१५ वर्षिय किशाेरीलार्इ लखेट्दै वलात्कार गर्ने तीन जना प्रहरीको फन्दामा



हाम्रो इकोनोमि

चार किशोरकिशोरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारमा रहेकी दिदीको घरमा हिँडे । उनीहरु १२ देखि १५ उमेर समूहका थिए  ।

 

हिँडिरहेका बेला ट्याक्टर भेटिएपछि त्यसैमा चढे । पहिरोको कारण ट्याक्टर गन्तव्यमा पुग्न सकेन । ट्याक्टरले राती करीब ८ बजे अन्नपूर्ण गाउँपालिका ६ घारको धरमपानी खोला नजिकको मुना बाल विकास भवन नजिकै ओराल्यो ।

ठाउँ एकान्त थियो । रात परिसकेकाले उनीहरु अलमलमा परे ।

बास खोज्दै गर्दा गाँजा र चुरोट तान्दै गरेका तीन युवा प्रकाश छिनाल, अर्जुन परियार र नविन परियारको नजर १५ वर्षीया किशोरीमाथि पर्यो ।

 

उनीहरुले अपरिचित बालिकाहरुलाई जिस्क्याउँदै हातपात गर्न खोजे । आक्रामण हुन थालेपछि बालबालिका मोटरबाटो हुँदै आएकै बाटो भागे । युवाहरुले भवानीथानसम्म लखेटे । सडकमा बत्ती थिएन ।

 

भाग्दै गरेकी १५ वर्षीया किशोरीलाई उनीहरुले मुख थुन्दै एकान्ततिर लगेर बलात्कार गरेको आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीले हालसम्म १६५ को मृत्यु, ८२६ जना सम्पर्कविहीन

    भदौ १० गते तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीसहित त्रिशूली नदीमा आएको...

भोटेकोशी बाढीपीडितका लागि बुढानीलकण्ठका कर्मचारीले १५ लाख ७२ हजार आर्थिक सहयोग गर्ने

     रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो...

रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्क विहीन

    रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी सम्पर्क विहीन भएका...

गोसाइकुण्ड दर्शन गर्न गएका ३४ यात्रु सम्पर्कविहीन

    गोरखाको पालुङटारबाट तीर्थयात्री बोकेर रसुवाको गोसाइकुण्ड गएको बस सम्पर्कविहीन भएको छ...