स्वतन्त्रबाट जितेका वडाध्यक्षसहित २ दर्जन नेता-कार्यकर्ता एमालेमा प्रवेश



हाम्रो इकोनोमि

 

 

बैतडीमा स्वतन्त्रबाट निर्वाचित वडाध्यक्षसहित विभिन्न दलका करिब २ दर्जन नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । जिल्लाको डिलासैनी गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष प्रकाशमणि भट्ट, वडा सदस्य गणेश धामी, जनकराज जोशी, दीपक बहादुर धामी, भरतबहादुर भट्ट, खडकसिंह धामी एमालेमा प्रवेश गरेको एमाले बैतडीले जनाएको छ । यस्तै, सुन्दरसिंह धामी, नर ब बोहरा, गोपाल बोहरा, कुमार लोहार, सगरमणि भट्ट, दीपक बोहरा, कुमार लोहार, सगर वड, मानवीर जागरी, संकर बोहरा, जिमला बोहरा, देव बोहरा र अमर बोहरा रहेका छन् ।

उनीहरूलाई जिल्ला इन्चार्ज कमरेड लिलाधर भट्ट, सुदूरपश्चिम प्रदेश सकारका भौतिक पूर्वाधारमन्त्री सुरेन्द्र पालले स्वागत गरेका थिए । एमाले नेता समेत रहेका वडा नम्बर ५ का अध्यक्ष यज्ञ भट्ट यदुले बताए । यदुपनि स्थानीय तह निर्वाचनमा स्वतन्त्रबाट निर्वाचित भएका थिए । उनी केहीदिन अगाडिमात्रै एमालेमा प्रवेश गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...