आन्दोलन गर्ने भन्दै चिकित्सक संघका अध्यक्ष श्रेष्ठले दिए राजीनामा, भने म अब कांग्रेसको राजनीति गर्छु



 

कांग्रेस सभापति शेरबहादुर देउवाको निर्देशनमा सरकारबिरुद्ध चिकित्सकलाई सडकमा उतारेका नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले सरकारी सेवाबाट राजीनामा दिएका छन् । पूर्णरुपमा राजनीतिमा लाग्ने जनाइ श्रेष्ठले सरकारी सेवाबाट राजीनामादिएका हुन ।

 

नेपाल सरकार को १० औं तह (उपसचिव) पदमा कार्यरत श्रेष्ठले दिएको राजीनामा स्वास्थ्य मन्त्रालयले स्वीकृत गरेको छ । ३३ वर्ष स्वास्थ्य सेवामा काम गरेका डा श्रेष्ठ पछिल्लो समय काभ्रेपलाञ्चोक मेथिनकोट अस्पतालमा कार्यरत थिए । तरउनी अपतालमा भन्दा उपत्यकामा रहेर डाक्टरलाई सडकमा उतार्दै सरकारबिरुद्ध आन्दोलन हाँक्दै आएका थिए ।

 

उउनलाई पछिल्लो समय चिकित्सकीय पेसामा भन्दा पनि बढी राजनीतिमा लागेको भन्दै आलोचना हुँदै आएको थियो । चिकित्सकहरुले सरकारी चिकित्सक भएर सरकारको विरोध गरेको भन्दै उनको आलोचना गर्दै आएका थिए । आलोचना बढ्दै गएपछि पूर्ण रुपमा राजनीतिमा लाग्न राजीनामा दिएको आफू निकटलाई बताएका छन ।

 

‘सरकारी कर्मचारी भएर सरकारको विराध गरेको भन्ने आलोचना आयो, अब पूर्णरुपमा राजनीतिमा लाग्ने सोचले राजीनामा दिएको हुँ,’ श्रेष्ठले मिडियासँग भनेका छन । डा. श्रेष्ठविरुद्ध संघको अध्यक्ष भएपछि बिदा नलिई कार्यालय उपस्थित नभएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परेको थियो ।

 

उक्त विषयमा अख्तियारले स्वास्थ्य मन्त्रालयसँग जानकारी मागेपछि उनले राजीनामा दिएको बताइएको छ । अख्तियारमा उजुरी परेको विषयमा जिज्ञासा राख्दा डा श्रेष्ठले संघको अध्यक्ष नेपाल मेडिकल एसोसिएसनलगायत दर्जनौ स्थानमा पदेन सदस्य हुने र त्यसको बैठकमा जाँदा मन्त्रालयको सचिवसँग मौखिक जानकारी गराएर जाने गरेको बताए ।

 

पूर्वसचिवहरुले लिखित बिदा लिनु नपर्ने भन्ने पूर्वसचिवहरुले सुझाव दिएअनुसार नै आफूले त्यही गरेको बताए ।

 

‘संघको अध्यक्ष धेरै ठाउँमा पदेन सदस्य हुन्छ, त्यहाँका बैठकमा जाँदा मौखिक सहमित मात्र लिँदा हुने अघिल्ला कार्यकालका सचिवहरुबाट सल्लाह आएको हुँदा त्यहीअनुसार गर्दै आएको हुँ,’ श्रेष्ठले मिडियासँग भनेका छन, ‘स्पष्टीकरणमा पनि मैले त्यही दिएको छु ।’

 

मन्त्रालयले राजीनामा स्वीकृत गर्दा भने अख्तियारबाट असुलउपर गर्नुपर्ने या हर्जना तिराउनुपर्ने निर्णय भएमा सो सरकारी बाँकी बक्यौतासरह असुलउपर व्यहोर्न तयार छु भनी कागज गराएको छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्