बिरामीको मृत्यु भएपछि स्वास्थ्यकर्मी पक्राउ



हाम्रो इकोनोमि

उपचारका क्रममा बिरामीको मृत्यु भएपछि जाजरकोटमा एकजना स्वास्थ्यकर्मी पक्राउ परेका छन्।

छेडागाड नगरपालिका–५ थलह बजारको एक मेडिकलमा उपचारका लागि गएकी सोही नगरपालिका–१० नल्फुकी पञ्चकला नाथको स्वास्थ्यकर्मीको लापरबाहीले मृत्यु भएको आफन्तले आरोप लगाएका छन् ।

ज्वरोको उपचारका लागि गएकी आमालाई जयलक्ष्मी मेडिकल हलका तिलकबहादुर बोहराले गलत सुई लगाउँदा मृत्यु भएको छोरा किशोर नाथले बताए।

मृतकका आफन्तले बोहोरालाई कारबाही तथा क्षतिपुर्तिको माग गर्दै प्रर्दशनसमेत गरेका छन्।

पक्राउ परेका मेडिकल सञ्चालक बोहोरालाई प्रहरीले थप अनुसन्धानका लागि सदरमुकाम खलंगा ल्याउने भएको छ।

शवको पोष्टमर्टमका लागि जिल्ला अस्पताल जाजरकोटमा लिइने प्रहरी निरीक्षक लोकबहादुर बिष्टले जानकारी दिए। घटनाको बारेमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

सुर्खेतस्थित ‘जयलक्ष्मी मेडिको फर्म’को नामबाट बोहराले थलह बजारमा मेडिकल सञ्चालन गर्दै आएका छन्। मेडिकल सञ्चालनका लागि फार्मेसी अध्ययनसहित मेडिकल काउन्सिलबाट प्रमाणपत्र लिनु पर्ने प्रावधान छ। तर, उनले अर्कोको नामबाट २०५४ सालदेखि मेडिकल सञ्चालन गर्दै आएका थिए।

स्थानीय प्रशासनले गत वर्ष गरेको अनुगमनका क्रममा बोहोराले आफूले सञ्चालन गरेको मेडिकल अवैध भएको स्वीकार गर्दै बन्द गर्ने कागज गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...