नेकपा अध्यक्ष प्रचण्ड चिन प्रस्थान, सबै कार्यक्रम गोप्य



 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उत्तरी छिमेकी राष्ट्र चीन प्रस्थान गर्नुभएको छ । चिनिया कम्युनिष्ट पार्टीको निमन्त्रणमा त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

दुई पार्टीको सम्बन्ध र दुई देशबीच भएको सहमति तथा शमझदारी कार्यान्वयनको वातावरण बनाउनु भ्रमणको उद्देश्य भएको उहाले जानकारी दिनुभयो ।

 

चीन प्रस्थान गर्नुअघि शनिबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाले भन्नुभयो, ‘कम्युनिष्ट पार्टीको निमन्त्रणमा जान लागेका पार्टी टु पार्टी सम्बन्ध नै भ्रमणको मुख्य विषय हुने बाला छ ।

 

’ फरक प्रसंगमा उहाले दशैअघि पार्टी एकता टुंगोमा पुग्ने जानकारी समेत दिनुभयो । उहाले आफु चिनबाट फकिए लगत्तै एकताका लागि पार्टीको बैठक बस्ने जानकारी दिदै दशैअघि सबै प्रदेश, जिल्ला र जनवर्गिय संगठनविच एकता भईसक्ने जानकारी दिनुभयो ।

 

‘यो विषयमा सकरात्मक रुपमा कुरा अगाडी बढिरहेको छ, म आउने वित्तिकै पार्टीको बैठक बस्छ,’ उहाले अगाडी भन्नुभयो,‘सम्पूर्ण काम टुगिनलाई दशै अगाडी टुगिंन्छ ।’  प्रचण्ड केही दिनअघि मात्र भारतको चार दिने भ्रमण सकेर फर्कनु भएको थियो ।

 यी हुन सुर्ती-चुरोट छुटाउने १० उपाय

 

चुरोट, बिँडी, सिगार, तमाखु, कक्कड, सुल्पाजस्ता धुँवा तान्ने तथा सुर्ती, जर्दा, पान, नस, गुट्खा जस्ता धुँवारहित रुपमा सेवन गर्ने सुर्तीजन्य पदार्थमा लत लगाउने रसायन निकोटिन हुन्छ।

यसले क्षणिक रुपमा जाँगर जगाइराख्ने, मन स्थिर राख्ने, रिस घटाउने, तौल घटाउनेजस्ता केही भ्रामक असरहरु देखाउँछ। स्नायुकोष र विविध अवयवमा असर पारेर सेवनसँगै चाँडै यसले बढी मात्राको सेवन गर्नुपर्ने, तलतल लाग्ने, सेवन छोड्दा छटपटी हुने र थप सेवन गर्न वाध्य पार्ने जस्ता दुर्व्यसनका लक्षण पैदा गर्छ।

 

 

निकोटिनका साथमा यी पदार्थमा अरु सयौँ हानीकारक रसायनहरु (जस्तैः टार, एमोनिया, आर्सेनिक, कार्बनमोनोअक्साइड आदि) हुन्छन्। ३० प्रतिशतभन्दा बढी क्यान्सर यसमा हुने ‘बेन्जोपाइरिन’जस्ता क्यान्सर कारक रसायनले हुने देखिएकोछ। फोक्सो, मुख, पेट, घाँटी, पिसावथैली, मिर्गौला, कलेजो, प्यांक्रियाज र अरु धेरैखालका क्यान्सर सुर्तीजन्य पदार्थको सेवनका कारण हुन्छ।

 

निमोनिया, ब्रोन्काइटिस, दम र श्वासप्रश्वासका रोगहरुस मुटु र रक्तनलीका रोगहरुस नशा रोगहरु र अरु धेरै स्वास्थ्य समस्या निम्त्याएर यसले आयु घटाउँछ। क्षयरोग, पाठेघरको क्यान्सर, मोतीविन्दु जस्ता धेरै स्वास्थ्य समस्यासँग सुर्तीजन्य पदार्थको सम्बन्ध देखिएको छ।

 

महिलाले गर्ने सुर्तीजन्य पदार्थको सेवनले शिशुको तौल कम हुने, मानसिक र शारिरीक विकासमा असर पर्ने तथा अरुको सेवनले परिवारजनलाई पनि गम्भीर असर पर्ने देखिएको छ।

 

उदासिन, छटपटी, पागलपन, मद्यपान र अन्य नशालु पदार्थको दुर्व्यसनसहित मानसिक समस्याहरुसँग पनि यसको सम्बन्ध गाँसिएको छ। छटपटी, पीडा वा तनाव घटाउन चुरोट पिउनाले पछि छाड्न नसक्ने र छटपटी अरु बढ्ने गर्छ।

 

धेरै मानिसमा अरु नशाको लत सुर्तीजन्य पदार्थको सेवनबाट सुरु हुन्छ। विश्वमा करिब एक अर्ब मानिस सुर्ती–चुरोटको सेवन गर्छन् र यसकै कारण प्रतिवर्ष ६० लाख मानिसको मृत्यु हुन्छ।

 

