श्रीमतीलाई थाहा नै नदिई सम्बन्धविच्छेद गरेपछि …



हाम्रो इकोनोमि

 

 

 

श्रीमान् श्रीमतीको सहमतिमा सम्बन्धविच्छेद स्वभाविक हो तर, यहाँ श्रीमतीलाई थाहा नै नदिई सम्बन्धविच्छेद गरेको घटना सार्वजनिक भएको छ ।

आफूलाई थाहा नै नदिई श्रीमानले सम्बन्धविच्छेद गरेको भन्दै आज स्याङ्जा जिल्ला अदालतमा ५० वर्षीया मीनाकुमारी क्षेत्रीले उजुरी दिएकी हुन् । उनले रुँदै भनिन्, ‘मलाई थाहा नै नदिई कसरी सम्बन्धविच्छेद भयो, मलाई न्याय चाहियो ।’ भिरकोट नगरपालिका–३ निवासी श्रीमान् मोहनकुमार क्षेत्रीले जालसाजी गरेर सम्बन्धविच्छेद गराएको भन्दै मीनाकुमारीले उक्त अदालतमा तीन वटा मुद्दा दर्ता गराएका छन् । उनले हक कायम गराउन, जालसाजी र गाली बेइज्जतीको मुद्दा दर्ता गराएको श्रेस्तेदार नन्दप्रसाद आचार्यले बताए ।

आफूलाई थाहा नै नदिई सम्बन्धविच्छेद गरेकाले मुद्दा दायर गर्नुपरेको गुनासो गर्दै उनी भन्छिन्, ‘मलाई थाहा नै छैन कसरी भयो सम्बन्धविच्छेद । श्रीमानले कुटपिट गर्ने, खान लाउन नदिई राम्रो व्यवहार नगरेपछि माइतीको सहयोगमा पोखरा बसेर दुःख गरी दुई छोरीलाई पढाउँदै आएको र छोरी कृष्टीले गत असार ११ गते जिल्ला अदालतमा अंश माग गर्दै मुद्दा दर्ता गर्दा मात्र आफ्नो सम्बन्धविच्छेद भइसकेको भन्ने कुरा थाहा पाएपछि अहिले आफू श्रीमानकाबिरुद्ध उत्रिन बाध्य भएको बताइन् ।

विसं २०४४ मा आफूहरुको मागी विवाह भएकामा भारतीय सेनामा कार्यरत श्रीमानले विसं ०४६ मा अर्की विवाह गरेका र त्यो विवाहलाई ढाकछोप गर्न आफूलाई सँगै भारत लगेको र करीब दुई वर्ष भारतमा बसी एक छोरी जन्मिएपछि घर फर्किएको उनले बताइन् ।

घरमा आएपछि आफूलाई खान लाउन नदिने कुटपिट गर्ने गरेपछि माइतीको सहयोगमा पोखरा बस्दै आएकामा बिरुवा अर्चले–६ का राजेन्द्र अधिकारीसँग विसं २०५५ फागुन १३ गते अर्को विवाह गरेर गएको भनी झुठो विवरण बनाई अदालतले स्वतः सम्बन्धविच्छेदको फैसला गरेकोे भन्दै मीनाकुमारीले यसबाट आफू अन्यायमा परेको र सम्बन्धविच्छेदको कुरा छोरीले अंश मुद्दा दिएपछि मात्रै आफूले थाहा पाएको बताइन् ।

बिरुवा अर्चलेका राजेन्द्र अधिकारीलाई अहिलेसम्म देख्दा पनि नदेखेको र नचिनेको मान्छेसँग बिहे गरेर गएको भनी आफूलाई झुठो आरोप लगाएर अपमान गरेको पनि उनले बताइन् । उक्त अदालतका श्रेस्तेदार आचार्यले भने, ‘बिरुवा अर्चले–६ का राजेन्द्र अधिकारीसंग विसं २०५५ फागुन १३ गते अर्को बिहे गरेर गएको भन्ने विवरण फिराद पत्रमा देखिएको, अदालतबाट म्याद जारी गरी सूचना लिएर जाँदा राजेन्द्र अधिकारी र मीनाकुमारी क्षेत्री घर जग्गा बिक्री गरी अन्यत्र गएकाले पिपलको रुखमा सूचना टाँस गरिएको र अदालतबाट दोस्रो पटक आदर्श समाज दैनिकमा विसं २०७३ पुुस १५ गते प्रकाशित पत्रिकामा म्याद जारी गरेको र विसं २०७४ वैशाख ६ गते सम्बन्धविच्छेद हुने गरी फैसला भएको थियो ।’

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...