‘मुलुक समृद्ध बनाउन राजसंस्थासहितको लोकतन्त्रको विकल्प छैन’ : कमल थापा



हाम्रो इकोनोमि

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकलाई समृद्ध बनाउन राजसंस्थासहितको लोकतन्त्रको विकल्प नरहेको दाबी गरेका छन् । थापाले राजसंस्थासहितको लोकतन्त्र र हिन्दु राष्ट्र पुनस्र्थापना नगरेकै कारण मुलुक संकटतर्फ उन्मुख भएको तर्क गरे ।

मंगलबार काठमाडौंमा आयोजित पार्टी केन्द्रीय कार्य समितिको बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै उनले वर्तमान मुलुकको समस्या कम्युनिस्ट र कांग्रेस दुवै दलले लिएको गलत नीतिका कारण भएको दाबी गरे । थापाले जनताको अपेक्षा पूरा गर्न राजसंस्थासहितको लोकतन्त्र अनिवार्य रहेको पार्टीको अडानमा ढिलै भएपनि सबै राजनीतिक दल सहमत हुने दाबी गरे । उनले मुलुकमा विद्यमान संकट सरकारको असक्षमताका कारण नभई व्यवस्थाको कारण भएको पनि बताए ।

थापाले पार्टी छिट्टै मुलुकको राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको रुपमा उदाउने विश्वास व्यक्त गरे । उनले पार्टीलाई गतिशील बनाउन पार्टीका नेता, कार्यकर्तालाई गतिका साथ अघि बढ्न पनि निर्देशन दिए । दुई दिनसम्म चल्ने केन्द्रीय कार्य समिति बैठकमा पार्टीको भावी कार्यदिशाको बारेमा व्यापक छलफल हुने राप्रपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...