ढल्केवरका ४३ घरपरिवार हात्ती पिडितले पाएनन् क्षतीपूर्ति



हाम्रो इकोनोमि

 

गत जेठ महिनामा हात्तीको आक्रमणले घर भत्काएपछी धनुषाको मिथिला नगरपालिका ७ ढल्केवरका पदमबाहादुर खप्तरी घरवारविहीन बनेकाछन् ।

 

गाईगोठमा बेराघेरा गरेर बसिरहेका उनले क्षतिपुर्तीका लागि वडा कार्यालयमा निवेदन हालेको तीन महिना वितीसक्यो, तर क्षतिपुर्ती अहिले सम्म पाएका छैनन् । कान नसुन्ने उनले भने , मध्ये रातमा जगंली हात्ती आयो , घर भत्कायो , घरमा भएको सबै अन्नवाली खायो ।

 

जगंलतिर भागेर ज्यान जोगायौँ । क्षतिपुर्ती पाईन्छ भनेर भने , वडा कार्यालयमा निवेदन हालेँ , तर अहिले सम्म क्षतिपुर्ती पाइँन । घर बनाउन रिण काढेर टिनको जस्ता किनेका उनले पैसाको अभावमा घर बनाउन नसकेको बताए ।

पदमबाहादुर खप्तरीले मात्रै होईन मिथिला नगरपालिका ७ ढल्केवरका हात्ती पिडितहरुले तीन महिना वितिसक्दा पनि सरकारबाट क्षतीपुर्ती पाएका छैनन् ।

गत जेठमा जगंली हात्ती आक्रमणबाट यहाँका ४३ घर भत्काएर क्षतविक्षत बनाएकोथियो भने घरमा थन्क्याएको सबै अन्नवाली समेत हात्तीले खाईदिएको थियो । ठुलै समूहमा आएका जगंली हात्तीले घरभित्र रहेका दराज , खाट , पलगं , टेवुल , कुर्सी , टेलिभिजन लगायतका भौतिक सामाग्रीहरु पनि तोडफोड गरेको थियो ।

मिथिला नगरपालिका ७ एक्लेवरमा रहेको राधेश्याम महतोको घर पनि जगंली हात्तीले आक्रमण गरी पूर्ण रुपमा क्षती पुर्याएको थियो । उनले पनि क्षतिपुर्ती पाउँ भनि वडा कार्यालयमा निवेदन हालेका थिए । भन्छन् , क्षतिपूर्तीका लागी निवेदन हालेको तीन महिना विती सक्दा पनि क्षतिपुर्ति पाउने कुनै छाँटकाँट छैन । अब हामी सघँर्ष समिती बनाएर क्षतिपुर्तिका लागि सरकारलाई दवाव दिने तयारीमा छौँ ।

ढल्केवर , खप्तरी टोलकी हात्तीपिडीत सन्तमाया खप्तरी, साने खप्तरी , दीपक खप्तरी , लक्ष्मिमाया खप्तरी मगर , एक्लेवरका ओजिरमान योञ्जनले पनि क्षतिपुर्ति नपाएकोमा गुनासो पोखे । सवारी चालक पेशामा आवद् दीपक खप्तरीले भन्छन् , कम्युनिष्ट पार्टीको दुई तिहाई सरकार हुँदा पनि हामीजस्ता गरिव हात्पििडितले क्षतिपुर्ति पाउन सकेका छैनौँ ।

 

चालक दीपक खप्तरीले आफ्नो घर जगंली हात्तीपिडितहरुका अनुसार हात्ीले क्षति पुर्याए लगतै प्रदेश नम्बर २ को वन तथा वातावरण मन्त्रालयका सचिव मेघनाथ काफ्ले , जिल्ला वन कार्यालय धनुषाका डिएफो अशोक झा , सहायक वन अधिकृत सुरेश शर्माको टोलीले स्थलगत निरिक्षण गरी पिडितहरुलाई तत्काल राहत उपलब्ध गराउने प्रतिवद्ता जाहेर गरेको थियो ।

 

पूर्व वडा सदस्य रुपबहादुर कार्की भन्छन् , तर प्रतिवद्ता अनुसार तीन महिना विति सक्दा पनि हात्ती पिडीतहरुले क्षतिपुर्ती नपाउनु दुखःको कुरा हो ।

 

