अरिङ्गालले टोक्दा कांग्रेसलाई औषधि नै हुन्छः योगेश भट्टराई



हाम्रो इकोनोमि

 

 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता योगेश भट्टराईले कांग्रेसलाई अरिङ्गालले टोके औषधि हुने टिप्पणी गरेका छन् ।

 

 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीले नै आफ्ना नेताहरुलाई अरिङ्गाल बन्न निर्देशन दिएको भन्दै व्यग्य गरेका थिए । जवाफमा भट्टराईले भने अरिङ्गाल कांग्रेसलाई औषधि हुने बताए ।

 

 

‘कांग्रेसको बस्दा बस्दा नशा च्यापिएको छ’ बुधबार राजधानीमा भएको एक कार्यक्रममा भट्टराईले भने, ‘अरिङ्गालले टोक्यो भने कांग्रेसको नशा सक्रिय हुन्छ । त्यसकारण अरिङ्गाल औषधी हो ।’

 

 

केहीदिन अघि नेकपाका दिवंगत नेता पोष्टबहादुर बोगटीको स्मृतीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका विरोधीहरुविरुद्ध अरिङगाल झै जाइलाग्न निर्देशन गरेका थिए । यसलाई लिएर विपक्षी कांग्रेसका नेताहरुले सरकार र सत्तारुढ नेकपामाथि व्याङ्ग्य गर्ने गरेका छन् ।

 

 

नेकपाका नेता भट्टराईले भने प्रसंगवश आएको शब्दको पछाडि लाग्न नहुने भन्दै प्रधानमन्त्रीको बचाउ गरेका छन् । ‘प्रसंगवश आएका कतिपय कुराहरुलाई मुख्य धारणा बनाउने हो भने फसिन्छ’ नेता भट्टराई भन्छन्, ‘यस्ता शब्दकै पछि लाग्ने हो भने धेरै भाषण गर्न सकिन्छ ।’

 

बिभिन्न समयमा बिभिन्न नेताहरुले प्रसंगवश आएका शब्द चर्चामा आउने गरेको स्मरण गर्दै नेता भट्टराईले भने,’२०४७ सालको अन्तरिम सरकारमा गृहमन्त्री थिए योगप्रसाद उपाध्यय । त्यो बेला पनि महिला हत्या, वलत्कारका घटनाहरु भइराखेको थियो । महिलाहरु डेलिगेशन गए । त्यसबेला उहाँले भन्नुभयो । अब महिलाहरुले नङ् पाल्नुपर्‍यो, खुर्सानीको धुलो बोकेर हिड्नुपर्‍यो ।’

 

 

नेता भट्टराईले अघि भने, ‘त्यही थियो त राज्यको धारणा ? त्यस्तो थिएन र प्रसंगवश उहाँले भन्नुभयो । मलाई विश्वास छ आजका गृहमन्त्रीले खुर्सानीको धुलो बोक र नङ पाल भन्नुहुन्न ।’

 

 

प्रेस स्वतन्त्रताबारे फरक-फरक धारणा

 

 

नेकपाका नेता भट्टराई र कांग्रेस प्रवक्ता शर्माले प्रेस स्वतन्त्रताबारेमा समेत फरक-फरक धारणा राखेका छन् ।

 

 

‘सरकार प्रेसलाई स्वतन्त्र नराख्न उद्धत रहेको कांग्रेस प्रवक्ता शर्माको आरोप छ । समाचार लोख्नेलाई स्पष्टीकरण । समाचार साभार गर्नेलाई हतकडी । के हो यो ?’ प्रवक्ता शर्माले प्रश्न गरे लोकतन्त्रमा स्वतन्त्र नभएको प्रेस कहिले स्वतन्त्र हुन्छ ?’

 

 

अहिलेको उपलब्धी प्राप्त हुनुमा सञ्चारमाध्यमको ठूलो भूमिका रहेको भन्दै उनले अहिले आएर उपेक्षा गर्न नहुनेमा जोड दिए ।

 

 

त्यसको जवाफमा नेकपाका नेता भट्टराईले सरकारले प्रेसलाई कुनै कोणबाट नियन्त्रणमा राख्ने प्रयत्न नगरेको बताए ।

 

 

पत्रकार नै कारोबारमा फसेको, गुण्डागर्दीमा फसेको, महिला बेचविखनमा फसको वा मानव बेचविखनमा संलग्न रहेको अवस्थामा राज्यले त्यसबारे छानबिन गर्न सक्ने भन्दै नेता त्यस्ता घटनालाईसमेत प्रेस स्वतन्त्रतासँज जोड्न नहुने बताए ।

 

 

आफूलाई प्राजातान्त्रिक भन्नेहरुले नै प्रेसलाई नियन्त्रणमा राखेको धेरै उदाहरण रहेको उनको भनाइ छ ।

 

 

कार्यक्रममा राप्रपाकी नेतृ कुन्ति शाहीले मौलिक हकको सही कार्यान्वयन भएको/नभएको ओज्न पत्रकारहरुलाई आग्रह गरिन् ।

 

 

खान नपाउनेलाई खान, बस्न नपाउनेलाई आवास जस्ता व्यवस्था मौलिक हकले ज्ञारेण्टी गरेको भन्दै उनले मिडिया आवाजबिहीन हरुको आवाज नै बन्नुपर्ने सुझाइन् ।

 

 

अर्का नेता तेजुलाल चौधरीले चुनावमा जितेर पनि रेशम चौधरीले सपथ लिन नपाएको गुनासो गरे ।

 

प्रतिक्रिया दिनुहोस
६३ उद्योगमा बिजुली र पानीको लाइन काटियो

    औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले एकैदिन ६३ उद्योगको पानी र बिजुलीको लाइन...

८० औँ जन्मोत्सव मनाउँदै पूर्वराजा ज्ञानेन्द्र शाह

    पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ८० औं जन्मोत्सव आउँदो असार २३ गते...

युद्धपछि इरान झन् शक्तिशाली

    अमेरिका-इरान सम्झौताको चर्चा चलिरहँदा अमेरिकी गुप्तचर एजेन्सीहरूले नयाँ चेतावनी दिएका छन्...

खुकुरी देखाई युवतीलाई कुटपिट गर्ने रमेश ठाडा पक्राउ

    सामाजिक सञ्जालमा खुकुरी देखाई धम्काएर कुटपिट गरेको भिडियो पोस्ट गर्ने व्यक्ति...