प्रदेश सरकारले गरेको संविधान दिवसको कार्यक्रममा किन गएनन् मुख्यमन्त्री राउत



 

 

प्रदेश २ को सत्ता साझेदार दलमध्ये एकले संविधान दिवसमा विरोध प्रर्दशन गरिराख्दा अर्कोले विरोध वा समर्थन केही नजनाई मौन बसेको छ।  पटक पटक संविधानमा असन्तुष्टि जनाउँदै आएका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संविधान दिवसको अवसरमा प्रदेशमा आयोजित कार्यक्रममा सहभागिता समेत जनाएनन्।

संघीय सरकारको परिपत्र अनुसार प्रदेश सरकारका कर्मचारीले वृक्षारोपण गरेर संविधान दिवस मनाउँदा सरकारका मुख्यमन्त्री तथा मन्त्रीले भने सहभागिता जनाएनन्।

संघीय समाजवादी फोरम नेपालबाट प्रदेश सरकारको मुख्यमन्त्री बनेका राउतले संविधान दिवसको अवसरमा शुभकामना सन्देश समेत दिएनन्। सरकारी कर्मचारी र सुरक्षाकर्मीको सहभागितामा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा वृक्षारोपण कार्यक्रम राखिएको थियो।

प्रदेशका प्रमुख सचिव राजेश्वरमान सिंहको नेतृत्वमा कार्यालयमा वृक्षारोपण कार्यक्रम गरिएको थियो। दिवस मनाउने क्रममा सहभागी हुन मुख्यमन्त्री तथा मन्त्रीहरुलाई जानकारी गराइएपनि कोही सहभागी नभएको मन्त्रिपरिषद कार्यालयका सचिव हरि फुलायलले बताए।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्