सरकारी चिकित्सकले स्वास्थ्य मन्त्रालय गरे घेराउ, सरकारलार्इ दिए यस्तो कडा चेतावनी



हाम्रो इकोनोमि

 

सरकारी चिकित्सकहरुले वीर अस्पतालको उपकुलपति छनौट प्रक्रियालार्इ लिएर सरकारलार्इ सचेत गराएका छन्।

 

सरकारी चिकित्सक संघ, नेपालले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको उपकूलपति छनौंट प्रक्रियामा सरकारले चालेको कदमबारे सूइको लागेपछि असहमति जनाउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ गरेको छ ।

 

साथै स्वास्थ्य सेवामा कार्यरत चिकित्सक बाहेकका चिकित्सकलाई प्रतिष्ठानको उपकूलपति बनाउन खोजिएको भन्दै संघले शुक्रबार स्वास्थ्य मन्त्रालय घेराउ गर्दै सरकारलार्इ सचेत गराएको हो।

 

स्वास्थ्य सेवामै लागि रहेकाहरुलाई उपकूलपति नियुक्त नगर्ने गरी सरकारले छनौट प्रक्रिया अघि बढाएपछि त्यसको विरोध गर्नु परेको संघका अध्यक्ष डा। दिपेन्द्र पाण्डेले बताए।

 

उनका अनुसार स्वास्थ्य सेवामा कामै नगरेका र नजिकबाट अनुभव संकलन नगरेका चिकित्सकलाई उपकूलपतिमा सिफारिस गर्नको लागि सरकारले आन्तरिक रुपमा कदम चालेको प्रति विरोध जनाइएको हो।उनले स्वास्थ्य सेवामा कार्यरत चिकित्सक बाहेकका चिकित्सकलाई उपकूलपतिमा सिफारिस गरिए न्यायोचित नहुने बताए।

 

संघले स्वास्थ्य सेवाका बहालवाला चिकित्सकलाई नै उपलकूलपति नियुक्ती गर्न माग गर्दै उपप्रधानमन्त्री एवम् स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई गत आईतबारनै ज्ञापनपत्र बुझाई सकेको छ ।

 

मुलुकको एकमात्रै पूरानो सरकारी अस्पताल वीर अस्पतालमा उपकूलपति नियुक्ति गर्ने विषयलाई हल्का रुपमा नलिन पनि संघले सरकारलाई चेतावनी दिँदै आएको छ ।

 

स्वास्थ्य सेवामा कार्यरत चिकित्सकलाई मात्रै उपकूलपति बनाउन गरिएको आग्रह बेवास्ता गरे सरकारविरुद्ध कडा कदम चाल्न बाध्य हुने संघको चेतावनी छ ।

प्रतिक्रिया दिनुहोस
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

    राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेका छन् । यसअघि...

विद्यार्थी संघ–संगठन खारेज गर्ने निर्णयविरुद्ध कारण देखाऊ आदेश

  शैक्षिक संस्थाबाट विद्यार्थी संघरसंगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर भएको...

स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक जोशी पक्राउ

     स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशी पक्राउ परेका छन् ।नेपाल...

नबिल बैंकको केन्द्रीय कार्यालयमा नर्सिङ रुमको सुरुवात

    नबिल बैंक लिमिटेडले तीनधारास्थित केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात गरेको...