टीकापुर मा राजेन्द्र महतोको हुँकार, अपूरो संविधानको उत्सव कसरी मनाउने ?



हाम्रो इकोनोमि

 

राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले कैलालीको टीकापुर पुगेर आफूहरू संविधान दिवस कुन अर्थ मनाउन सक्ने भन्दै विरोध जनाएका छन् ।

 

टीकापुरमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै महतोले आफूहरूले राख्दै आएको संविधान संशोधन लगायत माग अझैसम्म पूरा नभएको भन्दै संविधान दिवस मनाउन नसक्ने स्पष्ट पारे ।

 

मुलुकमा दुईथरिका व्यवहार भइरहेको टिप्पणी गर्दै उनले मधेशी लगायत पछाडि पारिएका समुदायका माग पूरा गर्न सरकार अझै गम्भीर नभएको आरोप लगाए ।

 

प्रधानमन्त्री केपी शर्मा ओली सरकारले आफूहरूका माग पूरा गर्ने आश्वासन दिएकाले अहिलेसम्म पर्खेको समेत उनको भनाई थियो ।

 

उनले टीकापुर घटना लगायत तराई मधेशका जिल्लामा आफ्ना कार्यकर्तालाई आन्दोलनको क्रममा राज्यले प्रतिशोध साँध्न पक्राउ गरेको बताउँदै उनीहरूलाई रिहाइ गर्नुको कुनै विकल्प नरहेको बताए ।

 

कार्यक्रममा अध्यक्ष मण्डलका अर्का सदस्य अनिल झाले संविधानमा भएको सीमांकन आफूहरूलाई मान्य नभएको बताए । उनले टीकापुर घटनामा संलग्नताको आरोपमा पक्राउ गरिएका सांसद रेशम चौधरीलाई अपराध पुष्टि नभएसम्म सपथ ग्रहण गरी संसदमा भाग लिने अवस्था राज्यले बनाउनुपर्नेमा जोड दिए । झाले भने, ‘अहिलेको सरकारले मधेश मुद्दा र पहिचानसहितको अधिकार संविधानमा व्यवस्था गर्नुपर्छ ।’

 

यसैबीच, धनगढीमा संविधान दिवसलाई लक्षित गरी विरोधसभा आयोजना गरिएको छ । थारु कल्याणकारिणी सभा कैलाली, थरुहट थारुवान संयुक्त संघर्ष समितिको आयोजनामा विरोध सभाको आयोजना गरिएको हो ।

 

कार्यक्रममा राजपाका नेताहरू, पहिचान पक्षधर नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको थाकस कैलालीका कार्यवाहक सभापति माधव चौधरीले बताए ।

 

प्रतिक्रिया दिनुहोस
बाढीपछि बेपत्ता भएका रसुवा भन्सारका १५ कर्मचारीको नामावली

  भोटेकोशी बाढीका कारण रसुवा भन्सार कार्यालयका १५ कर्मचारी बेपत्ता भएका छन् ।...

धादिङ एकै ठाउँका २७ तीर्थयात्री बेपत्ता

  रसुवाको गोसाइँकुण्ड तीर्थयात्रामा निस्किएका धादिङका एकै क्षेत्रका २७ जना तीर्थयात्री र बस...

भोटेकोशी बाढीले हालसम्म १६५ को मृत्यु, ८२६ जना सम्पर्कविहीन

    भदौ १० गते तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीसहित त्रिशूली नदीमा आएको...

भोटेकोशी बाढीपीडितका लागि बुढानीलकण्ठका कर्मचारीले १५ लाख ७२ हजार आर्थिक सहयोग गर्ने

     रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो...