सप्तरीमा स्वाइन फ्लु भेटियो, भीडमा नजाऔं र हिँड्दा पनि मास्क लगाउँ



 

सप्तरीमा स्वाइनफ्लु र हङकङ फ्लु रोग फेला परेको छ । जिल्लाको कञ्चनरुप र हनुमाननगर कंकालनी नगरपालिकामा यो दुबै रोग फेला परेको हो ।

 

कञ्चनरुप नगरपालिकामा ज्वरोका कारण तीन जनाको मृत्यु भएपछि स्वास्थ्य सेवा विभागबाट चिकित्सकहरुको टोली यहाँ आएर रगत संकलन गरी परीक्षण गरेको थियो ।

 

परीक्षण गरिएको रगतबाट एक जनामा स्वाईन फ्लु (एचवानएनवान) र १० जनामा हङकङ फ्लु (एच थ्री एन टू) को भाइरस फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख निरञ्जन यादवले जानकारी दिए ।

 

केही दिनअघि कञ्चनरुप नगरपालिका ७ का १४ बर्षका दिवश बस्नेत, वडा नम्बर ३ का १४ वर्षका किशोर राम र वडा नम्बर ९ का १४ बर्षका आमोदकुमार रामको ज्वरोका कारण मृत्यु भएको थियो । एक महिनाको बीचमा ज्वरोका कारण तीन जनाको मृत्युपछि अनुसन्धान गर्न स्वास्थ्य विभागबाट चिकित्सकहरुको टोली यहाँ आएको थियो ।

 

 

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. प्रकाश साहसहितको टोली र डब्लुटिओ विराटनगर फिल्ड कार्यालयबाट डा. सन्ध्या भगत अनुसन्धान गर्न आउँदा रगतको नमुना संकलन गरेका थिए ।

 

 

तीन दिनसम्म रगत जाँचका लागि शिविरै सञ्चालन गरिएपछि १ हजार १ सय २२ जनाले रगत जाँच गराएका थिए । जाँच गरिएकामध्ये २४ जनाको रगत र र्‍याल परीक्षणका लागि काठमाडौस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउँदा कञ्चनरुप ७ बलुवाका ६० वर्षका हरिलाल साहमा स्वाइन फ्लुको संक्रमण पाइएको छ ।

 

कञ्चनरुपकै ४ जना तथा हनुमाननगर कंकालनी नगरपालिकाका ६ जनामा हङकङ फ्लु फेला परेको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

 

सप्तरीमा स्वाइन फ्लु र हङकङ फ्लु कहाँबाट सरेर आएको हो ? भन्ने कुरा यकीन हुन नसकेको जनस्वास्थ्य कार्यालयका प्रमुख यादवले बताए । यद्यपी भारतको झारखण्ड राज्यस्थित बाबाम धाम पुगेर आएकाहरुबाट यो रोग सरेको हुन सक्ने आशंका गरिएको छ ।

 

 

भीडभाड नगरौं, भीडमा नजाऔं

जिल्लामा स्वाइन फ्लू र हङकङ फ्लू फेला परेपछि चिकित्सकहरुले सावधानी अपनाउन जिल्लाबासीसँग आग्रह गरेका छन् । उनीहरुले नियमित र खाना खाने समयमा अनिवार्य साबुन पानीले हात धुन पनि भनेका छन् ।

 

राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चुमन लाल दास यी दुबै रागेको जिवाणु एक अर्काबाट सर्न नदिन भिंडभाड नगर्न र भींडमा नजान सुझाव दिन्छन् ।

 

‘भीडमा नजाऔं र हिँड्दा पनि मास्क लगाएर हिंडौं’ उनी भन्छन्, ‘यसबाट बच्न अर्काे सुरक्षित उपाय हो साबुन पानीले नियमित र अनिवार्य हात धोऔं ।’

 

यो एक प्रकारको इन्फ्लुएन्जा भएका कारण यो रोग लागेकालाई छुट्टै राखेर ध्यान पुर्‍याई उपचार गर्नुपर्ने सुझाव उनको छ । घरमा कसैलाई ज्वरो आउँदा झोलिलो कुरा बढी खान भन्दै डा. दासले शंका लागेमा तुरन्तै स्वास्थ्य संस्थामा जान आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्