वाइसीएल अध्यक्ष रातोपुलबाट पक्राउ



हाम्रो इकोनोमि

वाइसीएलका सिन्धुली जिल्ला अध्यक्ष पुष्पराज श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शरीर बन्धक र धाकधम्की दिएको आरोपमा महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले श्रेष्ठलाई शुक्रबार नियन्त्रणमा लिएको महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले जानकारी दिएका छन् ।

सिन्धुली कमलामाई ५ घर भई हाल राजधानकीको रातोपुल बस्दै आएका रामबहादुर कटुवाललाई श्रेष्ठले ज्यान मार्ने धम्की दिएको उजुरी परेको जनाइएको ।

घर निर्माणका लागि श्रेष्ठले कटुवाललाई ठेक्का दिएको र घर निर्माणपछि रकम माग्दा धम्की दिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
श्रेष्ठले यसअघि २०७३ पुस ४ गते गणेशकुमार कुँवरलाई बन्धक बनाए रकम लुटेको समेत खुल्न आएको प्रहरीले जानकारी दिएको छ ।

कुँवरलाई साथी शुक्रराज तामाङको डेरामा लगेर ५० हजार, सुनको औठी, मोवाइल र कुलबहादुर तामाङको नाममा ११ लाखको चेक काट्न लगाएको देखिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...