अझै भेटिएन साढे ३३ किलो सुन,को -को छुटे आरोपी



 

गत माघ पहिलो साता यूएईबाट आएको साढे ३३ किलो सुन गायब र त्यससँगै जोडिएर भएको सनम शाक्य हत्या प्रकरणको अनुसन्धान अझै सकिएको छैन । अहिलेसम्म न हराएको सुन भेटिएको छ न त सुनका मुख्य लगानीकर्ता नै भेटिएका छन् ।

 

 

३३ किलो सुन गायब भएपछि सुन लुकाएको आशंकामा चूडामणि उप्रेती ‘गोरे’को समूहले गत फागुन १८ मा मोरङ उर्लाबारीका सनम शाक्यको हत्या गरेपछि सुन तस्करी काण्ड चर्चामा आएको थियो ।

 

अनुसन्धानका लागि गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा विशेष अनुसन्धान टोली गठन भएको थियो । टोलीले सुन तस्करीमा गोरे समूहको मुख्य संलग्नता रहेको र त्यसमा तत्कालीन अपराध महाशाखा, विमानस्थलका कर्मचारी, भन्सार कर्मचारी, विमानस्थल प्रहरीका अधिकारीको संलग्नता आैंल्याएको थियो ।

 

गोरेको समूहले ३८ क्विन्टल सुन तस्करी गरेको निष्कर्ष टोलीले निकालेको थियो । यो प्रकरणमा पक्राउ परेकाहरु विरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा चलाइएको छ । सुन तस्करी र सनम हत्यामा संलग्न भएको आरोपमा ३२ जना पुर्पक्षका लागि जेल चलानसमेत भएका थिए ।

 

जेल चलान हुनेमा गोरेसहित, व्यवसायी विमल पोद्दार, भुजुङ गुरुङ, छिरिङ वाङदेल, नेपाल प्रहरीका पूर्व डिआईजी गोविन्द निरौला, एसएसपी श्याम खत्री, तत्कालीन अपराध महाशाखाका एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डिएसपी प्रजित केसी र सञ्जय राउत, सई बालकृष्ण सञ्जेललगायत रहेका थिए । अझै ३१ जना फरारको सूचीमा छन् । फरारमध्ये एमके अग्रवाल सर्वाधिक खोजीमा छन् ।

 

 

गृह मन्त्रालयले गत १९ चैतमा सहसचिव पौडेलको संयोजकत्वमा अनुसन्धान टोली गरेको थियो । टोलीले तीन महिनासम्म अनुसन्धान गर्दा पनि सुन भने पत्ता लगाउन सकेन । समितिले ७ सय ७२ पृष्ठ लामो प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको थियो ।

 

प्रतिवेदन सार्वजनिक गरिएको छैन । अनुसन्धानको जिम्मा पाएको समितिले सरकारलाई प्रतिवेदन बुझाएपछि हराएको सुन खोज्ने र फरार अभियुक्त समात्ने जिम्मेवारी महानगरीय अपराध महाशाखालाई दिइएको छ । महाशाखाका एसएसपी धिरजप्रताप सिंह भन्छन्, “मौखिक रुपमा महाशाखालाई जिम्मेवारी दिइएको हो, हराएको सुन र फरार अभियुक्त खोजिरहेका छौं ।’’

 

 

गायब भएको सुन प्रकरणमा सनम शाक्यको हत्या भएको थियो भने सानु वनको ट्यांकर ठक्करबाट मृत्यु भएको थियो । प्रेमलाल चौधरीले महानगरीय प्रहरी वृत्त सिंहदरबारको शौचालयमा आत्महत्या गरेका थिए ।

 

 

आरोपित प्रहरी धमाधम छुट्दै

 

साढे ३३ किलो सुन नभेटिएकै बेला पक्राउ परेका प्रहरी अधिकारी भने धमाधम छुट्न थालेका छन् । तत्कालीन अपराध महाशाखाका एसएसपी दिवेश लोहनी गत भदौ २९ गते उच्च अदालतले साधारण तारेखमा छाड्न आदेश दिएसँगै छुटेका छन् ।

 

भदौ ३१ मा तत्कालीन महाशाखाका डिएसपी प्रजित केसीलाई पनि जिल्ला अदालत मोरङको आदेश उल्ट्याउँदै उच्च अदालत विराटनगरले छाड्न आदेश दिएको थियो ।

 

 

मंगलबारमात्रै तत्कालीन मकवानपुर प्रहरीका एसपी विकासराज खनाल साधारण तारेखमा छुटेका छन् । उनीहरुले थुनामुक्त हुन पाऊँ भन्दै उच्च अदालतमा रिट दायर गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्