सर्टिफिकेट धितोमा सात शीर्षकमा ऋण, स्नातक पास र ४० वर्षमुनिको हुनुपर्ने



हाम्रो इकोनोमि

 

पटक–पटक चर्चामा आउने गरेको ‘शैक्षिक प्रमाण–पत्र धितोमा ऋण’ अन्ततः कार्यान्वयनमा आउने भएको छ ।

अर्थ मन्त्रालयले शैक्षिक योग्यता भएर पनि विना उद्याम बसिरहेका युवालाई स्वरोजगार बनाउन विभिन्न ७ वटा शीर्षकमा सहुलियत दरमा ऋण उपलब्ध गराउन कार्यविधिको तयारी गरिरहेको छ ।

बजेटमा भएको सहुलियत ब्याजदरमा ऋण पाउने व्यवस्था कार्यान्वयन गर्न अर्थ मन्त्रालयले बनाएको बजेट कार्ययोजनामा भदौ महिनाभित्र कार्यविधि बनेको र अहिले पुनर्विचारको काम भइरहेको जनाइएको छ । कार्ययोजनामा उल्लेख भएअनुसार नै मन्त्रालयले भदौ महिनामै कार्यविधि बनाएको हो ।

‘हामीले तोकिएको समयमा नै कार्यविधि बनाएका छौँ, अब मात्र केही प्राविधिक कुरा हेरेर प्रिन्ट गर्ने काम बाँकी छ’, अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीले सुनाए, ‘देशमा केही गर्न चाहनेलाई मंसिरदेखि ऋण दिन शुरु गर्ने गरी तयारी छ, सर्टिफिकेट धिता राखेर ऋण लिन तयारी थाल्दा हुन्छ ।’

ऋण पाउन यस्तो छ योग्यता
कार्यविधिमा ५ प्रतिशत ब्याजदरमा ७ लाख रुपैयाँसम्म ऋण पाउनका लागि स्नातक तह पास गरेकै हुनुपर्ने उल्लेख छ । प्राविधिक र गैरप्राविधिक जे विधामा स्नातक गरे पनि ऋण पाइने कार्यविधिमा जनाइएको छ ।

‘काम गर्छु भनेर विश्वास दिलाउने प्रस्तावसहित आएमा प्राविधिक र गैरप्राविधिक जे विषयमा स्नातक पढे पनि ऋण दिने व्यवस्था कार्यविधिमा छ’, सहसचिव खत्रीले स्पष्ट पारे, ‘जे होस प्रस्तावमा भएको कुराले बैंकहरु कन्भिन्स हुनुप¥यो, ऋण पाइन्छ ।’

यस्तै ५ प्रतिशत सहुलियत ऋण पाउनका लागि ४० वर्ष ननाघेको पनि हुनुपर्नेछ । ४० वर्षभन्दा माथि उमेरकाले प्रमाणपत्र धितो राखेर ऋण नपाउने कार्यविधिमा स्पष्ट उल्लेख गरिएको छ ।

सहुलियत ऋण पाइने यी हुन् अन्य ६ शीर्षक

अर्थ मन्त्रालयले पहिले नै भएको पशुपालन व्यवसाय कर्जालाई केही नयाँ प्रावधानसहित फेरि लागू गर्नेछ । यसको लागि पनि कार्यविधि बनिसकेको छ । यस्तै महिलाले सामूहिक रुपमा उद्यम गर्न चाहेमा ६ प्रतिशत ब्याजदरमा १० लाख रुपैयाँसम्म ऋण पाउने छन् ।

विदेशबाट फर्किएकाहरुले विदेशमा सिकेको सीपका आधारमा नेपालमा उद्यम गर्न चाहेमा ५ प्रतिशत ब्याजदरमा १० लाख रुपैयाँसम्मको ऋण पाउने पनि अर्थ मन्त्रालयले व्यवस्था गरेको छ । यसको पनि कार्यविधि बनिसकेको छ । यस्तै दलित समुदायले केही व्यवसाय गर्न चाहेमा ५ प्रतिशत ब्याजदरमा १० लाख रुपैयाँसम्म ऋण पाउने छन् ।

पढ्न मन भएका तर पैसा नभएर पढ्न नपाएका विपन्न समुदायका युवाहरुले शैक्षिक ऋण पाउने छन् । यसको पनि कार्यविधि बनिसकेको छ । प्लस टु पास गरेका विपन्न समुदायका युवाले ५प्रतिशत ब्याजदरमा ५ लाख रुपैयाँसम्म ऋण पाउने छन् ।

भूकम्पपीडितले पनि ५ प्रतिशत ब्याजदरमा ३ लाख रुपैयाँसम्म ऋण पाउन सक्ने छन् । सरकारले दिएको ३ लाख रुपैयाँ अनुदानले घर बनाउन नपुगेको वा केही इलम गर्न चाहनेले यो ऋण पाउने छन् । अर्थ मन्त्रालयले ७ प्रकारका सहुलियत ऋणको व्यवस्था गरे पनि कुनै पनि व्यक्तिले दोहोरो ऋण नपाउने जनाएको छ ।

ऋणको म्याद ५ वर्ष
सरकारले सहुलियतमा दिने कर्जाको समायावधि ५ वर्ष तोकेको छ । ५ वर्षभित्र ५ प्रतिशत ब्याजसहित ७ लाख रुपैयाँ तिरिसक्नुपर्ने कार्यविधिमा प्रष्ट लेखिएको छ ।

यदि ५ वर्षभित्र ऋण नतिरेमा राज्यले दिने कुनै पनि सेवा नदिने अर्थ मन्त्रालयले जनाएको छ । सरकारको पैसा त हो नि भनेर ऋण नतिरेमा वृद्धभत्ता, अपाङ्खता भत्ता, स्वास्थ्य बीमा, सहुलियत लगायतका कुनै पनि सेवा बन्द गर्ने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर अखिलको प्रदर्शन, ६ विद्यार्थी नेता पक्राउ

    सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रिएका नेकपा एमाले निकट विद्यार्थी...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...