संविधान दिवसमा ४ सय २१ जना विभूषित, पुष्पलाललाई सबैभन्दा ठूलो पदक (नामसहित)



हाम्रो इकोनोमि

 

 

 

संविधान दिवसको अवसार पारेर सरकारले ४ सय २१ जनालाई विभूषित गरेको छ ।

 

राजनीतिज्ञ, समाजसेवी, कर्मचारी, कलाकार, साहित्यकार, डाक्टर, पत्रकार, खेलाडीलगायतलाई राष्ट्रपति विद्यादेवी भण्डारीबाट मानपदवी, अलंकार र पदक प्रदान गरिएको हो ।

 

गृह मन्त्रालयका अनुसार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाललाई सबैभन्दा ठूलो पदक नेपाल रत्न मरणोपरान्त प्रदान गरिएको छ । यस्तै महाउज्ज्वल राष्ट्रदीप (प्रथम श्रेणी) मरणोपरान्त गजेन्द्रनारायण सिंह र अम्बर गुरुङलाई दिइएको छ । संस्कृतिविद् सत्यमोहन जोशी र राष्ट्रकवि माधव घिमिरेले पनि यही पदक पाएका छन् ।

 

सुप्रसिद्ध प्रवल जनसेवाश्री प्रधानन्यायाधीश ओमप्रकाश मिश्र, उज्ज्वल कृतिमय राष्ट्रदीप इतिहासकार तथा समाजशास्त्री डा। बालकृष्ण पोखरेल र संस्कृतिविद् जगमान गुरुङले पाएका छन् ।

 

प्रवल जनसेवाश्री (चतु्र्थ श्रेणी) बाट सबैभन्दा बढी १६२ जना विभूषित भएका छन् । यसमा युवा क्रिकेटर सन्दीप लामिछानेसमेत परेका छन् ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...