विप्लव नेतृत्वको नेकपाले ग¥यो सरकारसँग तत्काल वार्ता नगर्ने घोषणा



हाम्रो इकोनोमि

 

 

विप्लव नेतृत्वको नेकपाले सरकारले आह्वान गरेको वार्ता अस्वीकार गरेको छ । केपी ओली नेतृत्वको सरकारले गठन गरेको सरकारी वार्ता टोलीले असन्तुष्ट पक्षहरुलाई वार्तामा आउन गत भदौ २५ गते आह्वान गरेको थियो । तर, सरकारको यो आह्वानलाई विप्लव नेतृत्वको नेकपाले अस्वीकार गरिदिएको छ ।

 

 

विप्लव नेतृत्वको नेकपाका स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’ सरकारले वार्ताका नाममा नाटक गरेको भन्दै आफूहरु अहिलेकै अवस्थामा सरकारी प्रस्ताव स्वीकार्न नसक्ने बताए । रातोपाटीसँगको कुराकानीमा नेता सुदर्शनले भने, ‘यो अवस्थामा वार्ता हुँदैन । हाम्रो वार्ता गर्ने परिस्थिति पनि छैन ।’

 

कतिबेला परिस्थिति बन्छ र वार्ता हुन्छ त भन्ने ? प्रश्नमा ओलीले भने ‘वार्ता जतिबेला हुन्छ, त्यतिबेला हामी एउटा सन्तुलनमा आएका हुन्छौँ । दोस्रो कुरा, जसरी सरकारले वार्तावार्ता भनेको छ, यो वार्ता गर्ने तरिका नै होइन ।’ उनले एकातिर आफ्ना पार्टीका नेता कार्याकर्तालाई अपहरण शैलीमा हत्कडी लगाउने अर्कोतिर वार्ताको कुरा गर्ने सरकारी नीतिको कडा आलोचना र भत्र्सना पनि गरे ।

 

उनले सरकारले भनिरहेको वार्ता अन्तैतिरका लागि भएको भन्दै ओलीले सरकारले आफूहरुलाई वार्ताका नाममा नाडी छाम्न खोजेको बताए । ‘यो त हामीलाई छाम्न खोजिएको मात्रै हो, किनकि यहाँ मुद्दा चुनावका बेलाको बनाइएको छ । नेताहरुलाई देशभरी हिरासतमा राखेर कहिले कता र कहिले कता घुमाइएको छ । यो तरिकाले वार्ता हुनै सक्दैन’ ओलीको भनाइ छ ।

 

उनले सरकार गम्भीर र समस्या समाधान गर्ने पक्षमा नभएको आरोप समेत लगाए । ‘वार्ता भनेर हल्ला चलाएको छ । तर आजसम्म हामीलाई न कुनै लिखित चिठीपत्र पठाइएको छ, न केही गृहकार्य नै गरेको छ ? त्यसकारण वार्ताको हल्ला चलाएर हामीलाई दमन गर्दै समाप्त पार्ने षडयन्त्रअनुसार सरकार चलेकाले हामी अहिले वार्ताका लागि तयार छैनौँ,’ ओलीले स्पष्ट पारे ।

 

विप्लव नेतृत्वको नेकपाले आफूहरु वार्ताकै विपक्षमा भने नभएको बताएको छ । उसले वार्ताका लागि केही शर्त पूरा गरे सोच्न सकिने जनाएको छ । जसमा पहिला आफ्नो पार्टीलाई राजनीतिक व्यवहार गर्नुपर्ने, त्यही किसिमको मान्यता दिनुपर्ने, नेता कार्याकर्तालाई लगाएका झुटा मुद्दा फिर्ता लिनुपर्ने र गल्ती भयो भनेर सार्वजनिक माफी माग्नुपर्ने अडान पनि राखेको छ ।

 

प्रतिक्रिया दिनुहोस
गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर अखिलको प्रदर्शन, ६ विद्यार्थी नेता पक्राउ

    सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रिएका नेकपा एमाले निकट विद्यार्थी...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...