फेरि ह्वातै बढ्यो सुनको भाउ



हाम्रो इकोनोमि

 

नेपाली चाड दशैं नजिकिंदै छ । दशैंमा सुनको गहना लगाउने धेरैको धोको हुन सक्छ । तर, सुनको बढ्दो भाउका कारण धेरैलाई सकस सिर्जना गरेको छ ।

हिजो सामान्य तल झरेको सुनको बजार भाउ आज (सोमबार) फेरि उक्लिएको छ । आज सुनको मूल्य तोलामा ४ सय रुपैंयाले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजछापावाला सुन प्रतितोला ५८ हजार रुपैयाँमा किनबेच भइरहेको छ ।

तेजावी सुन प्रतितोला ५७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले वृद्धि भई ७१५ रुपैंयामा किनबेच भइरहेको महासंघले जनाएको छ । बजारमा माग अनुसारको सुन आपूर्ति नहुँदा सुनको भाउ बढेको जानकार बताउँछन् ।

नेपालमा दैनिक ३५–देखि ४० किलोसम्म सुन खपतको अवस्था भए पनि अहिले माग अनुसार सुन आपूर्ति नहुँदा बजारमा सुनको अभाव छ । सुनचाँदी व्यवसायीहरुले सुनको कोटा बढाउन सरकारसँग माग गर्दै आएका छन् । सरकारले सुन तस्करीमा कढाइ गरेका कारण पनि अवैध रुपमा भित्रिने सुन नेपाल भित्रिन सकेको छैन ।

अवैध रुपमा भित्रिने सुनले समेत बजारको मागलाई पूर्ति गर्ने गरेको परिपेक्ष्यमा त्यो बाटो बन्द भएपछि बजारमा सुन अभाव देखिएको जानकार बताउँछन् । अहिले सुन अभाव भएपछि कतिपय सुन चाँदी व्यवसायीको कारोबार नै बन्द जस्तै बनेको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...