नगरप्रमुख आफै फोहर उठाउन निस्केपछि…



हाम्रो इकोनोमि

 

नलगाड नगरपालिकाका नगर प्रमुख टेकबहादुर रावल मंगलबार बिहानै हातमा कुचो लिएर फोहर उठाउन निस्केपछि नजिक रहेका कर्मचारी, प्रहरी र स्थानीयले पनि साथ दिँदै सरसफाइमा जुटे।

 

नगरप्रमुखसहितको टोलीले नलगाड नगरपालिकाको मुकाम रहेको दल्ली क्षेत्रमा सरसफाइ गरेको हो।

टोलीले संविधान दिवसको अवसरमा नगरपालिकाले नगरसरसफाइ गरेको हो। टेलीले दल्ली, कालिमाटी, छेप्का, चिसापानी बैरीताललगायतका क्षेत्रमा रहेका सरकारी कार्यालय, विद्यालय, स्वास्थ्य संस्था, बाटोघाटो, नदी, खानेपानीका मुहानलगायतका क्षेत्रमा सरसफाइ गरेको नगरप्रमुख रावलले बताए।

उनले नगरलाई स्वच्छ तथा सफा राख्नका लागि संविधान दिवसको अवसर पारेर सरसफाइ अभियान थालिएको बताए। स्थानीयलाई जागरण गर्नका लागि प्रत्येक महिनाको एक दिन नगरसरसफाइ गरिने नगरप्रमुख रावलको भनाई छ।

घरआँगन र सार्वजनिक क्षेत्रमा सम्बन्धित निकायले अनिवार्य सरसफाइ गर्ने र बाटोघाटो तथा सार्वजनिक स्थलमा अभियानको रुपमा सरसफाइ गरी सुन्दर नगर बनाउने उनले बताए।

 

सार्वजनिक स्थलमा फोहर गर्ने कार्य जनचेतनाका माध्यमबाट रोक्ने गरी कार्य गरिने तर अटेर गरी जथाभावी फोहर फाल्ने कुरा नरोकिए कानुन बनाएरै भएपनि कारबाही गरिने नगरप्रमुखले बताए।

 

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीले हालसम्म १६५ को मृत्यु, ८२६ जना सम्पर्कविहीन

    भदौ १० गते तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीसहित त्रिशूली नदीमा आएको...

भोटेकोशी बाढीपीडितका लागि बुढानीलकण्ठका कर्मचारीले १५ लाख ७२ हजार आर्थिक सहयोग गर्ने

     रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो...

रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्क विहीन

    रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी सम्पर्क विहीन भएका...

गोसाइकुण्ड दर्शन गर्न गएका ३४ यात्रु सम्पर्कविहीन

    गोरखाको पालुङटारबाट तीर्थयात्री बोकेर रसुवाको गोसाइकुण्ड गएको बस सम्पर्कविहीन भएको छ...