यसको गम्भीर र व्यापक प्रयोगका कारण हुने विविध स्वास्थ्य समस्या, बिकलांग र मृत्युबाट पर्ने आर्थिक हानी र व्यय आदिको यथार्थपरक विश्लेषणबाट यो मानव जातिको सबैभन्दा खतरनाक स्वास्थ्यनासक र विकासको बाधक भएको पुष्टि हुन्छ। सन् २०१७, मे ३१ को ‘विश्व धूमपान रहित दिवस’ले यही सन्देस दिएको छ।

 

व्यक्ति, परिवार, समाज सबै सुसूचित र सचेत भएर यो समस्या रोकथाम गर्ने, उपचार गर्ने र यसका असर कम गर्नेतिर लाग्न जरुरी छ। यसको प्रयोग र समस्या हुन नदिन जनचेतना जगाउनुपर्छ।

 

कर बढाउने, विज्ञापनमा रोक लगाउने, निश्चित ठाउँमा मात्र बिक्री–वितरण र धूमपान गर्ने कानुन लागू गर्नुपर्छ। सुर्तीजन्य पदार्थकोसेवन गर्दै नगर्ने, गर्नेहरुको संगतबाट विशेषतः बच्चालाई टाढा राख्ने, बालबालिकाको अगाडि अभिभावकले सेवन नगर्ने, उनीहरुलाई सुर्तीजन्य पदार्थको बिक्रि–वितरण नगर्ने र सल्काउन पनि नलगाउने।

 

सुर्तीको सट्टा अरु खेती गर्न प्रोत्साहन गर्ने। यसका बेफाइदाबारे जानकारी र चित्र बट्टा वा र्यापर्समा प्रभावकारी रुपमा राख्ने, यसको उत्पादन र प्रयोगलाई सामाजिक र कानुनी रुपमै निरुत्साहित पार्ने जस्ता अभियान जरुरत छ।

 

 

सरकारले रोकथामका प्रभावकारी उपायहरु कार्यान्वयनमा ल्याउनुका साथै यसबाट सिर्जित समस्या व्यवस्थापन, उपचार सेवामा पनि ध्यान दिनुपर्छ। यसको प्रयोग र समस्या व्यापक भएकाले उपचार–व्यवस्थापन अर्को महत्वपूर्ण पक्ष हो।

 

निकोटिनको दुर्व्यसनजन्य र अरु भ्रामक असर, सेवनकर्तामा रहेका मनोसामाजिक र जैविक जोखिम र यसको उपलव्धता, सामाजिक स्वीकृति आदि कारणलाई ध्यानमा राखी यो समस्याको निदान, विश्लेषण र उपचार खोजिनुपर्छ।

 

सुर्तीजन्य पदार्थको सेवनलाई बढावा दिनमा यस्ता कारक तत्वहरु यति सबल हुन्छन् कि त्यसलाई तोड्न धेरैलाई गाह्रो पर्छ। यिनै तत्वहरु ध्यानमा राखेर हरेक व्यक्तिको समस्याको प्रकृति, गम्भीरता र जटिलता तय हुन्छ। त्यसकै आधारमा सुहाउँदो उपचार पद्धति अबलम्बन गर्दा फलदायी हुनेगर्छ। यहाँ, निकोटिनको लत छुटाउन सहयोगी हुने केही उपायहरु सुझाइएको छ।

 

१. जानकारीः अम्मलीहरुले सबभन्दा पहिले यसबाट के–कस्ता असर हुन्छन्, यसको लत छुटाउने विधिहरु के–कस्ता छन् भन्नेबारेमा जानकारी लिनुपर्छ। भरपर्दा लेख, पुस्तक, साइटहरुको अध्ययन गर्न-गराउन र जानकारको सहायता लिन सकिन्छ।

 

 

२. उत्साहः नकारात्मक असर बुझ्दाबुझ्दै पनि धेरै मानिस सुर्तीजन्य पदार्थको सेवन गरिरहेका हुन्छन्। यो अम्मल छाड्ने कुरामा व्यक्ति, परिवारजन, साथीभाई, सहकर्मी, चिकित्सक सबैले महत्वका साथ उत्साह जगाउनुपर्ने हुन्छ।

 

प्रायः मानिसले लत छुटाउन पहिले पनि कोसिस गरिसकेका हुन्छन्, तर पनि हरेक पल्ट नयाँ तरिका, उत्साह, उमङ्ग र जोसका साथ यो प्रयासमा लागिरहन जरुरी हुन्छ। जुनसुकै बहाना, कारण र परिस्थितिमा यसको सेवन छाड्ने कोसिस हुनु र छाड्नुलाई सकारात्मक रुपमा लिन सकिन्छ।

 

३. साथ–सहयोग: यसमा परिवार, साथीभाइ, सहकर्मी सबैले आवश्यक जानकारी, सरसल्लाह र अरु सहयोग जुटाउनुपर्छ।

 

