किन गए एसपी मर्निङ वाक गर्दै निर्मला पन्तको घर ?



हाम्रो इकोनोमि

 

 

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना देशभर चर्चाको विषय बनिरहेका बेला कञ्चनपुरका एसपी कुबेर कडायत मंगलबार बिहानै हिँडेर घरमा पुगेका छन् ।

 

जिल्ला सदरमुकाम महेन्द्रनगरबाट झण्डै ३ किलोमिटर टाढा रहेको स्व। निर्मला पन्तको घरमा एसपी ‘मर्निक वाक’ गर्दै बिहान ७ बजे नै पुगेका हुन् ।

 

एसपी कडायत घरमा पुगेर सोमबार साँझ काठमाडौंबाट फर्किएका स्व। निर्मलाका आमाबुवालाई भेटेका छन् । उनी २०–२५ मिनेट निर्मलाको घरमा बसेका थिए । निर्मलाका आमाबुवा काठमाडौंबाट फर्किएकाले भेटघाट गर्न गएको एसपी कडायतले बताए । एसपी कडायत २ जना सुरक्षा गार्डसहित सादा पोशाकमा निर्मलाको घर पुगेका थिए ।

 

एसपी कडायतले घरमा आएको भेटघाट गरेको निर्मलाका बुवा यज्ञराज पन्तले बताए । ‘अरु कुरा केही भन्नुभएन । सामान्य कुराकानी नै भयो,’ पन्तले भने, ‘बरु हत्यारा पत्ता लगाउने विषयमा के भइरहेको छ भनेर मैले सोधे । उहाँले खासै केही उपलब्धी हुन नसकेको बताउनुभयो ।’

 

न्याय माग्न काठमाडौं आएका निर्मला पन्तका आमाबुवा सोमवार घर फर्किएका छन् । दुवै जनालाई प्रधानमन्त्री केपी शर्मा ओलीले हत्यारा पत्ता लाग्ने आश्वासन दिँदै घर फर्किन आग्रह गरेका थिए । काठमाडौंमा रहँदा निर्मलाका आमाबुवाले विभिन्न संघसंस्था, नेता, प्रधानमन्त्री, मन्त्री लगायतसँग हत्यारा पत्ता लगाउन प्रभावकारी भूमिकाका लागि आग्रह गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...