नेकपा एकता व्यक्ति केन्द्रित, २८ जनाको नाम तयार पार्दै ओली–दाहाल



हाम्रो इकोनोमि

 

 

केन्द्रमा पार्टी एकता भएको तीन महिनाभित्र आधारभूत रूपमा पार्टी एकता गरिसक्ने घोषणा भए पनि नेपाल कम्युनिस्ट पार्टीभित्र व्यक्ति केन्द्रित छलफल हुँदा चार महिना बित्दासम्म तल्ला तहमा एकता अघि बढ्न सकेको छैन । कुनै मापदण्ड, विधि र प्रक्रियाबिना आफूखुसी व्यक्ति हेरेर एकता अघि बढाउन खोजिएपछि एकता प्रक्रिया अवरुद्ध बनेको छ ।

 

एकताको खाका बनाउने जिम्मा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई दिइएसँगै उनीहरूको व्यस्तताले प्रक्रिया झन् पछि धकेलिएको छ ।

 

भदौ २९ मा आयोजित सचिवालय बैठकले एकताको जिम्मेवारी दुई अध्यक्षलाई दिएको भोलिपल्ट दाहाल चीन यात्रामा निस्किएका छन् भने भने आउँदो शनिबार ओली अमेरिका जाँदै छन् । यसबीचमा एकताका लागि कुनै छलफल नहुने भएकाले ओली अमेरिकाबाट फर्केपछि असोजको दोस्रो सातापछि मात्रै एकताबारे छलफल हुनेछ ।

 

यसबाट कार्यकर्ता पंक्तिमा निराशा बढ्नुका साथै तल्लो तहमा नेकपाका कार्यकर्ता कमिटी र पार्टीविहीन बनेका छन् । स्थानीय तहमा निर्वाचित कार्यकर्ता पनि पार्टीको कुनै कमिटी नभएका कारण बेलगाम बनेका छन् भने स्थानीय तहमा पार्टीका सबै गतिविधि लामो समयदेखि ठप्प छन् ।

 

सचिवालय बैठकले मापदण्ड बनाएर कम्तीमा पहिलो चरणमा प्रदेश कमिटीको टुंगो लगाउने तय गरेको छ । स्रोतका अनुसार त्यसअनुसार सातैवटा प्रदेश कमिटीका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव गरी २८ जनाको नाम प्रस्ताव गर्ने जिम्मेवारी दुई अध्यक्षलाई दिइएको छ ।

 

एमाले र माओवादी दुवै पक्षको सन्तुलन मिलाउने गरी उनीहरूले ती २८ नाम तयार गर्ने सहमति भएको छ । एउटा पक्षको इन्चार्ज भएको ठाउँमा अर्को पक्षको अध्यक्ष रहने गरी प्रदेश कमिटी बनाउने सहमति भएको छ । प्रदेश नं. १, ३, गण्डकी र ७ मा एमाले र प्रदेश नं. २, ५ र कर्णालीमा माओवादी पक्षले अध्यक्ष लिने सहमति भइसकेको छ । यही आधारमा नेताहरूले पद बाँडफाँट गरेर व्यक्तिलाई जिम्मेवारी दिने तयारी गरिरहेका छन् ।

 

स्रोतका अनुसार प्रदेश नम्बर १ को इन्चार्जमा भीम आचार्यको मात्र नाम छ भने सहइन्चार्जमा राम कार्कीबारे छलफल भइरहेको छ । अध्यक्षमा एमालेका पुराना दुई नेता देवराज घिमिरे र घनेन्द्र बस्नेतले इच्छा गरे पनि दुवै जना कामकाजी नभएकोमा नेताहरू सहमत छन् । त्यसो हुँदा जगन्नाथ खतिवडाको सम्भावना छ ।

 

तर, इन्चार्ज र अध्यक्ष दुवै माधव नेपाल पक्षधर बन्ने सम्भावना नरहेको स्रोत बताउँछ ।
प्रदेश नं. २ को इन्चार्जमा एमालेतर्फबाट सत्यनारायण मण्डल र माओवादी तर्फबाट गणेश शाहको नाम आइरहेको छ । सहइन्चार्जमा सम्भवतः नागेन्द्र चौधरी हुनेछन् । अध्यक्षमा प्रभु शाह र शघुधन महतोमध्ये एकलाई जिम्मा दिइनेछ । तर, त्यहाँ विवाद भएका कारण प्रदेश र जिल्ला कमिटीकै नामावली केन्द्रमा पेस हुन सकेको छैन ।

 

प्रदेश नं. ३ मा चाहिँ मोटोमाटी टुंगिएको छ । इन्चार्जमा अष्टलक्ष्मी शाक्य, सहन्चार्जमा अग्निप्रसाद सापकोटा, अध्यक्षमा काशीनाथ अधिकारी र सचिवमा नारायण दाहाल गरेर टुंग्याउन नेताहरू सहमत भएका छन् ।

 

गण्डकी प्रदेशमा चाहिँ देवेन्द्र पौडेल इन्चार्जका एक्ला दाबेदार देखिएका छन् । स्थायी समितिबाट इन्चार्ज पठाइने भएकाले अरू नेता दाबेदार छैनन् । पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री र किरण गुरुङ अर्थमन्त्री भएकाले पौडेललाई सजिलो भएको छ । सहइन्चार्जमा खगराज अधिकारी, अध्यक्षमा हरिराज अधिकारी वा हितराज पाण्डे र सचिवमा तुलबहादुर गुरुङको सम्भावना औंल्याइएको छ ।

 

प्रदेश नं. ५ को इन्चार्जका लागि रस्साकस्सी छ । मुख्यमन्त्री भए पनि शंकर पोखरेलले इन्चार्ज हुने रहर गरेका छन् । तर, नाम सिफारिस गर्दा एकपक्षीय गरेर पार्टीमा विवादको बीजारोपण गरेका उनलाई पार्टीभित्रका अरू नेताहरूले स्वीकार गर्ने पटक्कै सम्भावना छैन भने अर्का नेता घनश्याम भुसाललाई पनि इन्चार्ज बन्न दिने सम्भावना कम छ ।

 

युवराज ज्ञवालीले पनि प्रदेश नं. ५ को इन्चार्ज हुने रहर गरेका छन् । तर, इन्चार्जमा बेदुराम भुसाल वा छविलाल विश्वकर्मामध्ये एक, सइइन्चार्जमा मणि थापा, अध्यक्षमा गणेशमान पुन र सचिवमा खिमलाल भट्टराईको सम्भावना छ ।

 

कर्णाली प्रदेशको इन्चार्जका लागि जनार्दन शर्माको नाम सर्वसम्मत जस्तै भए पनि उनले आफू संगठन विभाग प्रमुख बनेर केन्द्रमै बस्ने चाहना गरेका कारण युवराज ज्ञवालीलाई नै पठाइने सम्भावना छ । त्यसो हुँदा सहइन्चार्जमा कालीबहादुर मल्ल, अध्यक्षमा मायाप्रसाद शर्मा र सचिवमा यामलाल कँडेल वा गोरखबहादुर बोगटीको सम्भावना छ ।

 

प्रदेश नं. ७ मा भने सबै टुंगिएको छ । इन्चार्ज भीम रावल, सहइन्चार्ज लेखराज भट्ट, अध्यक्ष कर्णबहादुर थापा र सचिव लक्ष्मण पन्त हुने गरी यसअघि नै सहमति भइसकेको छ ।

 

दुई अध्यक्षले प्रस्ताव तयारी गरी सचिवालय र स्थायी समितिमा पेस गर्ने सहमति भएको छ ।

 

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...