हराएकी युवती काठमाडौंको होटेलमा, मामाकै सहयोगमा सामूहिक बलात्कार



हाम्रो इकोनोमि

 

काठमाडौँका एक युवतीको सामूहित बलात्कार भएको खुलेको छ। नुवाकोट घर भएकी २१ वर्षीय रचना(नाम परिवर्तन) को बलात्कार भएको हो। केही दिनदेखि हराएकी युवती खोजी गर्ने क्रममा बलात्कार भएको प्रहरी अनुसन्धानमा खुल्न आएको छ।

बलात्कारको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। नुवाकोटका अर्जुन लामा, रामकृष्ण नगरकोटी र सूर्य रानालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रामदत्त जोशीले जानकारी दिए। एसपी दत्तले भने, केही दिनदेखि हराएको भन्ने उजुरी आएकाले खोजी गर्दै जाँदा बलात्कार भएको खुलेको हो।

केही दिनदेखि हराएकी थिइन्, मामाले नै होटेल पुर्‍याएका थिए

रचना सोमवार विहानदेखि घर परिवारसँग सम्पर्कमा थिइनन्। दिनभर परिवारले रचनाको बाटो हेरे। तर उनी राति अबेरसम्म पनि फर्किएनन्। परिवारले आफन्त, छिमेकमा खोजी गर्दा नभेटिएपछि प्रहरीकोमा पुगे।

 

परिवारले रचना हराएको भन्दै प्रहरीमा खोजी गरिदिन उजुरी दिए। उजुरीसँगै प्रहरीले खोजी कार्य सुरु गर्‍यो।

 

प्रहरी टोलीले रचनालाई राति नै स्युचाटारको एक होटलमा भेटिए। रचनालाई अर्जुनले उक्त होटलमा पुर्‍याएका रहेछन्। उनीहरूबिच पहिलेदेखि नै चिनजान रहेको प्रहरी अनुसन्धानमा खुल्न आएको छ।

 

प्रहरीकाअनुसार लामाले रचनाकी आमालाई दिदी बनाएका थिए। कानसमेत नसुन्ने रचनालाई अर्जुनले भान्जी भन्थे। सोमवार बिहानदेखि रचना उनै मामा मानेका लामासँगै थिइन्।

दिउँसो करिब ४ बजेतिर लामाले होटेलमा खाजा खान भन्दै लगेको प्रहरी अनुसन्धानमा खुलेको छ। स्युचाटारमा रहेको साधारण होटलमा पुगेपछि रचनाको सामूहिक बलात्कार भयो। मामा पनि सँगै थिए। घटनाको थप अनुसन्धान भइरहेको एसपी रामदत्त जोशीले जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...