सरकारी चिकित्सकले स्वास्थ्य मन्त्रालय गरे घेराउ, सरकारलार्इ दिए यस्तो कडा चेतावनी



 

सरकारी चिकित्सकहरुले वीर अस्पतालको उपकुलपति छनौट प्रक्रियालार्इ लिएर सरकारलार्इ सचेत गराएका छन्।

 

सरकारी चिकित्सक संघ, नेपालले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको उपकूलपति छनौंट प्रक्रियामा सरकारले चालेको कदमबारे सूइको लागेपछि असहमति जनाउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ गरेको छ ।

 

साथै स्वास्थ्य सेवामा कार्यरत चिकित्सक बाहेकका चिकित्सकलाई प्रतिष्ठानको उपकूलपति बनाउन खोजिएको भन्दै संघले शुक्रबार स्वास्थ्य मन्त्रालय घेराउ गर्दै सरकारलार्इ सचेत गराएको हो।

 

स्वास्थ्य सेवामै लागि रहेकाहरुलाई उपकूलपति नियुक्त नगर्ने गरी सरकारले छनौट प्रक्रिया अघि बढाएपछि त्यसको विरोध गर्नु परेको संघका अध्यक्ष डा। दिपेन्द्र पाण्डेले बताए।

 

उनका अनुसार स्वास्थ्य सेवामा कामै नगरेका र नजिकबाट अनुभव संकलन नगरेका चिकित्सकलाई उपकूलपतिमा सिफारिस गर्नको लागि सरकारले आन्तरिक रुपमा कदम चालेको प्रति विरोध जनाइएको हो।उनले स्वास्थ्य सेवामा कार्यरत चिकित्सक बाहेकका चिकित्सकलाई उपकूलपतिमा सिफारिस गरिए न्यायोचित नहुने बताए।

 

संघले स्वास्थ्य सेवाका बहालवाला चिकित्सकलाई नै उपलकूलपति नियुक्ती गर्न माग गर्दै उपप्रधानमन्त्री एवम् स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई गत आईतबारनै ज्ञापनपत्र बुझाई सकेको छ ।

 

मुलुकको एकमात्रै पूरानो सरकारी अस्पताल वीर अस्पतालमा उपकूलपति नियुक्ति गर्ने विषयलाई हल्का रुपमा नलिन पनि संघले सरकारलाई चेतावनी दिँदै आएको छ ।

 

स्वास्थ्य सेवामा कार्यरत चिकित्सकलाई मात्रै उपकूलपति बनाउन गरिएको आग्रह बेवास्ता गरे सरकारविरुद्ध कडा कदम चाल्न बाध्य हुने संघको चेतावनी छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्