अाेलीले प्रचण्ड पुत्री रेणुलार्इ दिए यस्ताे दनक, धुर्मुस-सुन्तलीकाे याेजना यसरी भयाे चकनाचुर!



 

अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउन लागिपरेका धुर्मुस-सुन्तली फाउन्डेसनलाई कृषि तथा वनविज्ञान विश्वविद्यालयको सिनेट बैठकले जग्गा नदिने निर्णय गरेको छ ।  विश्वविद्यालयको सातौं सिनेट बैठकले अन्तर्राष्ट्रिय क्रिकेट मैदानका लागि उक्त दिने भनिएको जग्गा उपलब्ध नगराउने निर्णय गरेको हाे।

 

यसअघि भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालको पहलमा धुर्मुस सुन्तली फाउन्डेसनलाई अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि जग्गा उपलब्ध गराउने निर्णय भएको थियो।

मुसहर बस्ती बनाएपछि चर्चामा अाएका धुर्मुस-सुन्तली फाउन्डेसनलाई अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालको पहलमा २० बिघा जग्गा उपलब्ध गराउने निर्णय भएको थियो ।

 

मेयर रेणु दाहालको पहलमा रामपुरमा विश्वविद्यालयसँग क्रिकेट रंगशालाका निर्माणका लागि चाहिने जग्गा लिने कुरा भएको थियो ।  रंगशाला निर्माणमा फाउन्डेसनलाई विदेशी दाताले पनि लगानी गर्न इच्छा व्यक्त गरेको भन्दै छिटो काम गर्न ताकेता भइरहेको थियो।

 

तर विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा अाेलीले हाल जग्गा कृषि विश्वविद्यालयकाे स्वामित्वमा नरहेकाे जनाउँदै र‌ंगशाला निमार्णका लागि उपलब्ध गराउन नसकिने स्पष्ट पारेका छन्।

 

सिनेट बैठकले विश्वविद्यालयलाई नै जग्गा अपुग भएको जनाउँदै  क्रिकेट मैदान बनाउन जग्गा दिन नसकिने निर्णय गरेको हो। क्रिकेट मैदानका लागि उपलब्ध गराउने भनिएको जग्गा त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको छ।

 

विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्रीले क्रिकेट मैदानका लागि नापजाँच समेत गरिएको जग्गा कृषि विश्वविद्यालयको नाममा नरहेको बताए ।

 

झन्डै ३ अर्बको लगानीमा बन्ने भनिएकाे अन्तर्राष्ट्रियस्तरको रंगशालाका लागि २५० मिटर चौडाइ र ५५० मिटर लम्बाइ भएको एउटै जग्गा आवश्यक पर्ने बताइएको थियो।

 

महानगरका अन्य क्षेत्रमा रहेको सार्वजनिक जग्गा आवश्यक लम्बार्इ चौडार्इ मिल्ने गरी नपाइपछि विश्वविद्यालयको जग्गामा रंगशाला निर्माण गर्ने बताइएको थियो।नेपालपानाबाट

सिर्दिबास घट्टेखोलामा आएको बाढीले छ घर बगायो

गोरखाको उत्तरी क्षेत्र चुमनुव्री गाउँपालिका–३ सिर्दिबासको घट्टेखोलामा आएको बाढीले ६ घर बगाएको छ ।

केही दिनदेखि परेको अबिरल वर्षापछि शुक्रबार राति ९ बजेतिर पहिरोले घट्टेखोला थुनिदा बस्तीमा बाढी पसेको चुमनुव्री गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले जानकारी दिनुभयो ।

 

लगातारको वर्षाले बढेको खोला थुनिएपछि पानी एक्कासी नागचेततर्फ बग्यो, गाउँपालिका अध्यक्ष गुरुङले भन्नुभयो, “बाढी बस्तीमा पसेपछि नागचेतमा व्यापार व्यवसाय गर्दै आएका मानिसको घर बगायो ।

 

