विप्लव नेतृत्वको पार्टी गंभिर संकटमा, नेकपासँग विलय हुन गृहमन्त्रीसँग गोप्य छलफल



हाम्रो इकोनोमि

 

माओवादी आन्दोलनको एउटा हिस्सा बन्न खोजेको नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको ’नेपाल कम्युनिष्ट पार्टी’ गम्भीर संकटमा देखिएको छ ।

 

पार्टी संकटमा पर्नुका पछाडि राज्य या बाह्य शक्तिबाट परेको दबाब मात्रै देखिन्न । बरु आन्तरिक अन्तर्संघर्ष पार्टी समस्यामा पर्नुको मुख्य कारण बनेको घटनाक्रमहरुले देखाएका छन् ।

 

कम्युनिष्ट पार्टीको जीवनमा उतारचढाव आउनु स्वभाविकै हो । त्यसमा पनि मित्रतापूर्ण अन्तरविरोधकै बलमा पार्टीको जीवन हुर्किन्छ पनि । तर अहिले पछिल्ला केही घटनाहरु हेर्दा विप्लव माओवादीभित्रको संघर्ष मित्रतापूर्ण देखिँदैन ।

पार्टीमा लामो समयदेखि सक्रिय रहेकाहरुको समेत निश्काषन गर्नुपर्ने अवस्था आउनुबाट पार्टीभित्र ‘गञ्जागोल’को अवस्था सिर्जना भएको अनुमान गर्न सकिन्छ ।

 

केही समयअघि सरकारले विप्लव नेतृत्वको पार्टीको केही जिम्मेवार र उपल्लो तहका नेताहरुलाई पक्राऊ गऱ्यो । यिनीहरुमा सबैभन्दा बढी चर्चामा प्रवक्ता प्रकाण्ड रहे ।

प्रकाण्डलाई चन्दा असुलीको अभियोग लगाएर प्रहरीले मुद्दा चलाएपछि अदालतले रिहाईको आदेश दियो । तर अदालत परिसरबाटै फेरी प्रकाण्डलाई थुनियो । यो क्रमले निरन्तरता पायो । उनी कहिले नुवाकोट, कहिले दाङ, कहिले काठमाडौं ल्याइए ।

प्रकाण्डसँगै अन्य नेताहरु पनि पक्राउ परे । प्रकाण्डको गिरफ्तारीपछि पूर्व माओवादी वृत्तबाट सरकारको आलोचना पनि भयो ।

 

तर यही बीचमा पार्टीले मिडिया संगठनका केही पदाधिकारीलाई सूचना चुहाएको र संगठनको हितविपरित कार्य गरेको भन्दै कार्वाही गरेको विज्ञप्ती सार्वजनि गऱ्यो ।

 

संगठनका केन्द्रीय सदस्य जन्मदेव जैसी, कमल बुढा, बाबुराम भुसाल, सुदिप बर्देवा र निवर्तमान अध्यक्ष प्रभात चलाउनेलाई संगठनसम्बन्धी निर्णयविरुद्ध अराजकता मच्चाउने, पार्टी नेतृत्व विरुद्ध सामाजिक सञ्जालहरुमा भ्रामक समाचार वितरण गर्ने र संगठनका जिम्मेवार साथीहरुमाथि हातपात गर्ने जस्ता अमर्यादित र गलत हर्कत गरेकाले पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन कारवाही गरिएको भन्ने विज्ञप्ती पार्टीले जारी गरेपछि पार्टीभित्रका कैयन पक्षहरुसतहमा देखिन शुरु भएका हुन ।

 

पहिला जनयुद्धकालमा हुँदा एकदमै हितैशी साथी विप्लव र रामबहादुर थापाको सम्बन्ध पहिलेदेखि नै मजबुत रहेको थियो । तर बिचमा केही खटपट जस्तो देखिएपनि अन्तिममा मिल्नुको विकल्प नभएको भन्दै दुबै नेताले आफ्ना विश्वासवात्रमार्फत कुराकानी गर्ने गरेको थिए । यसै सन्दर्भमा आफू नेतृत्वको पार्टी संकटमा परेसँगै नेकपामा मिल्नको लागि गृहमन्त्री रामबहादुर थापासँग गोप्य टेलिफोन वार्ता गरेको स्रोतको दबी छ ।

एकातिर प्रकाण्ड लगायतका नेताहरु पक्राऊ पर्नु र अर्कोतर्फ आफ्नै भित्रका जिम्मेवार नेताहरुलाई कार्वाही गरिनुबीच कतै न कतै तादाम्यता त छैन भन्ने प्रश्न जन्मिनु स्वभाविकै हो ।

 

मिडियामा प्रकाशित भएका समाचारहरु हेर्दा यसका दुईवटा पक्ष देखिन्छन् ।

 

 

पहिलो, यो बीचमा विप्लव र प्रकाण्डबीचको अन्तरविरोधका कारण प्रकाण्ड पक्राउ परेको भन्ने अपुष्ट गरिएको समाचार सार्वजनिक भयो । विगतमा बाबुरामका कारण मोहन वैद्य र सिपी गजुरेल पक्राऊ परेको भनिएजस्तै यसपटक विप्लव समर्थकहरुका कारण प्रकाण्ड पक्राउ परेका हुन भन्ने समाचारको आशय थियो ।

