चालकको आन्दोलनले धादिङमा यातायात ठप्प



हाम्रो इकोनोमि

 

 

मुलुकी अपराध संहितामा भएको सजाय पुनरावलोकनको माग राख्दै सवारी चालक हडतालमा उत्रिएपछि धादिङमा यातायात सेवा ठप्प भएको छ।

यातायात ठप्प भएपछि सर्वसाधारण मरमा परेका छन्। सदरमुकाम धादिङवेशीबाट चल्ने लामो तथा छोटो दुरीका कुनैपनि सवारी साधन चल्न सकेका छैनन्।

नीलकण्ठ १ खाल्टेबाट ३ दिनअघि काठमाडौं हिडेका सन्तोष श्रेष्ठको होटलमै बास भएको छ। ‘एकदमै जरुरी काम भएकाले १ गते नै काठमाडौ जान भनेर आएँ, हिजो पनि के–के बन्द भनेर गाडी चलेन, आज पनि ड्राइभरहरुले चलाएनन्’, श्रेष्ठले भने, ‘तीनदिन भयो होटलमा बसेको समस्या कसलाई सुनाउने ?’
सदरमुकाम बाट ग्रामीण क्षेत्रमा जाने सवारी साधन बाटो खराव भएरै चल्न सकेका छैनन् भने काठमाडौं चितवन र पोखरा जाने सवारी साधन ठप्पछन्।

अपरान्ह तिर जिल्ला प्रशासनले प्रहरी परिचालन गरेर सवारी चलाउने प्रयास गरेपनि चालक नपाएपछि प्रशासनको प्रयास विफल भएको छ। प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले भने, ‘हामीले चालकलाइ नियन्त्रणमा लिएर एउटा गाडी काठमाडौ पठायौँ, राजमार्ग क्षेत्रमा अवरोध गर्नेलाई पक्राउ गर्ने निर्देशन दिएका छौँ।’

दुर्घटना भए सवारी चालकलाई १० वर्षसम्म कैद सजाय हुने प्रस्ताव तोकिएपछि धादिङका सवारी चालकले मंगरबारदेखि यातयात बन्द गरी हडतालमा उत्रिएको संघर्ष समितिका सदस्य प्रकाश सिम्खडाले बताए।
‘यातायात क्षेत्रमा सबैभन्दा क्रियाशिल रहने पक्ष भनेकै चालक हो’, सिंखडाले भने, ‘चालक र परिचालकबाट असल नियतबाट भएका कार्य कुनै पनि हालतमा सजायको दायरामा आउन हुँदैन।’

मुलुकी अपराध संहिता तथा यातायात व्यवस्था ऐनमा भएको सजाय पुनरावलोकन नभएसम्म सवारीसाधन नचलाउने भन्दै मंगलबार धादिङका एक सय भन्दा बढी चालकले प्रमुख जिल्ला अधिकारी पाण्डेलाई ज्ञापनपत्र र सवारी चालक अनुमति पत्र बुझाएका छन्।

प्रतिक्रिया दिनुहोस
भारतीय प्रधानसेनापति नेपाल आउँदै

    भारतीय प्रधानसेनापति जनरल धिरज सेठ नेपाल भ्रमणमा आउने भएका छन् ।...

मुख्यमन्त्री फेर्ने मेरो निजी चाहना होइन : शेरधन राई

    नेकपा (एमाले) का सचिव एवं कोशी प्रदेश इन्चार्ज शेरधन राईले कोशी...

आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

    नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त भएका छन्...

ग्वार्कोमा बस दुर्घटना, एकजनाको मृत्यु, १९ जना घाइते (नामावलीसहित)

ललितपुरको ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । १९ जना...