माइतीघर मण्डलामा सय मिटर अग्लो राष्ट्रिय झण्डा



हाम्रो इकोनोमि

 

 

संविधान दिवसको अवसरमा सत्तारुढ दल निकट युवा संगठनले राष्ट्रियता, स्वाधीनता र स्वाभिमानलाई मजबुत बनाउनुपर्ने भन्दै राष्ट्रिय झण्डा फहराएको छ ।

तत्कालीन नेकपा (एमाले) निकट युवा संघ नेपाल र तत्कालीन नेकपा (माओवादी केन्द्र) निकट वाइसिएल नेपालको संयुक्त आयोजनामा काठमाडौँको माइतीघर मण्डलामा १०० मिटर लामो झण्डोत्तलन गरेका हुन् ।

योग्य तथा दक्ष युवा विदेशमा जानुपर्ने बाध्यता अन्त्य गर्नु अहिलेको आवश्यकता रहेको भन्दै संगठनका नेताले रोजगारमुखी नीति तथा कार्यक्रमलाई वर्तमान सरकारले अघि सारेकोले त्यसलाई सफल बनाउनुपर्नेमा जोड दिएका थिए ।

त्यस्तै संविधानमा कहीँ कतै कमिजोरी भएमा आपसी छलफल तथा संवाद्को माध्यमबाट हल गर्दै आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणमा सबै राजनीतिक दल एकढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिइएको थियो ।

युवा संघ नेपालका अध्यक्ष रमेश पौडेलले जनताको अधिकार लिपिबद्ध भएको दिनमा मुलुकलाई समृद्धिको बाटोमा अघि लानुपर्ने बताए । अध्यक्ष पौडेलले हजारौंको बलिदानबाट प्राप्त संविधानलाई कार्यान्वयन गर्न र गराउन सम्पूर्ण राजनीतिक दल, वुद्धिजीवी, जनतासमेत लाग्नुपर्नेमा जोड दिए ।

वाइसिएल नेपालका अध्यक्ष रामप्रसाद सापकोटा (दिपसिखा)ले वर्तमान संविधानले महिला, दलित, अल्पसंख््यक, पिछडिएको वर्गलगायत सम्पूर्ण नेपालीको भावनालाई समेटेको उल्लेख गर्दै संविधानमाथि गलत प्रचार गरी अनावश्यक भ्रम फैलाउन नहुने बताए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...