द्रुत मार्ग लाइफलाइन हो समय भित्रै सक्न उपप्रधानमन्त्री पोखरेलको निर्देशन



हाम्रो इकोनोमि

 

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले काठमाडौँ–तराई– मधेश द्रुतमार्ग (फाष्ट ट्रयाक) हाम्रो विकासको आधारशीला भएकाले सयमसीमाभित्रै पूरा गर्न सम्पूर्ण कार्ययोजना बनाएर काम गर्न निर्देशन दिएका छन ।

उक्त द्रुतमार्गको निरीक्षण र कार्यप्रगतिको जानकारीपछि मकवानपुरको लेनडाँडामा आयोजित कार्यक्रममा पोखरेलले नेपाली सेनाको मात्रै नभएर सिङ्गो मुलुकको नेतृत्वको परीक्षा भएकाले चार वर्ष्भित्रै आयोजना पूरा गर्ने ढङ्गबाट काम गर्न निर्देशन दिनुभयो । नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरको उक्त राष्ट्रिय गौरवको आयोजना काठमाडाँै उपत्यकालाई तराईसँग राष्ट्रिय सडक सञ्जालमा जोड्ने सबैभन्दा छोटो ७६ किमी दूरीको राजमार्ग हो ।

उक्त द्रुतमार्गको प्रारम्भिक लागत अनुमान रु एक खर्ब ११ अर्ब रहने अनुमान गरिएको राष्ट्रिय योजना आयोगले जनाएको छ । उपप्रधानमन्त्री पोखरलेले भने, “समयसीमाभित्रै जिम्मेवारी पूरा गर्न सबै पक्षको पहल र सहयोग आवश्यक रहेको छ, दु्रतमार्ग राष्ट्रिय सङ्कल्प र विकासको जीवनाधार (लाइफलाइन) भएको हुँदा अत्यन्त गम्भीर भई योग्यता र क्षमता देखाएर काम गर्नुस् समयसीमाभित्रै बन्छ, अब ढिलो गर्नहुँदैन ।”

द्रुतमार्ग निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदनका लागि परामर्शदाताको छनोट भइरहेको जनाउँदै नेपाली सेनाले आगामी चार महिनाभित्रमा प्रतिवेदन प्राप्त हुने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...