४. सेवन छाड्ने मितिः विशेष अवसर, पवित्र दिवस पारेर सार्वजनिक बनाएर शुभचिन्तकहरुलाई खुशीका साथ आफ्नो योजना भन्ने गर्दा फाइदा हुन्छ। क्रमशः यसको सेवन, मात्रा कम गर्दै लगेर निश्चित दिनमा तयारीका साथ छोड्ने वा एक्कासी चट्टै छाड्ने हो जसरी अनुकूल हुन्छ गर्न सकिन्छ।

 

५. निगरानी र फलोअपः सुरुका दिनमा फेरि सेवन हुने डर भएकाले आफन्त र संलग्न चिकित्सकले बेलाबेला फलोअप गर्नुरगराउनु राम्रो हुन्छ। यस्तो फलोअपमा व्यक्तिको अम्मल छाड्ने उत्साह, उमङ्ग र साहस अभिवृद्धि हुने खालका कुराकानी र परामर्श दिनुपर्छ।

 

 

६. चिकित्सा सेवाः कारक तत्वहरुको पहिचान गरी उपयुक्त विधिको चयन गर्न, यसबारे रहेका खुल्दुली मेट्न र पुनः प्रयोग गरिने उच्च खतराका स्थितिहरु चिनेर अपनाउन सकिने उपायबारे जानकारी लिन दक्ष चिकित्सकको सल्लाह उपयोगी हुनेगर्छ। अरु शारिरीक वा मानसिक समस्याहरु पनि छन् भने उपचार गर्न जरुरी हुन्छ। यसले निकोटिनको अम्मल छाड्न पनि सहायता पुग्छ।

 

 

७. व्यावहारिक तरिकाहरुः यस्ता पदार्थ खल्तीमा बोकेर हिँड्न, सजिलै पाउनेगरी आँखा अगाडि राख्न छाड्नुपर्छ। बिहान उठ्नासाथ, खाना खानासाथ वा प्रायः तलतल लाग्ने अरु समयमा अन्य कुरामा मन भुलाउने उपाय खोज्नुपर्छ। शारिरीक व्यायाम, खेलकुद, प्रार्थना, योग, ‘जगङि’ आदि गर्न सकिन्छ। प्रसस्त झोल कुरा, सागसब्जी, मनपर्ने र पोषक खानाको सेवन पनि आवश्यक हुन्छ।

 

यौटा अम्मल छाड्न अर्को नशाको सहारा लिनु श्रेयस्कर हुँदैन । हुँदै भएन भने, आरामले होइन चाँड्चाँडो चुरोटको सर्को तानेर सिध्याउनुपर्छ ताकि मजा होइन वाक्वाकी र नरमाइलो लागोस्। यसको सेवनतिर धकेल्ने परिस्थितिहरु (जस्तैः साथीभाई, जमघट, नियमित सेवन गर्ने स्थान आदि) बाट बच्ने उपाय अपनाउनुपर्छ। यस्तो बेला अम्मल त्याग्ने आफ्नो दृढ इच्छा शक्ति र प्रणलाई बलियो बनाइराख्नुपर्छ।

 

८. मनोसामाजिक पहुँचः विभिन्न मनोवैज्ञानिक विधिहरुमा यस्ता अम्मलदेखि टाढिन, खतराजन्य परिस्थितिहरु सामना गर्न र मनमा सकारात्मक विचार बनाइराख्न सघाइन्छ।

 

९. औषधि–उपचारः निकोटिनका विविध औषधिहरु (गम, लोजेङ, प्याच, स्प्रे, इन्हेलर) पाइन्छन्। निश्चित अवधिका लागि यिनको प्रयोग गर्दा यो अम्मल छाड्न सरल र सफल हुने देखिन्छ। शरीरमा निकोटिन विस्थापन गर्ने यी औषधिबाहेक यसको तलतल र यसको प्रयोग छाड्दा हुने छटपटी आदिमा फाइदा हुने अरु औषधिहरु पनि उपलब्ध छन्।

 

१०. वैकल्पिक उपचारः ई-सिगरेट, जडिबुटी, अकुपञ्चर, लेजर, सम्मोहनजस्ता विविध वैकल्पिक विधिहरुको प्रभावकारिताबारे अध्ययन जारी छ। विविध उपचार प्याकेज र विधिहरु पनि प्रचलनमा आएकाछन्।

(डा. शाक्य वरिष्ठ स्नायु, दुर्व्यसन तथा मनोरोग विशेषज्ञ हुनुहुन्छ)

प्रतिक्रिया दिनुहोस
फाइनल खेल हेर्न प्रधानमन्त्री ओली रंगशाला जाने

    प्रधानमन्त्री केपी शर्मा ओली आज हुने साफ महिला च्याम्पियनसिपको फाइनल खेल

चितवन रविको स्टन्टबाजीको शिकार भयो : महासचिव पोखरेल

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले पटक पटक नेपालको लोकतान्त्रिक परिवर्तनको अगुवाइ

रास्वपा हावादारी हो, उसको कुनै योजना छैन : राजेन्द्र लिङदेन

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आगामी उपनिर्वाचनमा आम

अराजक क्रियाकलापलाई मौलाउन दिन्नँ : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न नाममा नेपाली मनलाई विभाजित गर्ने र