स्वास्थ्य मन्त्रीलाई यसरी दुःख दिन्छन् डाक्टरले..



हाम्रो इकोनोमि

 

 

उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री यादवले काठमाडौं बाहिर डाक्टर टिकाउनै गार्‍हो भइरहेको बताए। जिल्ला जिल्लामा जाँदा डाक्टर भेट्नै नहुने स्थिति बनेको उनको भनाइ छ। सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले बुधबारदेखि सुरु गरेको क्याथ ल्याब उद्घाटन गर्दै यस्तो बताएका हुन्।

‘जिल्ला जिल्लामा जाँदा डाक्टर भेट्नै नहुने भएको छ। भेट्यो कि मलाई काठमाडौं पठाइदिनुपर्‍यो भन्नुहुन्छ’, मन्त्री यादवले भने, ‘जिल्लामा डाक्टर टिकाउनै गार्‍हो छ। डाक्टर पठायो, काठमाडौं फर्किहाल्नुपर्ने।’ उनले डाक्टरहरुको काठमाडौं केन्द्रित मानसिकतालाई सुधार ल्याउनुपर्ने आवश्यकता औंल्याए।
८५ प्रतिशत नेपाली गाउँमा बस्ने तर ८० प्रतिशत चिकित्सक सहरमा केन्द्रित भएको उनको आरोप थियो।

‘८५ प्रतिशत नेपाली गाउँमा बस्छन् तर ८० प्रतिशत डाक्टर सहरमा बस्छन्। यो धेरै बेमेल भयो’, उनले थपे, ‘डाक्टरहरुले काठमाडौं केन्द्रित मनस्थितिमा सुधार गर्नुपर्छ। जहाँ धेरै बिरामी छन्, त्यहाँ काम गर्नुपर्छ। डाक्टरहरुले बिरामीहरुबीच भेदभाव गर्नुहुन्न।’

जति राम्रो डाक्टर त्यति काठमाडौं छोड्नै नमान्ने प्रवृत्ति बढेको उनको भनाइ थियो। मन्त्री यादवले सर्वसाधारणलाई निःशुल्क गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न सरकारले यसै वर्ष थप एक हजार दुई सय वटा प्राथमिक स्वास्थ्य केन्द्र निर्माण गर्ने जानकारी दिए।

नेपालको स्वास्थ्य क्षेत्रको मुख्य चुनौती गरिबी भएको भन्दै उनले गरिब नेपालीलाई विना उपचार मर्न नदिन निःशुल्क गुणस्तरीय स्वास्थ्य सेवा दिनु कम महत्वाकांक्षी नभएको सुनाए।

कार्यक्रममा अस्पतालका दुई वरिष्ठ चिकित्सक प्रा.डा. राकेश वर्मा र डा. कल्पना श्रेष्ठ तथा पूर्वनर्सिङ इन्चार्ज इन्दिरा प्रधानलाई सम्मान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...