११ डीआईजीका लागि २९ एसएसपीबीच टक्कर , १५ एसएसपीका लागि ३० भन्दा बढी एसपी दावेदार, क- कसले मार्ला बाजी



 

 

सरकारले नेपाल प्रहरीमा रिक्त ११ प्रहरी नायव महानिरीक्षक (डीआईजी) र १५ जना प्रहरीबरिष्ठ उपीक्षक (एसएसपी) पदमा बढुवाको गृहकार्य अघि बढाएको छ ।

 

गत साता रिक्त तीन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को बढुवा सिफारिश भएलगत्तै गृह मन्त्रालयले डिआइजी  र एसएसपीमा बढुवाको गृहकार्य अघि बढाएको हो ।

 

गतसाता डीआईजी पुष्कर कार्की, ठूले राई र धीरु बस्न्यात एआईजीमा बढुवा लागि सिफारिश भएका थिए । बढुवा समितिले यसै साता रिक्त ११ जना डीआईजीको पनि पदपूर्ति गर्न प्रक्रिया अघि बढाएको जनाएको छ ।

 

एसएसपीको बरियता अनुसार पूर्णचन्द्र जोशी, विकास श्रेष्ठ, विनोद शर्मा घिमिरे, ठाकुरप्रसाद ज्ञवाली, तारिणीप्रसाद लम्साल, हरिभक्त प्रजापति, सूर्यप्रसाद उपाध्याय डीआईजी बढुवाको अग्रपंक्तिमा रहेका छन । जोशी, श्रेष्ठ, घिमिरे र प्रजापति आईजीपी सर्वेन्द्र खनालका ब्याची हुन् ।

 

उनीहरु खनालसँगै २०४६ माघ २९ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थिए । त्यस्तै ज्ञवाली, लम्साल र उपाध्याय सोही ब्याचका वैकल्पिक समूहका अधिकृत हुन् । उनीहरुले २०४७ असार २५ गते नेपाल प्रहरीमा नियुक्ति पाएका थिए ।

डिआइजी बढुवाका लागि एसएसपीहरु शैलेश थापा क्षत्री, प्रद्युम्नकुमार कार्की, निरजबहादुर शाही, हरिबहादुर पाल, गणेशबहादुर ऐर, बसन्तकुमार पन्त, प्रकाशजंग कार्की, घनश्याम अर्याल, ईश्वरबाबु कार्की, वीरेन्द्र श्रेष्ठ, पुरुषोत्तम कँडेल, डा देवबहादुर बोहरा, दिलीपकुमार चौधरी र राजेशकुमार लाल कर्ण पनि कडा दाबेदार हुन् ।

श्रेष्ठबाहेक अन्य सबै जना २०४९ वैशाख १९ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थिए भने श्रेष्ठ २०४७ असार २५ मा सेवा प्रवेश गरेका हुन् । उनीहरु सबै जना २०७४ साउन ३२ मा एसएसपीमा बढुवा भएका थिए ।

यद्यपि उक्त ब्याचबाट शैलेश थापा क्षत्री, प्रद्युम्नकुमार कार्की, निरजबहादुर शाही, हरिबहादुर पाल, गणेशबहादुर ऐर, बसन्तकुमार पन्त, प्रकाशजंग कार्की, घनश्याम अर्याल र ईश्वरबाबु कार्कीबीच चर्को प्रतिस्पर्धा देखिन्छ ।

त्यस्तै, एसएसपीहरु धीरजप्रताप सिंह, उत्तमराज सुवेदी, वसन्तकुमार लामा, रवीन्द्रबहादुर धानुक, विश्वराज पोखरेल, सौरभ राणा, रामकृपाल साह र उमेश रञ्जितकार डीआईजी बढुवाको प्रतिस्पर्धामा छन् ।

यसपटकको बढुवामा चारओटा ब्याचका अधिकृतहरुबीच प्रतिस्पर्धा देखिएको र रिक्त पद कम भएकाले सबै ब्याच मिसाउन नहुने आईजीपी खनालको चाहना रहेको उच्च स्रोतको दाबी छ ।

डीआईजी बढुवापश्चात् रिक्त हुने एसएसपी पदमा ३० भन्दा बढी एसपीहरुबीच प्रतिस्पर्धा हुने देखिएको छ । एसपीहरु सन्दीप भण्डारी, वसन्तबहादुर कुँवर, रामदत्त जोशी, श्यामलाल ज्ञवाली, डा गणेश रेग्मी, किरण बज्राचार्य, बुद्धिराज गुरुङ, मीरा चौधरी थारू, राजेशनाथ बास्तोला, विष्णुकुमार केसी, दीपक थापा, पोषराज पोखरेल, भरतबहादुर बोहरा दावेदार छन ।

यसैगरी टेकप्रसाद राई, रवीन्द्र केसी, नवराज भट्ट, उमेशराज जोशी, भीमप्रसाद ढकाल, दुर्गा सिंह, अशोक सिंह, हृदय थापा, नरेन्द्र प्रसाद उप्रेती, कुबेर कडायत, केदार ढकाल, राजेन्द्र विष्ट, सुदीप गिरी, टेकबहादुर तामाङ, जनक भट्टराई, कृष्णकुमार महत, लालमणि आचार्य, गोविन्दकुमार शाह, किरण राणा पनि कडा दावेदार देखिएका छन ।

 

यस्तै अर्जुनचन्द ठकुरी, जनकराज पाण्डे, मुकेशकुमार सिंह, सुरेन्द्र मैनाली लगायतबीच प्रतिस्पर्धा देखिन्छ ।

तत्कालीन आईजीपी उपेन्द्रकान्त अर्यालले डीएसपीबाट एसपी बढुवामा व्यावसायिक अधिकृतलाई पाखा लगाई आफू निकटका लागि बढुवा गरेकाले यो पटकको बढुवामा ठूलो फेरबदल हुने प्रहरी मुख्यालय स्रोतको भनाई छ ।

त्यसो त एसपीको बढुवाको पहिलो नम्बरमा वीरेन्द्रकुमार बस्याल छन्, तर टीकापुर काण्डमा कारबाहीस्वरुप चार वर्ष बढुवा रोक्का भएकाले उनको यसपटक पनि बढुवा हुने सम्भावना छैन ।

 

उनका सबै ब्याचमेटहरु अहिले एसएसपी छन्, उनी यसअघि पनि सोहीकारण बढुवा हुनबाट छुटेका थिए ।

 

तत्कालीन आईजीपी अर्यालले अन्यायपूर्ण तरिकाले बढुवा हुन छुटाएका दीपक थापा र अशोक सिंह बढुवाको प्रवल दावेदार हुन । थापा र सिंहलाई जानाजानी बढुवामा छुटाइएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्