बारामा जीप दुर्घटना,१२ भन्दा बढी घाइते, दुई गम्भीर



हाम्रो इकोनोमि

 

 

पथलैया-हेटौडा सडकखण्डअन्तर्गत बाराको तीन नम्बर पुल नजिक बुधबार दिउँसो जीप दुर्घटना हुँदा १२ भन्दा बढी घाइते भएका छन्। हेटौडाबाट पथलैयातर्फ आउँदै गरेको बा ५ च ५४५० नम्बरको जीप दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएकामध्ये दुईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

घाइतेमध्ये ११ जनाको सिमरास्थित अल्पाईन अस्पताल र अन्यको वीरगञ्जमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक सुभाष हमालले जानकारी दिए। मालसमान बोक्ने जीपले क्षमताभन्दा बढी यात्रु बोकेर आउने क्रममा अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको भनाई छ।

सवारी ऐन संशोधनको माग राख्दै नेपाल स्वतन्त्र चालक संघर्ष समितिको आन्दोलनका कारण यातायात ठप्प रहेका बेला जीपले क्षमताभन्दा बढी यात्रु बोकेको थियो। अल्पाईन अस्पतालमा उपचार गराईरहेका घाईते यात्रुले सुनशान सडकमा तिब्र गतिमा गाडी चलाएका कारण जीप पल्टीएको बताए।

घाइतेमध्ये केही बीच बाटोबाट जीपमा चढेका थिए। घाइते अनिल माझीले पैदल आइरहेको समयमा जीप देखेपछि आफू चढेको र केही समयमै दुर्घटना भएको बताए। माझीसहित अल्पाइन अस्पतालमा दिनेशकुमार साह, दुर्गेन्द्र माझी, रामभरोस राय, बाजुल मन्सुरी, अफताब आलम, बिरेन्द्र सहनी, लालबाबु साह, ललन साह, गुलसन पटेल, गुडु माझी रहेका छन्। अल्पाइन अस्पतालमा उपचार गराइरहेका घाइतेको अवस्था सामान्य  छ।

प्रतिक्रिया दिनुहोस
गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर अखिलको प्रदर्शन, ६ विद्यार्थी नेता पक्राउ

    सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रिएका नेकपा एमाले निकट विद्यार्थी...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...