बिरामीको मृत्यु भएपछि जाजरकोटमा स्वास्थ्यकर्मी पक्राउ



हाम्रो इकोनोमि

 

उपचारका क्रममा बिरामीको मृत्यु भएपछि जाजरकोटमा एक जना स्वास्थ्यकर्मी पक्राउ परेका छन्।

 

छेडागाड नगरपालिका–१० नल्फुकी पञ्चकला नाथ उपचारका क्रममा मृत्यु भएपछि नगरपालिका–५ थलह बजारमा जयलक्ष्मी मेडिकल हलका सञ्चालक तिलकबहादुर बोहरा पक्राउ परेका हुन्।

 

ज्वरो छातीको दुखाईको उपचारका लागि गएकी आमालाइ गलत सुई लगाउँदा मृत्यु भएको आरोप पञ्चकलाका आफन्तको छ । मृतकका आफन्तले बोहोरालाई कारबाही तथा क्षतिपुर्तिको माग गर्दै प्रर्दशनसमेत गरेका छन्।

 

पक्राउ परेका मेडिकल सञ्चालक बोहोरालाई प्रहरीले थप अनुसन्धानका लागि सदरमुकाम खलंगा ल्याउन लागेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक लोकबहादुर बिष्टले बताए। घटनाको बारेमा थप अनुसन्धान थालिएको उनले जानकारी दिए।

 

‘छातीको दुखाईको उपचार गर्न गएकी पञ्चकलाको सुई लगाएको १५ मिनेटमा मृत्यु भएको छ’ उनले भने,‘ घटनाको आवश्यक अनुसन्धानका लागि डाक्टर नियन्त्रणमा लिएर खलंगा ल्याइदै छ।’

 

सुर्खेतस्थित ‘जयलक्ष्मी मेडिको फर्म’को नामबाट बोहराले थलह बजारमा अवैध रुपमा मेडिकल सञ्चालन गर्दै आएको खुलेको छ।

 

मेडिकल सञ्चालनका लागि फार्मेसी अध्ययनसहित नेपाल फार्मेसी काउन्सिलबाट प्रमाणपत्र लिनुपर्ने प्रावधान छ। तर, उनले अर्कोको नामबाट २०५४ सालदेखि मेडिकल सञ्चालन गर्दै आएको उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

    राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेका छन् । यसअघि...

विद्यार्थी संघ–संगठन खारेज गर्ने निर्णयविरुद्ध कारण देखाऊ आदेश

  शैक्षिक संस्थाबाट विद्यार्थी संघरसंगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर भएको...

स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक जोशी पक्राउ

     स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशी पक्राउ परेका छन् ।नेपाल...

नबिल बैंकको केन्द्रीय कार्यालयमा नर्सिङ रुमको सुरुवात

    नबिल बैंक लिमिटेडले तीनधारास्थित केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात गरेको...