यसकारण पक्राऊ परे सिके राउतका ५० कार्यकर्ता



हाम्रो इकोनोमि

 

संविधान दिवसलाई विरोध गर्ने तयारीमा रहेका मधेश स्वतन्त्र गठबन्धन (सिके राउत) का कार्यकर्ता सत्यनारायण मण्डल सहित पचास भन्दा बढी समर्थकहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेको छ।

 

मण्डल सिके राउतका मुख्य सहयोगी रहेको जनाइएको छ। मण्डललाई मंगलवार दिउँसो सवा २ बजे पक्राउ गरिएको थियो भन्ने अन्य समर्थकहरुलाई बुधवार बिहानैदेखि जनकपुरधामको विभिन्न चौकाबाट पक्राउ गरिएको छ।

 

राउतका स्वकीय सचिवको भूमिकामा मण्डल काम गर्दै आइरहेका थिए। पक्राउ परेका मण्डलसँग राउतबारे प्रहरीले सोधपुछ गरिरहेको बताइएको छ। राउतलाई खोजी गर्नका लागि प्रहरीले विभिन्न होटेल तथा लजमा सर्च अभियान जारी राखेको छ।

 

बुधवार संविधानको विरोधमा ‘कालो दिवस’ मनाउन तथा शहीदलाई सम्मान स्वरूप श्रद्धाञ्जलि दिनका लागि विरोधसभा राउत सहभागी हुने बताइएको छ। राउतका कार्यकर्ताले गाउँगाउँबाट मानिस ल्याएर जनकपुर भर्ने तयारी गरेको छ।

 

राउत विगत केही सातादेखि सम्पर्कविहिन भएका छन्। यस्तै राष्ट्रिय जनता पार्टी, धनुषा, मधेशी राष्ट्रिय परिषद र राजपा महिला संघले संविधानको विरोधमा प्रदर्शन गर्ने भएको छ।

 

उनीहरुले विज्ञप्ति प्रकाशित गरी विरोध कार्यक्रम सार्वजनिक गरेका हुन्। बुधवार बेलुका २ बजे जनकपुरधामको जनक चौकबाट जम्मा भई विरोध प्रदर्शन गर्ने जनाइएको छ।

 

त्यसैगरी महिला संघले बेलुका ३ बजे जनक चौकमा जम्मा भई नगरमा प्रदर्शन गर्ने विज्ञप्तिमा उल्लेख गरेको छ। बेलुका प्रदर्शन गर्ने र साँझ ७ बजेदेखि ७ः३० बजेसम्म ब्लैक आउट गर्नका लागि सबैमा आग्रह गरेका छन्।

 

त्यस्तै मधेशी राष्ट्रिय परिषद केन्द्रिय संयोजक समितिका संयोजक श्रीचन्द्र मुखियाले नेपालको संविधान २०७०ले मधेशी जनताको अधिकार पुरा नहुने हुँदा असोज ३ गते विरोध प्रदर्शन कार्यक्रम राखिएको विज्ञप्तिमा उल्लेख गरेको छ।

 

उनले मधेशी जनताको न्यायपूर्ण आन्दोलन र संघर्षबाट स्थापित समानता, स्वतन्त्रता र समावेशी समानुपातिक हक र अधिकारलाई नजर अन्दाज गरी स्वेच्छाचारी ढंगबाट संविधान घोषणा गरिएको आरोप पनि लगाइएको छ।

 

प्रतिक्रिया दिनुहोस
गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर अखिलको प्रदर्शन, ६ विद्यार्थी नेता पक्राउ

    सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रिएका नेकपा एमाले निकट विद्यार्थी...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...