नेपाल-भारतको सीमामा काँडे तार लगाउनुपर्छ : सीमाविद श्रेष्ठ



हाम्रो इकोनोमि

सीमाविद बुद्धिनारायण श्रेष्ठले नेपाल-भारत सीमानामा काँडे तार लगाउनु पर्ने बताएका छन्।

‘नेपालको अन्तराष्ट्रिय सीमा नियमन, खुल्ला सीमाना : अवसर र चुनौती’ विषयक कार्यक्रममा नापी विभाग पूर्व महानिर्देशक समेत रहेका श्रेष्ठले १०/१५ वर्षभित्र नेपाल–भारतको सिमानामा काँडे तार लगाएर नियमन गर्नु पर्ने बताएका हुन्।

उनले नेपाल भारतको सीमा खुलामात्र नरहेर हवाङै रहेको बताए। उनले खुला सीमाका कारण मुलुकमा अपराध, लागुपदार्थ ओसारपसार, तस्करी, मानवबेचविखन बढेको बताए।

उनले खुला सीमा अवाच्छित तत्वले दुरुपयोग गरिरहेको बताए। खुला सीमानाका कारण नै आंतक भित्रिने खतरासमेत त्यतिकै रहेको उनको ठहर छ।

सीमा नियमनमा ढिलाइ गर्नु जोखिमपूर्ण रहेको उनको भनाइ छ। उनले नेपालबाटै भारतीय विमान अपहरणको प्रसंग कोट्याउदै ठूलो दुर्घटना नभएसम्म सीमा नियमन कसैको ध्यान नगएको बताए।

‘सीमा खुला छाड्नु हुदैन, यसले स्लामिक आंतकवादी समेत आउन सक्छन्’, उनले भने, ‘हवाई अपहरण जस्तो ठूलो घटना पर्खिनु हुँदैन, छिटो नियमन गर्नु पर्छ।’ उनले सीमामा सीसीटिभी राखेर  सर्वप्रथम परिचय–पत्र व्यवस्था गर्नु पर्ने बताए।

उनले नेपाल भारतको सीमा सुरक्षाको दृष्टिकोणले समेत संवेदशील रहेको बताए। नेपालका लागि पूर्व भारतीय राजदुत दीपकुमार उपाध्ययले सीमा नियमन आवश्यक रहेको बताए।

उनले समय सापेक्ष नियमन गर्नु पर्ने बताउँदै अन्तराष्ट्रिय नियम कानुन मिचेर सीमा सडक, बाँध लगायतका संरचना भारतले बताइरहेको बताए।

स्वतन्त्र युवा प्रजातान्त्रिक संघद्वारा आयोजित कार्यक्रममा पूर्वराजदुत प्रद्युनविक्रम शाह, विजयकान्त कर्ण र सीमाविद डा. उद्धव प्याकुरेल, इन्द्रकुमारी अधिकारीले नेपाल भारतको सीमालाई खुला राख्नु पर्ने बताए।

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...