ढल्केवरका ४३ घरपरिवार हात्ती पिडितले पाएनन् क्षतीपूर्ति



 

गत जेठ महिनामा हात्तीको आक्रमणले घर भत्काएपछी धनुषाको मिथिला नगरपालिका ७ ढल्केवरका पदमबाहादुर खप्तरी घरवारविहीन बनेकाछन् ।

 

गाईगोठमा बेराघेरा गरेर बसिरहेका उनले क्षतिपुर्तीका लागि वडा कार्यालयमा निवेदन हालेको तीन महिना वितीसक्यो, तर क्षतिपुर्ती अहिले सम्म पाएका छैनन् । कान नसुन्ने उनले भने , मध्ये रातमा जगंली हात्ती आयो , घर भत्कायो , घरमा भएको सबै अन्नवाली खायो ।

 

जगंलतिर भागेर ज्यान जोगायौँ । क्षतिपुर्ती पाईन्छ भनेर भने , वडा कार्यालयमा निवेदन हालेँ , तर अहिले सम्म क्षतिपुर्ती पाइँन । घर बनाउन रिण काढेर टिनको जस्ता किनेका उनले पैसाको अभावमा घर बनाउन नसकेको बताए ।

पदमबाहादुर खप्तरीले मात्रै होईन मिथिला नगरपालिका ७ ढल्केवरका हात्ती पिडितहरुले तीन महिना वितिसक्दा पनि सरकारबाट क्षतीपुर्ती पाएका छैनन् ।

गत जेठमा जगंली हात्ती आक्रमणबाट यहाँका ४३ घर भत्काएर क्षतविक्षत बनाएकोथियो भने घरमा थन्क्याएको सबै अन्नवाली समेत हात्तीले खाईदिएको थियो । ठुलै समूहमा आएका जगंली हात्तीले घरभित्र रहेका दराज , खाट , पलगं , टेवुल , कुर्सी , टेलिभिजन लगायतका भौतिक सामाग्रीहरु पनि तोडफोड गरेको थियो ।

मिथिला नगरपालिका ७ एक्लेवरमा रहेको राधेश्याम महतोको घर पनि जगंली हात्तीले आक्रमण गरी पूर्ण रुपमा क्षती पुर्याएको थियो । उनले पनि क्षतिपुर्ती पाउँ भनि वडा कार्यालयमा निवेदन हालेका थिए । भन्छन् , क्षतिपूर्तीका लागी निवेदन हालेको तीन महिना विती सक्दा पनि क्षतिपुर्ति पाउने कुनै छाँटकाँट छैन । अब हामी सघँर्ष समिती बनाएर क्षतिपुर्तिका लागि सरकारलाई दवाव दिने तयारीमा छौँ ।

ढल्केवर , खप्तरी टोलकी हात्तीपिडीत सन्तमाया खप्तरी, साने खप्तरी , दीपक खप्तरी , लक्ष्मिमाया खप्तरी मगर , एक्लेवरका ओजिरमान योञ्जनले पनि क्षतिपुर्ति नपाएकोमा गुनासो पोखे । सवारी चालक पेशामा आवद् दीपक खप्तरीले भन्छन् , कम्युनिष्ट पार्टीको दुई तिहाई सरकार हुँदा पनि हामीजस्ता गरिव हात्पििडितले क्षतिपुर्ति पाउन सकेका छैनौँ ।

 

चालक दीपक खप्तरीले आफ्नो घर जगंली हात्तीपिडितहरुका अनुसार हात्ीले क्षति पुर्याए लगतै प्रदेश नम्बर २ को वन तथा वातावरण मन्त्रालयका सचिव मेघनाथ काफ्ले , जिल्ला वन कार्यालय धनुषाका डिएफो अशोक झा , सहायक वन अधिकृत सुरेश शर्माको टोलीले स्थलगत निरिक्षण गरी पिडितहरुलाई तत्काल राहत उपलब्ध गराउने प्रतिवद्ता जाहेर गरेको थियो ।

 

पूर्व वडा सदस्य रुपबहादुर कार्की भन्छन् , तर प्रतिवद्ता अनुसार तीन महिना विति सक्दा पनि हात्ती पिडीतहरुले क्षतिपुर्ती नपाउनु दुखःको कुरा हो ।

 

