।

गत बर्षको दशैंमा उपत्यकाका कलंकी, स्वयम्भु, गोंगबु, गौशाला, कोटेश्वरलगायत १२ ओटा स्थानमा संचालन गर्दै आएको नाडाले यसबर्षको बानेश्वर र फर्पिङमा थप २ ओटा यात्रु सहायता कक्ष संचालनमा ल्याउने नाडाका उपाध्यक्ष कृष्ण दुलालले जानकारी दिए ।

उनका अनुसार फर्पिङ तथा बानेश्वरमा पनि बाहिर जाने यात्रुको चाप बढेको हुनाले यी ठाउँमा यसपालीदेखि सहायता कक्ष थप गरिएको हो । यात्रु सहायता कक्षले दशैंमा घर जाने यात्रुहरुको सास्तीलाई मध्यनजर गर्दै सवारी रुटदेखि यातायात भाडाको विषयमा समेत जानकारी दिने गर्छ ।

पछिल्लो समय यात्रुहरु ठगिने प्रवृत्ति बढ्दै गएको र यस्ता कार्यलाई निर्मुल पार्न सहायता कक्षहरु संचालनमा ल्याउन विभागले सहकार्य गरेको यातायात व्यबस्था विभागका निर्देशक गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए । साथै उक्त कक्षबाट यात्रुहरुका विभिन्न गुनासाहरु सुन्नका साथै उनीहरुको समस्या समेत समाधान गरिने छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...