कर्मचारीहरुलाई खुशीको खबर, १० लाखसम्म उपचार खर्च पाउने, ६ लाखको स्वास्थ्य विमा



हाम्रो इकोनोमि

 

 

के तपाई कर्मचारी हुनुहुन्छ ? यदि हो भने तपाईको लागि खुशीको खबर । कर्मचारी सञ्चय कोषले आउँदो कात्तिकदेखि ६ लाख सञ्चयकर्ताको १० लाख रुपैयाँसम्मको स्वास्थ्य बिमा गरिदिने भएको छ ।

 

कोषले आफनो आम्दानीबाट सञ्चयकर्ताको स्वास्थ्य बिमा गर्न लागेको जनाएको छ । स्वास्थ्य बिमा योजना कात्तिकदेखि कार्यान्वयनमा आउने कोषका प्रशासक तुल्सी गौतमले जानकारी दिएका छन् । कोषको आउँदो आइतबार हुने ५७ औं वार्षिकोत्सवमा सञ्चयकर्ताको स्वास्थ्य बीमा योजना घोषणा गर्ने कार्यक्रम छ ।

 

कोषले प्रतिसञ्चयकर्ता ४५० रुपैयाँ बिमा शुल्क तिर्ने सहमति राष्ट्रिय बीमा कम्पनीसँग गरेको छ । यसबाट ६ लाख सञ्चयकर्तालाई २७ करोड रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ । राष्ट्रिय बिमाले बिमा शुल्क यो भन्दा कम गर्न सहमति जनाएको छ ।

बिमा शुल्कको दायित्व सञ्चयकर्तालाई नपर्ने गरी स्वास्थ्य बिमा हुने गौतमले बताएका छन् ।

 

सञ्चयकर्ताको मृत्युपछि सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनमा रहेकोमा अब वहाल रहेको अवस्थामा सञ्चयकर्तालाई ठूलो रोग लागेमा १० लाख रुपैयाँसम्म उपचार खर्च र १ लाख रुपैयाँ औषधि उपचार खर्च उपलब्ध हुनेछ ।

यो वर्ष संचयकर्तालाई बाँडेर बचत हुने नाफा रकमबाट बीमा गर्ने र अर्को वर्षदेखि विशेष व्यवस्था गर्ने तयारी कोषको छ ।

 

‘हामीसंग अहिले १ अर्ब ६० करोड रुपैयाँको सामाजिक सुरक्षा कोष छ । त्यो कोषले वार्षिक १५ करोड रुपैयाँ आम्दानी गर्छ’ उनले भने, ‘वार्षिक १० देखि १२ करोड रुपैयाँ व्यवस्थापन गर्न समस्या छैन ।’ कोषले अहिले पनि सञ्चयकर्तालाई औषधि उपचार खर्च दिंदै आएको छ ।

 

अब बिमाबाट ब्यहोर्ने किसिमले आउन लागेको हो । दुर्घटना क्षतिपूर्ति, औषधि उपचार र प्रसुति उपचारका लागि कोषले पैसा दिंदै आएको छ । यता सरकारले पनि २ लाख रूपैयाँसम्मको बिमा गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस
देउवा समूहले सानेपाको ‘अफर’ नमान्ने

    नेपाली कांग्रेस संस्थापन इतर समूहले आफ्नै ढंगले महाधिवेशन प्रक्रियालाई अघि बढाउने...

प्रभु बैंकका सञ्चालक र कर्मचारीले गरे उद्धार कोषमा ४० लाख सहयोग

    प्रभु बैंकका सञ्चालक तथा कर्मचारीले स्वैच्छिक रूपमा संकलन गरेको ४० लाख...

प्रभु बैंकका दुई शाखा समायोजन हुँदै

     प्रभु बैंक लिमिटेडले काठमाडौं र वीरगन्जमा सञ्चालनमा रहेका दुई शाखा कार्यालयलाई...

माछापुच्छ्रे बैंकले ६% लाभांश वितरण गर्ने

    माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई लाभांश...