” शुक्रबार दिउँसोदेखि नै घट्टेखोला कहिले यता कहिले उता बग्ने गरेको स्थानीयवासीले आफूलाई जानकारी दिएको भन्दै उहाँले खोला नागचेततिर फकिर्दा बस्तीमा क्षति पुगेको बताउनुभयोे । “तीन दिनदेखि लगातार पानी परेको थियो, साँझ गडगड आवाज आयो, के हो भनेर हेर्दा खोला पो रहेछ”, स्थानीय बहादुर गुरुङले भन्नुभयो ।

 

पहिरोले स्थानीय रनबहादुर गुरुङ, मैया गुरुङ, काली गुरुङ, बहादुर गुरुङ, कुमारी गुरुङ र सुरमान गुरुङको घर बगाएको गाउँपालिका अध्यक्ष गुरुङले जानकारी दिनुभयो । पहिरोले घर बगाएपछि पीडितलाई नजिकैको सुरक्षित स्थानमा राखिएको छ ।

 

यता जिल्ला प्रहरी कार्यालय गोरखाले घट्टेखोलालाई पहिरोले छेकेर बस्तीमा खोला पसेको जनाएको छ । बस्तीमा खोला पसेपछि पाँच घरमा क्षति पुगेको जानकारी आएको भन्दै अन्य १० घरपरिवारलाई पनि सुरक्षित स्थानमा सारिएको प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले जानकारी दिनुभयो ।

 

घटनाको थप विवरण प्राप्त हुन बाँकी रहेको र घटनास्थलतर्फ प्रहरी पठाइ सकिएको नेपालको भनाइ छ । एक्कासी बाढी बस्तीमा पसेपछि घरभित्रका लत्ताकपडा, खाद्यान्यलगायत कुनै पनि सामान बाहिर निकाल्न नपाएको पीडितले बताएका छन् ।

युरिया मलको अभाव

बारा जिल्लामा यस वर्ष समय–समयमा पानी परेको कारण धानबाली राम्रो भएको भए पनि समयमा युरिया मल अभाव भएको हुँदा किसान निकै चिन्तित भएका छन् । वर्षे धानखेतीमा प्रतिहेक्टर १९१ किलोको दरले एक करोड ४६ लाख ६०० किलो युरिया आवश्यकता पर्ने भए पनि सो परिपूर्ति हुनसकेको छैन ।

 

किसानको आवश्यकताअनुसारको युरिया मल परिपूर्तिका लागि पहल भइरहेको र चाँडै उपलब्ध हुने कृषि विकास कार्यालयका प्राविधिक सहायक राजवंशी चौरसियाले जानकारी दिनुभयो ।
वर्षे धानको वाली निकै राम्रो र सुधारोन्मुख रहेको जिल्ला कृषि विकास एकाइ कार्यालय कलैयाले जनाएको छ ।

 

यस वर्ष कृषकले कूल ५२ हजार ६०० हेक्टर क्षेत्रफलमा वर्षे धान भदैया, अगहनी, खेती गरेका छन् । भदैया धान १२ हजार ६०० हेक्टर, अगहनी धान ४० हजार हेक्टरमा किसानले लगाएको जिल्ला कृषि विकास एकाइ कलैयाले जानकारी दिएको छ । गत वर्ष ५२ हजार १७२ दशमलव ८ मेट्रिकटन धान उत्पादन भएको चौरसियाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
फाइनल खेल हेर्न प्रधानमन्त्री ओली रंगशाला जाने

    प्रधानमन्त्री केपी शर्मा ओली आज हुने साफ महिला च्याम्पियनसिपको फाइनल खेल

चितवन रविको स्टन्टबाजीको शिकार भयो : महासचिव पोखरेल

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले पटक पटक नेपालको लोकतान्त्रिक परिवर्तनको अगुवाइ

रास्वपा हावादारी हो, उसको कुनै योजना छैन : राजेन्द्र लिङदेन

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आगामी उपनिर्वाचनमा आम

अराजक क्रियाकलापलाई मौलाउन दिन्नँ : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न नाममा नेपाली मनलाई विभाजित गर्ने र