निर्मलालाई न्याय दिन नसकेको भन्दै सरकार बिरुद्ध भोली देशभर आन्दोलन
कंचनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि भएको हत्यामा प्रसाशनले अलमल गरिरहेको आशंकामा भोलि शनिवार देशका अधिकांश ठाउँमा ‘निर्मलाका निम्ति न्याय’ अभियानले जनता भेला एवं प्रदर्शन गर्ने भएको छ।
देशका बिभिन्न स्थानहरुमा काठमाडौंको माईतिघर मण्डल, झापाको अर्जुनधारा , काकरभिट्टामा हनुमान मन्दिर र दमकको दमक चोक, बिराटनगरको ट्राफिकचोक र बिराटचोक, धरानको भानुचोक, ईटहरीको रेयुकाई चोक, ईनरुवाको लोकतान्तरिक चोक, राजविराजको भगवती मन्दिर,काभ्रे पाँचखालको समाजकल्याण चोक, नेपालगंज, पोखराको मानवधिकार चोक, भरतपुरको चौबिसकोठी, मेलम्चीको हेलम्बु बसपार्क, गाइघाटको पिपलचोक आदी रहेका छन्।
घटना भएको ५० दिन बितिसक्दा पनि दोषीको पहिचान गर्न नसकेको प्रहरी प्रशासन र सरकारलाई खबरदारि गर्न उक्त प्रदर्शन हुन लागेको हो। समाजिक संजाल प्रयोगकर्ता र न्यायप्रेमीहरुको अग्रसरतामा हुने उक्त प्रदर्शन शनिवार दिउँसो १ बजे हुनेछ।
निर्मला पन्तका आमा-बाबु न्यायको खोजीमा देशको राजधानी आउनु परेको अवस्थामा न्याय दिन सरकार किन हिच्किचाईरहेको छ भन्ने प्रश्न जनमानसले गर्न थालेका छन्।
निर्मलाकालागि न्याय भन्दै सामाजिक संजाल र मिडियाहरु निरन्तर आवाज उठाईरहँदा पनि दोषी पत्ता लगाउन सरकार असफल हुँदै आएको छ। दोषी पत्ता लगाउनकालागि आयोगहरु बनिसके पनि दोषी पत्ता लगाउन नसक्नुले शंकाको सुई उच्चपदस्थहरु र पहुँचवालाहरु तर्फ घूमेको छ।
मानवअधिकार आयोगले पनि पर्हरीको सुरुवाती अनुसन्धान प्रकृयामा प्रशन उठाइसकेको छ। यसरी न्यायकालागि समय लम्बिदै जानुले अनेक शंका उपशंका पैदा गरेकाले सरकारलाई दवाब दिन उक्त प्रदर्शन हुन लागेको हो ।
अस्पतालमै बन्धक बनाइएका सुरज बिकले पाए न्याय
उपचार बापतको १२ लाख रुपैया तिर्न नसकेपछि अस्पतालमै बन्धक बनाइएका सुरज बिकले ढिलै भएपनि न्याय पाएका छन्। प्रदेश ५ का सामाजिक बिकास मन्त्री सुदर्शन बरालले बिकले जेनस अस्पतालाई तिनुपर्ने बापतको रकम मिनाहाका लागि अस्पताललाइ निर्देशन दिएका थिए।
अस्पतालले आफ्नो बेडसंख्याको १० प्रतिशत निशुल्क उपचार गर्नुपर्ने प्राबधानलाई टेकेर मन्त्रीले सो निर्देशन दिएका थिए। बरालले अस्पतालले गरेको उपचार र अहिलेसम्मको बिबरण सहित अस्पताललाई मन्त्रालयमा हाजिर गराएका थिए।
‘अस्पतालको बिबरण हेरेपछि कूल बेडको १० प्रतिशत बेडको बिरामीलाई छुट नदिएको पाए, यो नीति कार्यान्यन शुरुवात हो, अस्पतालले राम्रो कामको थालनी गरेकोमा धन्यबाद दिन्छु।’बरालले भने
मन्त्री बरालले बुटवलको जेनस अस्पताललाई भविष्यमा यस्तो गल्ती नदोहोर्याउन निर्देशन दिएका छन्। अस्पतालले संचालन अनुमति लिनेबेला १० प्रतिशत छुट अनिबार्य गर्नुपर्ने प्राबधान रहेको छ।
बिहीबार सामाजिक बिकास मन्त्रालयमा मन्त्री, अस्पताल प्रशासन र स्वास्थ्य महाशाखाका अधिकारीहरुका बिचमा सम्झौता कार्यान्वयन गर्ने र अस्पतालले पनि बिज्ञप्ति निकालेर उपचार बापतको १२ लाख रुपैया सुरजबाट नलिने घोषणा गरेको हो।
मन्त्रालयले नीजि हस्पिटलहरुले प्राबधान अनुसारको उपचार गरे वा नगरेको बारेमा मन्त्रालय कडाइका साथमा अघि बढ्ने मन्त्री बरालको भनाइ छ। अस्पतालकी सञ्चालक डा. शारदा सिंहले अबदेखि १० प्रतिशत उपचार निशुल्क गर्ने प्रतिबद्धता जनाएकी छन्।‘हामीले मापदण्ड र सबै प्राबधान अनुसार नै अघि बढ्छौ, सरकारसंग सहकार्य गरेर अघि बढ्न तयार छौं ’उनले भनिन्।
सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख उमाशंकर चौधरीले सहमतिका लागि अस्पताल सकारात्मक रुपमा अघि बढेको बताए।‘मन्त्रीज्युको पहलमा मेरो रकम छुट भएकोमा म खुसी छु मेरो घरमा पूजा भएकाले मन्त्रालयको मिटिङमा आउन सकिन।’ उनले फोनमा भने।
मोटरसाइकल दुर्घटनामा परेपछि ०७४ जेठ १४ गते बुटवलको जेनस अस्पताल भर्ना भएका नवलपरासी भर्तापुर–१, मिठ्ठाका २२ वर्षिय सुरज विक उपचार शुल्क तिर्न नसकेपछि अस्पतालमै राखिएका थिए र उनलाइ भदौ १५ गते शुक्रबार उद्धार गरी घर फर्काइएको थियो।
बाँकि पैसा अस्पताललाई तिर्ने कागज गराएर बिकलाई घर फर्काइएको थाहा पाएपछि मन्त्रालयले सो कदम चालेको हो। बिक परिवारको सबै सम्पत्ति बेचेपनि १२ लाख नपुग्ने अबस्था रहेकोले सञ्चारमाध्यमको सहयोगमा उनको उद्धार सम्भब भएको हो। समाचारहरु प्रकाशीत भएपछि मन्त्रालयको ध्यानाकर्षण भएकाले उनको उपचारको सबै रकम छुट भएको हो।