प्रहरी प्रमुख खनालले एसएसपीसहित ५ सय प्रहरीमाथि किन गरे कारबाही



हाम्रो इकोनोमि

नेपाल प्रहरीका पाँच सय जना कार्बाहीमा परेका छन् । कार्बाही पर्नेमा बरिष्ठ प्रहरी उपरीक्षकदेखि कार्यालय सहयोगीसम्म छन् ।

पछिल्लो चार महिनामा प्रहरी प्रधान कार्यालयले नियमावली विपरीत काम गर्ने ४९४ प्रहरीलाई कार्बाही गरेको हो । वैशाखमा २ जना बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सहित १६५ जना कार्बाहीमा परेका थिए ।

३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणको अनुसन्धानका क्रममा एसएसपी दिवेश लोहनी र एसएसपी श्याम खत्री निलम्बनमा परेका थिए । संगठनको नीति विपरित गतिविधि गर्ने ४ प्रहरी कर्मचारीलाई बर्खास्त गरिएको छ ।

यस्तै विभिन्न दर्जाका ७५ प्रहरीलाई नसिहत दिइएको थियो । १२ को ग्रेड रोक्का, ९ को ग्रेड घटुवा, ९ को पदोन्नति रोक्का, एक जनाको पद घटुव र २२ जनालाई निलम्बन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

जेठमा ३६ जना प्रहरीलाई कार्बाही गरिएको छ । असारमा १६५ जना प्रहरी कार्बाहीमा परेका छन् । तीमध्ये १४ जना निलम्बनमा परेका छन् भने बाँकीलाई कसुर अनुसारको कार्बाही गरिएको छ ।
साउनमा १२९ जना प्रहरीलाई विभिन्न कार्बाही गरिएको छ ।

महानिरीक्षक नियुक्त भएपछि सर्वेन्द्र खनालले संगठन सुधारका लागि १० बुँदे योजना सार्वजनिक गरेका थिए । यही अवधिमा प्रधान कार्यालयले राम्रो काम गर्ने प्रहरीलाई पुरस्कृत पनि गरेको छ । ४ महिनामा १ हजार ३५३ जना प्रहरी पुरस्कृत भएका छन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...