सरकारका सम्बन्धित कर्मचारीले स्थलगत निरिक्षण गरेर पनि क्षतिपुर्ती उपलब्ध गराउन बेवास्ता गर्नु प्रदेश सरकारको कमजोरी रहेको औँल्याउँछन् , स्थानिय मिनबहादुर खड्का , राजकिशोर महतो , बुद्वीर लामगादे ,अमर रसाइली , मेघबाहादुर सेञ्चुरी , सागर बराइली र बिष्णु लोहागुन । वडा कार्यलयमा भेटिएका उनिहरुको एउटै भनाई थियो , सरकारले छिटो भन्दा छिटो हात्ती पिडीतलाई राहत उपलब्ध गराउन हामी माग गर्दछौँ ।

पिडितहरुबाट निवेदन लिएर राहतका लागि वडा कार्यालयले प्रकृया अघि बढाएको वडा अध्यक्ष युवराज उप्रेतीले जानकारी गराए । उनले भने , क्षतिको विवरण नगरपालिकामा पेस गरेका छौँ , नगरपालिकाले निकासा दिनसाथ पिडितहरुलाई राहत उपलब्ध गराउनेछौँ ।

बन मन्त्रालयसगँ क्षतिपुर्ती माग गर्ने तयारी समेत आफूले गरिरहेको वडा अध्यक्ष उप्रेतीले दावी गरे । कति क्षति भएको छ भनेर हामी आधिकारीक रुपमा तथ्याकं सकंलन गरिरहेका छौँ , तथ्याकं यकिन हुन साथ हामी मन्त्रालयबाटै क्षतिपुर्ती माग गर्ने मनसायमा छौँ , वडा अध्यक्ष उप्रेतीले भने ।

 

वन चेक पोष्ट कार्यालय ढल्केवरका प्रमुख चरण पासवानले पिडितहरुले क्षतिपुर्तिको यकिन विवरण जिल्ला वन कार्यालय, धनुषामा पेस गरे जिल्ला वन कार्यालयले हात्ती पिडीतलाई क्षतिपुर्ती उपलब्ध गराउने बताए । हात्ती आक्रमणको जानकारी वडा कार्यालयले लिखीत रुपमा जानकारी गराए पनि क्षतिपुर्तिको यकिन विवरण उपलब्ध हुन नसकेकाले क्षतिपुर्तिको प्रकृया अगाडी बढाउन नसकिएको जानकारी दिए ।

 

ढल्केवरको क्यामलीपाखा , गाईमारेखत , खप्तरी टोल , एक्लेवर लगायतको गाउँमा जगंली हात्ती प्रबेश गरेर बर्षेनी क्षती पुर्याउने गरेको ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक सरोज राईले बताए । प्रति राईका अनुसार , हात्तीको आक्रमणबाट ढल्केवरका हजारी यादव र खुशीलाल रसाइली गरी दुईजनाले ज्यान समेत गुमाईसकेका छन् ।

 

हात्ती आतकंको उस्तै छ त्रासदी

कोशी टापुबाट जगंल हुँदै वाराको निजगड पुग्ने जगंली हात्तीको समूहले जुनसुकैबेला गाउँमा पसेर आक्रमण गर्न सक्ने भयले गाउँलेहरु आतकींत छन् । मध्येरातमा सुतीरहेको अवस्थामा गाउँमा प्रवेस गरेर हात्ीले क्षती पुर्याउने गरेको छ ।

 

पुराना वामपन्थी नेता समेत रहेका स्थानिय लक्ष्मण बराइली भन्छन् , हात्ती आक्रमणको त्रासदीले गाउँलेहरु एक हप्ता सम्म जगंलमै सुत्ने गरेको विगत छ । हात्ती कुनबेला प्रबेश गर्छ भन्ने पूर्व जानकारी गराउने सयंन्त्रको ब्यवस्था सरकारले गर्नु पर्छ ।

 

दुई तीन दिन सम्म हात्ती गाउँ पसेर क्षती पुर्याउने भएकाले गाउँलेहरु जाग्राम बसेर हात्ती धपाउने प्रयास त गर्छन् , तर सफल भएका छैनन् ।

 

 

विजयकुमार साह

प्रतिक्रिया दिनुहोस
चीनको १५आौं पञ्चवर्षीय योजनाबाट नेपाल लाभान्वित हुनुपर्छ

    चीन सम्बन्धका विज्ञहरुले चीनको खुलापन र १५आौं पञ्चवर्षीय योजनाबाट नेपालले प्रत्यक्ष...

दुई वटा बस ठोकिँदा ट्रिपर चालकको मृत्यु

    पृथ्वी राजमार्ग अन्तर्गत धादिङ, थाक्रे–६, दसकिलोमा बस दुर्घटना हुँदा एक जनाको...

रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट रौतहट बालिकाको मृत्यु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहट २ का उम्मेदवार सगिर आलमको...

ढुक्कैसँग निर्वाचन हुन्छ, कसैले बिथोल्न सक्दैन : आयोग

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताएका...