सल्लाह गरेरै अध्यादेश ल्याइएको हो : कांग्रेस



हाम्रो इकोनोमि

 

 

सत्तारुढ दल नेपाली कांग्रेसले सरकारले ल्याएका अध्यादेशहरू आफ्नो पार्टीसँगको सहमतिमै आएको स्पष्टीकरण दिएको छ । बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा मन्त्रीहरूसहितको छलफलपछि प्रमुख सचेतक श्याम घिमिरेले यसबारे प्रष्ट पारेका हुन् । ‘अध्यादेशको विषयमा हामी स्पष्ट छौं । सल्लाह गरेरै अध्यादेश ल्याइएको हो । अध्यादेश ल्याउन तत्कालै जरुरी थियो । आर्थिक सुधार र सुशासनको पक्षमा,’ घिमिरेले भने, ‘यदी तत्कालै अध्यादेश नल्याउने हुँदा सरकारले केही गर्न सकेन भन्ने सन्देश जनतामा प्रवाह हुने भयो । कानुनी राज्यमा कानुनको संशोधन नगरी यसलाई अघि बढाउन सकिने अवस्था थिएन ।’ मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पाँच वटा अध्यादेश जारी गरिसकेका छन् । अध्यादेश र सरकारको पछिल्लो कामकारबाहीबारे कांग्रेसभित्रै केही नेताहरू असन्तुष्ट देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...