सरकारका सम्बन्धित कर्मचारीले स्थलगत निरिक्षण गरेर पनि क्षतिपुर्ती उपलब्ध गराउन बेवास्ता गर्नु प्रदेश सरकारको कमजोरी रहेको औँल्याउँछन् , स्थानिय मिनबहादुर खड्का , राजकिशोर महतो , बुद्वीर लामगादे ,अमर रसाइली , मेघबाहादुर सेञ्चुरी , सागर बराइली र बिष्णु लोहागुन । वडा कार्यलयमा भेटिएका उनिहरुको एउटै भनाई थियो , सरकारले छिटो भन्दा छिटो हात्ती पिडीतलाई राहत उपलब्ध गराउन हामी माग गर्दछौँ ।

पिडितहरुबाट निवेदन लिएर राहतका लागि वडा कार्यालयले प्रकृया अघि बढाएको वडा अध्यक्ष युवराज उप्रेतीले जानकारी गराए । उनले भने , क्षतिको विवरण नगरपालिकामा पेस गरेका छौँ , नगरपालिकाले निकासा दिनसाथ पिडितहरुलाई राहत उपलब्ध गराउनेछौँ ।

बन मन्त्रालयसगँ क्षतिपुर्ती माग गर्ने तयारी समेत आफूले गरिरहेको वडा अध्यक्ष उप्रेतीले दावी गरे । कति क्षति भएको छ भनेर हामी आधिकारीक रुपमा तथ्याकं सकंलन गरिरहेका छौँ , तथ्याकं यकिन हुन साथ हामी मन्त्रालयबाटै क्षतिपुर्ती माग गर्ने मनसायमा छौँ , वडा अध्यक्ष उप्रेतीले भने ।

 

वन चेक पोष्ट कार्यालय ढल्केवरका प्रमुख चरण पासवानले पिडितहरुले क्षतिपुर्तिको यकिन विवरण जिल्ला वन कार्यालय, धनुषामा पेस गरे जिल्ला वन कार्यालयले हात्ती पिडीतलाई क्षतिपुर्ती उपलब्ध गराउने बताए । हात्ती आक्रमणको जानकारी वडा कार्यालयले लिखीत रुपमा जानकारी गराए पनि क्षतिपुर्तिको यकिन विवरण उपलब्ध हुन नसकेकाले क्षतिपुर्तिको प्रकृया अगाडी बढाउन नसकिएको जानकारी दिए ।

 

ढल्केवरको क्यामलीपाखा , गाईमारेखत , खप्तरी टोल , एक्लेवर लगायतको गाउँमा जगंली हात्ती प्रबेश गरेर बर्षेनी क्षती पुर्याउने गरेको ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक सरोज राईले बताए । प्रति राईका अनुसार , हात्तीको आक्रमणबाट ढल्केवरका हजारी यादव र खुशीलाल रसाइली गरी दुईजनाले ज्यान समेत गुमाईसकेका छन् ।

 

हात्ती आतकंको उस्तै छ त्रासदी

कोशी टापुबाट जगंल हुँदै वाराको निजगड पुग्ने जगंली हात्तीको समूहले जुनसुकैबेला गाउँमा पसेर आक्रमण गर्न सक्ने भयले गाउँलेहरु आतकींत छन् । मध्येरातमा सुतीरहेको अवस्थामा गाउँमा प्रवेस गरेर हात्ीले क्षती पुर्याउने गरेको छ ।

 

पुराना वामपन्थी नेता समेत रहेका स्थानिय लक्ष्मण बराइली भन्छन् , हात्ती आक्रमणको त्रासदीले गाउँलेहरु एक हप्ता सम्म जगंलमै सुत्ने गरेको विगत छ । हात्ती कुनबेला प्रबेश गर्छ भन्ने पूर्व जानकारी गराउने सयंन्त्रको ब्यवस्था सरकारले गर्नु पर्छ ।

 

दुई तीन दिन सम्म हात्ती गाउँ पसेर क्षती पुर्याउने भएकाले गाउँलेहरु जाग्राम बसेर हात्ती धपाउने प्रयास त गर्छन् , तर सफल भएका छैनन् ।

 

 

विजयकुमार साह

प्रतिक्रिया दिनुहोस
माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

     पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको

बीपी राजमार्गमा सबै प्रकारका सवारीसाधान चल्ने

     बाढीपहिरो र डुबानले अवरुद्ध बीपी राजमार्गमा रुट अनुमति लिएका सबै प्रकारका

रामेछापमा यात्रुलाई नि:शुल्क खाजा

    दशैंका यात्रुलाई लक्षित गरी रामेछापको खाँडादेवी गाउँपालिका-३ भीरपानीमा निःशुल्क खाजासहितको विश्रामस्थल

पश्चिमी वायुको प्रभावले हल्का वर्षाको सम्भावना

  पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल