फोहरको थुप्रोले बिगारेको काठमाडौको रुप



 

झण्डै एक महिनादेखि घरमा फोहर लिन गाडी नआउँदा कोटेश्वरकी चन्द्रकला फूयाँल हैरान छिन् । एकातिर घरमा फोहर फाल्ने ठाउँ छ्रैन, अर्कातिर घर अगाडिको फोहरको दुर्गन्ध भान्सासम्म आउँछ ।

‘फोहर लगेको भन्दै पैसा लिन भने प्रत्येक महिना ढोकामा घण्टी बज्छ तर, समयमा नै फोहर व्यवस्थापन हुन नसक्दा दैनिक कामकाजमा नै समस्या भएको छ’, गृहिणी फूयाँलले भनिन् । हुन त काठमाडौँ उपत्यकामा फोहर थुप्रिएको यो पहिलो पटक होइन । वर्षौदेखिको समस्या जनप्रतिनिधि निर्वाचित भएर आएपछि हल हुने स्थानीयवासीले आशा गरे पनि समस्या घट्नाको साटो बढ्दो छ ।

दुई साताभन्दा पहिलेदेखि काठमाडौँ उपत्यकाको फोहर उठ्न सकेको छैन । अहिले सडकका मुख्य चोकचोकमा फोहरको डङ्गुर लागेको छ । कालीमाटी चोकदेखि बल्खु निस्कँदा झण्डै एक दर्जन स्थानमा फोहरको डङ्गुर देखिन्छन् । काठमाडौँका कैयौँ स्थानको अहिले यस्तै अवस्थाले नागरिकको जनजीवन प्रभावित भएको छ ।

काठमाडौँ महानगरपालिकाबाट अहिले दैनिक ५ सय मेट्रिक टन र काठमाडौँ उपत्यकाबाट दैनिक एक हजार मेट्रिक टन फोहर नुवाकोटको सिसडोलमा व्यवस्थापन हुन नसकेकाले सडकका दायाँ–बायाँ थुपारिएको फोहर माथिबाट यातायातका साधन र सर्वसाधारण आवत–जावत गर्न बाध्य छन् ।

फोहरमैला व्यवस्थापन काठमाडौँ उपत्यकाको १८ वटै तहको समस्या भएकाले सामूहिक रुपमा समाधान खोज्न खाँचो रहेको कामपा, वातावरण महाशाखा प्रमुख हरि कुँवरले जानकारी दिए । उनले भने, ‘सबै मिलेर वैकल्पिक उपायको खोजी गर्नुपर्छ, महानगरपालिकाले मात्रै गरेर हुँदैन ।’

यता ललितपुर महानगरपालिकामा पनि दिनदिनै फोहर बढिरहँदा स्थानीयवासी हैरान छन् । चोक र सडकमा थुप्रिएको फोहरले दुर्गन्ध फैलिएपछि केही दिन पहिले बालकुमारीस्थित खुला जग्गामा फोहर लगिएको लमपाले जनाएको छ । चोकको फोहर मात्रै उठाइएको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताए । उनले भने, ‘बालकुमारीमा सीमित खाली जग्गा मात्र हुँदा हामीले सडकमा रहेको फोहर भने उठाउन सकेका छैनौंँ ।’

ओखरपौवामा फोहर लगिना साथ समस्या समाधान हुने लमपाले जनाएको छ । लमपाले आफ्नो क्षेत्र र छिमेकी नगरपालिकासँग फोहरमैला व्यवस्थापनको वैकल्पिक स्थानको खोजी गरेको थियो । ललितपुुरका धेरै ठाउँ हवाई मार्गमा पर्ने हुँदा ल्याण्डफिल साइटको सम्भावना नभएको प्रवक्ता महर्जनले बताए ।

‘स्थानीयवासीलाई सजग गराएर फोहरको उत्पादन कम गर्न भने सकिन्छ’, महर्जनले भने, ‘कुहिने र नकुहिने फोहर अब स्रोतबाट नै छुट्याउन आवश्यक रहेको छ ।’ झण्डै १३ वर्षदेखि काठमाडौंँ उपत्यकाको फोहर नुवाकोटको सिसडोलमा अन्तिम व्यवस्थापन हुँदै आएको छ । दुई वर्षका लागि भनिए पनि वर्षौँ वर्षसम्म फोहर फालिँदा त्यस स्थानमा थप फोहर फाल्ने अवस्था छैन ।

एक महिनाअघि मात्र ल्याण्डफिल साइटको अल्पकालीन र दीर्घकालीन व्यवस्थापनको उपाय सुल्झाउन महानगरका सहसचिव ईश्वरचन्द्र मरहठ्ठाको संयोजकत्वका पाँच सदस्यीय अध्ययन समिति गठन गरिएको थियो । समितिले एक महिना बितिसक्दासम्म पनि समाधानका लागि कुनै उपाय दिनसकेको छैन । मरहठ्ठा आफैंँ कामपाबाट सरुवा भएर अन्यत्र गइसकेका छन् ।

सिसडोलभन्दा दुई किलोमिटर पर दीर्घकालीन ल्याण्डफिल साइट निर्माणका लागि कामपाले बञ्चरे डाँडामा एक हजार ७३० रोपनी जग्गा अधिग्रहण गरिसकेको छ । त्यसमा थप काम भने हुन सकेको छैन । हरेक वर्ष वर्षामा काठमाडौँवासीले फोहरको समस्या बढी भोग्दै आएका छन् । कामपाले वर्षाका कारण बाटो बिग्रिएकाले समस्या भएको जनाउँदै आएको छ ।

हरेक दिन निजी र स्थानीय तहका गरी दुई सय गाडी जानुपर्ने भए पनि हाल ५० गाडी मात्र फोहर बोकेर सिसडोल पुग्ने गरेका छन् । कामपाले फोहर व्यवस्थापनका लागि स्थानको छनोट केन्द्र सरकारले गर्नुपर्नेमा जोड दिँदै आएको छ भने केन्द्र सरकारले स्थानीय समस्या स्थानीय तहबाट नै समाधान हुनुपर्ने धारणा व्यक्त गर्दै आएको छ ।

सम्झौता भन्दा लामो समयसम्म निरन्तर फोहर थुपार्दै आएकाले आफूहरूको दैनिक कामकाजमा समस्या आएकाले सिसडोलका बासिन्दाले तत्काल फोहर व्यवस्थापनको काम अन्त्य गर्न कामपालाई आग्रह गर्दै आएका छन् । अहिले सिसडोलमा थुपारिएको फोहर माटाले पुर्ने र नयाँ फोहरको व्यवस्थापन गरिँदै आएकाले फोहरको पहाड नै बनिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
ट्रेड युनियन अधिकारसहित निजामती सेवा ऐन पारित हुन्छ : मन्त्री गुप्ता

    सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ट्रेड युनियन अधिकारसहित सङ्घीय

एमालेसँग सहमतिमै अघि बढेका छौँ, कुनै समस्या छैन : देउवा

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस र एमालेबीच कुनै समस्या नभएको

सल्लाह गरेरै अध्यादेश ल्याइएको हो : कांग्रेस

    सत्तारुढ दल नेपाली कांग्रेसले सरकारले ल्याएका अध्यादेशहरू आफ्नो पार्टीसँगको सहमतिमै आएको

एमालेसँगको सत्ता सहयात्रामा कुनै समस्या छैन : गृहमन्त्री लेखक

  गृहमन्त्री रमेश लेखकले नेकपा एमालेसँगको सत्ता सहयात्रामा कुनै समस्या नभएको दाबी गरेका