प्रहरीको जागिरमा किन घट्दैछ आकर्षण, ६ हजारले छाडे जागिर



हाम्रो इकोनोमि

 

 

विगतमा मरिहत्ते गरेर प्रहरीको जागिर खान लाइन लाग्ने युवा अहिले प्रहरीको जागिरप्रति अरुची व्यक्त गर्छन् ।

 

प्रहरीमा नलागिसकेका मात्र होइन लागेर वर्षौ जागिर खाएका र निकै माथिल्लो पदमा पुगेकाहरुले समेत प्रहरीको जागिरप्रति असन्तुष्टि जनाउँदै धमाधम जागिर छोडिरहेका छन् । चार वर्षको अवधिमा जवानदेखि उच्च तहका ६ हजार भन्दा बढी प्रहरीले राजीनामा दिएका छन् ।

 

आईजीपी प्रकरणमा असहमति जनाउँदै डीआईजी नवराज सिलवालले राजीनामा दिए । डीआईजीबाट राजीनामा दिएपछि उनी ललितपुरबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को टिकटमा चुनाव लड्दै प्रतिनिधिसभा सांसदमा निर्वाचित भए ।

 

२०७४ मै आईजीपीको प्रतिष्पर्धामा रहेका अर्का डीआईजी रमेश खरेलले पनि राजीनामा दिए । सर्वेन्द्र खनाललाई सरकारले आईजीपीमा नियुक्त गरेपछि उनले प्रहरी सेवा त्यागेको घोषणा गरे । सिलवाल र खनालको राजीनामाको कारण आफू आइजीपी बन्न नपाएकै थियो । २०७४ मै प्राविधिक तर्फकी डीआईजी शिला कंशाकार कार्कीेले व्यक्तिगत कारण देखाउँदै जागिर छाडिन् ।

 

२०७४ सालमा एकै वर्षमा ३ जना डीआईजीले आफ्नो पदबाट राजीनामा दिए । त्यसपछि एकै वर्षमा तीन जना डीआईजीले राजीनामा दिएका थिएनन् । चार वटै सुरक्षा निकायमध्ये जनतासँग प्रत्यक्ष जोडिएको नेपाल प्रहरीमा पछिल्लो समय विभिन्न कारणले जागिर छाड्ने क्रम बढ्दो मात्रामा छ । जागिर छाड्नेमा तल्लो दर्जाका प्रहरी बढी छन् ।

 

०७१ सालमा एकजना एसएसपीसहित १७ सय २३ जनाले जागिर छाडे । जसमा ६ जना डीएसपी, २० जना इन्स्पेक्टर, १ सय ११ जना सइ, ३३९ जना असइ, ८ सय ४७ जना हवल्दार, ३ सय ६८ जना जवान र ३१ जना प्रहरी कार्यालय सहयोगी गरी १७ सय २३ जनाले राजीनामा दिए ।

 

०७२ सालमा ३ जना डीएसपी, १९ जना इन्स्पेक्टर, १०३ जना सइ, २८६ जना असइ, ४ सय ७० जना हवल्दार, ३ सय २१ प्रहरी जवान र ४२ जना कार्यालय सहयोगी गरी १२ सय ५२ जनाले राजीनामा दिए ।

 

०७३ सालमा एकजना एसएसपी, एकजना डीएसपी, ५ जना इन्स्पेक्टर, ८४ जना सइ, ३ सय ४ जना असइ, ५ सय ३५ जना हवल्दार, १ सय ३५ जना जवान र ३५ जना कार्यालय सहयोगी गरी ११ सय ६० जनाले राजीनामा दिए । यस्तै ०७४ सालमा ३ जना डिआईजी, २ जना एसपी, एकजना डीएसपी, ५ जना इन्स्पेक्टर, ६३ जना सइ छन्र ।

 

यस्तै, २०२ जना असइ, १२ सय ५६ जना हवल्दार, २ सय ११ जना जवान र १८ जना कार्यालय सहयोगी गरी १७ सय ८१ जनाले राजीनामा दिँदै जागिर छाडे । यसरी ०७१ देखि ०४ सम्म आइपुग्दा झण्डै ६ हजार अर्थात ५ हजार ९ सय १६ जनाले प्रहरीको सेवा त्यागे । ०७५ मा पनि प्रहरीमा राजीनामा दिनेहरुको क्रम बढ्दो छ ।

 

प्रहरीभित्र सिनियर प्रहरी अधिकृतबाट हुने व्यवहार ओभरटाइम ड्युटी, सेवा सुविधा, मूल्याङ्कनलगायतका कारण जुनियर प्रहरीहरुले राजीनामा दिने गरेको पाइएको छ । माथिल्लो तहका प्रहरी अधिकारीहरुले जुनियर प्रहरीमाथि गर्ने लाद्ने अनुशासन र दुव्र्यवहारका कारण पनि धेरैले छँदाखाँदाको जागिर छोडेको पाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस
गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर अखिलको प्रदर्शन, ६ विद्यार्थी नेता पक्राउ

    सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रिएका नेकपा एमाले निकट विद्यार्थी...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...