एमालेसँग सहमतिमै अघि बढेका छौँ, कुनै समस्या छैन : देउवा



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस र एमालेबीच कुनै समस्या नभएको बताएका छन् । आफ्नै निवास बुढानीलकण्ठमा बसेको कांग्रेस कार्यसमिति सदस्य र मन्त्रीहरूको संयुक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुनै समस्या नभएको ब्रिफिङ गरे ।

बैठकपछि सभापति देउवाको भनाई उद्धृत गर्दै गृहमन्त्री रमेश लेखकले भने, ‘एमाले र कांग्रेसको सहमतिमा अघि बढ्ने हो । मुलुकमा सुशासन र आर्थिक समृद्धि गर्ने हो यसमा केन्द्रित भएर काम गर्नुस् । हामी दुई दलबीचमा कुनै समस्या छैन । सरकारको पछिल्लो कदमलाई लिएर संस्थापन इतर पक्षका नेता डा. शेखर कोइराला र संस्थापन पक्षकै केही नेताहरूले असन्तुष्टि व्यक्त गरिरहेका बेलामा देउवाले गठबन्धनमा कुनै समस्या नभएको प्रष्ट्याएका हुन् ।

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...