प्रदेश सरकारले गरेको संविधान दिवसको कार्यक्रममा किन गएनन् मुख्यमन्त्री राउत



हाम्रो इकोनोमि

 

 

प्रदेश २ को सत्ता साझेदार दलमध्ये एकले संविधान दिवसमा विरोध प्रर्दशन गरिराख्दा अर्कोले विरोध वा समर्थन केही नजनाई मौन बसेको छ।  पटक पटक संविधानमा असन्तुष्टि जनाउँदै आएका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संविधान दिवसको अवसरमा प्रदेशमा आयोजित कार्यक्रममा सहभागिता समेत जनाएनन्।

संघीय सरकारको परिपत्र अनुसार प्रदेश सरकारका कर्मचारीले वृक्षारोपण गरेर संविधान दिवस मनाउँदा सरकारका मुख्यमन्त्री तथा मन्त्रीले भने सहभागिता जनाएनन्।

संघीय समाजवादी फोरम नेपालबाट प्रदेश सरकारको मुख्यमन्त्री बनेका राउतले संविधान दिवसको अवसरमा शुभकामना सन्देश समेत दिएनन्। सरकारी कर्मचारी र सुरक्षाकर्मीको सहभागितामा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा वृक्षारोपण कार्यक्रम राखिएको थियो।

प्रदेशका प्रमुख सचिव राजेश्वरमान सिंहको नेतृत्वमा कार्यालयमा वृक्षारोपण कार्यक्रम गरिएको थियो। दिवस मनाउने क्रममा सहभागी हुन मुख्यमन्त्री तथा मन्त्रीहरुलाई जानकारी गराइएपनि कोही सहभागी नभएको मन्त्रिपरिषद कार्यालयका सचिव हरि फुलायलले बताए।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...