प्रहरी महानिरीक्षक खनालले भने कमाण्ड गर्न सक्दैनौं भने छोडेर जाऊ



हाम्रो इकोनोमि

 

 

पछिल्लो समय छवि धमिलिँदै गएपछि नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले कडा निर्देशन दिएका छन्। खनालले प्रहरी संगठनको नेतृत्व लिएयताका कञ्चनपुर प्रकरणदेखि भक्तपुर इन्काउन्टरसम्म नै प्रहरी नराम्ररी वद्नाम भएको छ। गत शनिवार घुससहित एकैसाथ नौ प्रहरी अख्तियारले पक्राउ परेपछि वद्नानम हुँदै गएको संगठनको छविमा अरु दाग लाग्यो।

आइतबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले काठमाडौँ भित्रका प्रहरीहरूलाई बिफ्रिङ गर्दै कडा कदम चाल्ने संकेत गरे। भृकुटीमण्डवस्थिति पुलिस क्लबमा महानिरीक्षक खनालले करिब १ घण्टा निर्देशन दिएका थिए। पछिल्ला समय केही प्रहरीका कारण सङ्गठनमा असर परेकाले सबैलाई इमान्दार भएर काम गर्न उनले निर्देशन दिएका हुन्। महानिरीक्षक खनालले आर्थिक प्रलोभनमा परेर काम गरे नछाड्ने बताए।

महानिरीक्षक खनालले आफ्ना मातहतका प्रहरीलाई समेत नियन्त्रण गर्न कमान्डरलाई निर्देशन दिएका हुन्। आफ्ना मातहतका प्रहरीलाई नियन्त्रण गर्न नसक्ने प्रहरीले कमाण्ड छोडेर जाँदा हुने उनले बताए। बिफ्रिङमा सहभागी एक प्रहरी अधिकृतले भने, ‘आफ्ना प्रहरीलाई कमान्ड गर्न सक्नुहुँदैन भने कमान्डा नै छोडेर जाँदा हुन्छ भन्नुभयो।’

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...