आफ्नै विद्यार्थीलाई अश्लिल सामग्री पठाएको आरोपमा नार्कका डाक्टर पक्राउ



हाम्रो इकोनोमि

 

आफ्नै विद्यार्थीलाई फेसबुकबाट अश्लिल सामग्री पठाएको आरोपमा ललितपुरको खुमलटारस्थित नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का एक वरिष्ठ भेटेरिनरी डाक्टर पक्राउ परेका छन् ।

आफ्नो गोप्य अङ्गको भिडियो तथा फोटो बनाएर एक छात्रालाई पठाएको आरोपमा प्रहरीले ५५ वर्षीय डा. मेघराज तिवारीलाई पक्राउ गरेको हो । डा. तिवारी नार्कमा पशु आहार महाशाखामा मुख्य वैज्ञानिकका रूपमा कार्यरत छन् ।

काठमाडौंको कलंकीस्थित हिमालयन कलेज अफ एग्रिकल्चर, साइन्स एन्ड टेक्नोलोजी (हिकास्ट) का शिक्षक रहेका तिवारीले आफ्नै छात्रालाई यौन दुव्र्यवहार गरेको तथा अश्लिल सामग्री पठाएर मानसिक यातना दिएको आरोप लागेको छ ।

छात्राको उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । डा. तिवारीलाई ७ दिनको म्याद थप गराएर महानगरीय प्रहरी परिसर काठमाडौंले अनुसन्धान थालेको छ । महाशाखाका प्रवक्ता एसपी नरेन्द्र उप्रेतीले उजुरीमाथि अनुसन्धान भइरहेको बताए ।

डा. तिवारीबाट पीडित भनिएकी युवती विक्षिप्त अवस्थामा रहेको प्रहरीले जानकारी दिएको छ । कलेज पढ्न छाडेर गृह जिल्ला मोरङ पुगेकी उनी बाहिरी मान्छे देख्ने बित्तिकै डराउने र मानसिक रूपमा बिरामी देखिएकाले उनको उपचार भइरहेको प्रहरीको भनाइ छ ।

युवतीले आफूलाई डा. तिवारीले यौन दुव्र्यवहार समेत गरेको दाबी गरे पनि जाहेरी भने विद्युतीय कारोबार ऐनअन्तर्गत मात्र परेको छ । तिवारीले मदिरा सेवन गरेका बेला एक पटक आफूले छात्रालाई अश्लिल म्यासेज पठाएको स्वीकार गरेको प्रहरीले जनाएको छ । तर, यौन दुर्व्यवहार गरेको आरोप भने अस्वीकार गरेका छन् ।

घटनामा छात्राको पनि बदनियत देखिएको प्रहरीले जनाएको छ । डा. तिवारीले अश्लिल फोटो र भिडियो पठाउनुअघि छात्राले पटक–पटक डा. तिवारीलाई अश्लिल सामग्री पठाउने गरेको अनुसन्धानमा पाइएको छ ।

‘पहिले छात्राले नै तिवारीलाई पटक–पटक आफ्ना गोप्य अङ्गको फोटो र भिडियो पठाएको पाइएको छ,’ प्रहरी स्रोतले भन्यो, ‘त्यसपछि तिवारीले पनि अश्लिल सामग्री पठाएपछि त्यसलाई आधार बनाएर युवतीले उजुरी दिएको अनुसन्धानमा देखिएको छ ।’

प्रतिक्रिया दिनुहोस
गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर अखिलको प्रदर्शन, ६ विद्यार्थी नेता पक्राउ

    सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रिएका नेकपा एमाले निकट विद्यार्थी...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...