यदि यो समाचार साँचो हो भने अहिले निष्काशन गरिएका सञ्चारकर्मी नेताहरु कतै न कतै प्रकाण्डको गिरफ्तारीसँग जोडिएर कार्वाही गरिएको हुनुपर्छ । यद्यपी जुन नामहरु निष्काशित भएका छन, तिनीहरुलाई खासमा कुन कुरामा असहमति भएर कार्वाही गरिएको हो भन्ने कुरा अझै स्पष्ट भएको छैन । न त उनीहरुले नै केही बताएका छन् ।

अर्को कुरा, पार्टीभित्र गम्भीर अन्तरविरोध प्रकाण्डसँग मात्रै सीमित छैन भन्ने पनि पछिल्ला घटनाक्रमले देखाउँछन् । विप्लव माओवादीभित्र आर्थिक अनुशासन र संगठनात्मक अराजकता समस्या हो भन्ने कुरा टिप्पणी हुने गर्दछ । कतिपय स्थानमा पार्टीभित्र आर्थिक अराजकताले ठूलै समस्या भएको दुई तीन वर्ष अघि नै सार्वजनिक भएको कुरा हो ।

 

अर्कोतर्फ विप्लवलाई परित्याग गरेर पूर्व माओवादी केन्द्रमा प्रवेश गर्नेहरुले समेत पार्टीभित्र वैचारिक र सैद्धान्तिक पक्ष समाप्त हुँदै गएको र अराजकता मौलाउँदै गएकोले पार्टी छोडनु परेको अभिव्यक्ति दिँदै आएका छन् । यो स्थिति साँच्चिकै अहिले पनि निरन्तरता पाएको छ भने यसले विप्लवको नेतृत्वलाई नै संकटमा पार्न सक्छ ।

 

खासगरी प्रकाण्डको गिरफ्तारी र ओली(सुदर्शन)लगायतका नेताहरुको सक्रियतासँगै पार्टीभित्रै नयाँ समीकरणले जन्म लिने स्थिति सामान्य नै हो । विगतमा माओवादी जनयुद्ध पालामा समेत करिब करिब यस्तै प्रकृतिका अवस्थाहरू देखिँदै आएका हुन ।

 

‘कम्युनिष्ट पार्टीभित्र’ अन्तरविरोध चुलिएमा त्यसको ठूलो फाइदा सत्तापक्षले लिन्छ । विगतमा माओवादी आन्दोलन रक्षात्मक हुनुमा समेत यही अन्तरविरोध नै प्रधान थियो भन्ने कुरा स्थापित भएसकेको छ । विप्लवका लागि अहिलेको राज्यसत्ता प्रधान अन्तरविरोधी छ ।

 

यसको अर्थ उनीहरुकै भाषामा सत्तासँग लड्नका लागि आत्मगत परिस्थिति मजबूत हुनुपर्छ । तर उनीहरूभित्र चुलिएको अन्तरविरोधले उनीहरुको आत्मगत पक्ष कमजोर हुनु र सत्ताले बढी पेल्दै जाने अवस्था झनै बढ्न सक्छ ।

 

सरकारका पछिल्ला गतिविधि हेर्दा विप्लवमाथि बढी कडाई गरेको देखिन्छ । र, भविष्यमा एकपछि अर्को गर्दै पेल्दै जाने अवस्था र संगठितरुपमा त्यसको प्रतिरोध गर्नुपर्ने क्षणमा आफूभित्रकै अन्तरविरोधले थिचिनुपर्दा विप्लव नेतृत्वको पार्टी संकटमा पर्ने देखिएको हो ।

 

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीको सबैभन्दा ठूलो चुनौती अस्पष्ट कार्यदिशा नै हो । उनीहरूले एकीकृत जनक्रान्तिको कार्यदिशा अघि सारेका छन् । तर आम जनतामाझ यो कार्यदिशा नै के हो र यसका कार्यनीतिक र रणनीतिक चरण के हुन भन्ने कुरा स्पष्ट देखिँदैन ।

 

विप्लव छोडेर अन्य पार्टीमा गएकाहरुले समेत यो कुरा स्पष्टरुपमा भन्न सक्दैनन् । उनीहरुले कतिपय अवस्थामा जनसरोकारका तत्कालीन मुद्दामा संघर्ष गरेपनि संघर्षको चरित्र के रु एकीकृत क्रान्तिको संगठनात्मक र संघर्षका चरणहरु के कस्ता भन्ने कुरा बुझ्न गारो नै पर्ने अवस्था छ ।

 

यसले माओवादप्रति प्रतिबद्ध पूर्व माओवादी कित्ताबाहेक नयाँ तप्कामा विप्लवले पूर्ववत माओवादीले जस्तो संगठन विस्तार गर्ने सम्भावना समेत कम देखिन्छ । एकातिर सत्ताले पेल्दै जानु, अर्कोतर्फ विप्लवले कार्यक्रम दिन नसक्नु र आन्तरिकरुपमा अन्तरविरोध चुलिएर क्षयीकरण हुँदै जाने अवस्था पार्टीका सामु देखिन्छ ।

 

पछिल्लो समयमा पार्टीमा लामो समयदेखि क्रियाशील नेताहरुलाई कार्वाहीपछि विप्लव पार्टीभित्रको यो अन्तरविरोध कसरी चुलिएर जान्छ, त्यो हेर्न भने बाँकी नै छ ।

 

 

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...